मलङ्वाको जनजीवन सामान्यतर्फ उन्मुख
सर्लाही सदरमुकाम मलङ्गवाको जनजीवन आज सोमबारदेखि सामान्य बन्दैगएको छ । गत शुक्रबार श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा भएको विवाद बढ्दै गएपछि मलङ्गवा बजारक्षेत्र तनावग्रस्त बनेको थियो ।
नेप्से परिसूचक ४४ दशमलव ३० अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ३० अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक दुई दशमलव २८ प्रतिशतले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा कायम भएको हो ।
कर्मचारी नहुँदा नागरिकता वितरण रोकियो
कर्मचारी नहुँदा जुम्लाको इलाका प्रशासन कार्यालय नराकोट सिञ्जामा नागरिकता वितरण कार्य ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेका कर्मचारी अन्तै सरुवा भएका र अर्को कार्यालय उपस्थित नहुँदा नागरिकता वितरण कार्य बन्द भएको हो ।
अटो दुर्घटनामा एकको ज्यान गयो
डोटीको बडीकेदार गाउँपालिका–१ रुमाल भिरमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
खर्च विवरण सार्वजनिक गर्न निर्देशन
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार भई खर्च विवरण सार्वजनिक नगरेका उम्मेदवारलाई सात दिनभित्र खर्च विवरण सार्वजनिक गरी सोको जानकारी गराउन निर्देशन दिएको छ। आयोगले खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई यसअघि नै १५ हजार रुपियाँ जरिेबाना गर्ने निर्णय गरिसकेको छ।
कान्ति बाल अस्पताल घटना : दोषीमाथि कारबाही गरिने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा भएको बालिका मृत्यु प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले घटनाका दोषी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आकासे पुलमा लिफ्ट जडान हुने
काठमाडौँ महानगरपालिकाले महानगरभित्रका आकासे पुललाई अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री बनाउने अभियान सुरु गरेको छ। आकासे पुलमा लिफ्ट जडान गरी अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री बनाउन लागिएको हो। अभियानको पहिलो चरणमा परीक्षण परियोजनाका रूपमा महानगरभित्रका तीन वटा आकासे पुलमा लिफ्ट जडान गर्न लागिएको छ।
छ हजार वडामा पुग्यो माओवादी अभियान
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सुरु गरेको अभियान क्रममा हालसम्म करिब छ हजारभन्दा बढी वडामा माओवादी नेता कार्यकर्ता पुगेका छन्। तीन महिनासम्म चल्ने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ क्रममा देशभरका छ हजार ७४३ मध्ये छ हजार ३४२ वडामा अहिले माओवादीको अभियान चलिरहेको छ। ४०१ वडामा भने अभियान सुरु हुन सकेको छैन ।
सञ्चालन नहुँदै डबली जीर्ण
लुम्बिनी प्रदेश सरकारको करिब सात करोड रुपियाँको लगानीमा डेढ वर्षअघि तयार भएको ‘श्रीनगर सांस्कृतिक डबली’ (खुला नाचघर) सञ्चालनमा आउन सकेको छैन । सञ्चालनमा नआउँदै डबलीका संरचना जीर्ण बनेका छन् । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण गरिएको सांस्कृतिक डबली सञ्चालनमा प्रदेश सरकारले नै बेवास्ता गर्दा बनेको संरचना बिग्रिँदै गएको हो । डबली सञ्चालन गर्न कार्यविधि र निर्देशिका बनाउन प्रदेश सरकारको ध्यान पुगेको छैन । प्रदेश सरकारको बेवास्ताका कारण जनताको राजस्वबाट भएको लगानी खेर जान लागेको स्थानीय बासिन्दाले बताएका छन् ।
पूर्व राष्ट्रपति डा. यादवको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री वीर अस्पतालमा
स्वास्थ्यमा समस्या आएपछि पूर्व राष्ट्रपति डा. रामवरण यादव आइतबार साँझ वीर अस्पतालमा भर्ना हुनुभएको छ ।
चितुवाको आतङ्क : तीन व्यक्ति घाइते
नरभक्षी चितुवाको कारण रामारोशन गाउँपालिकाको भटाकाटिया मानिस र घरपालुवा पशुमा आक्रमण गर्न थालेपछि आतङ्क फैलिएको छ ।
पोखरामा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
पोखरामा सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्वारा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको आइतबार उद्घाटन भएको छ ।
नक्कली मह बनाउने भारतीय नागरिक पक्राउ
चिनीको रसमा अखाद्य पदार्थ मिसाएर नक्कली मह निर्माण गरी बिक्री गर्ने भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आत्महत्याको घटना गम्भीर समस्याको रूपमा देखा पर्दै
पूर्वी नवलपरासीमा त्रिवर्षीय रूपमा हेर्दा आत्महत्या गर्नेको सङ्ख्यामा कमी आएपनि वर्तमान अवस्थामा घटना बढ्नु आफैँमा चिन्ताको विषय भएको छ। समाज आधुनिकीकरणतर्फ अघि बढ्दै गर्दा आत्महत्याको घटना बढ्नु आफैँमा चिन्ताको विषय भएको छ ।
प्रशासकीय अधिकृत पोख्रेललाई हाजिर गर्न रोक
इलामको माईजोगमाई गाउँपालिकामा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेललाई हाजिर गर्न रोक लगाइएको छ ।
‘बिपी कोइरालाको सिद्धान्तलाई आत्मसात् गर्छौ’
जननायक बिपी कोइरालाको ११५ औँ जयन्ती विभिन्न कार्यक्रमका साथ पाल्पामा मनाइएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति र मातहतका विभिन्न निकायले जयन्तीको अवसरमा कार्यक्रम गरेका छन् ।
स्वार्थ समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनुहोस् : प्रधानसेनापति
प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाइ स्थिर माहौललाई खलबल्याउने कुनै पनि स्वार्थ प्रेरित समूहबाट क्षणिक र दूरगामी असर पार्नसक्ने प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन निर्देशन दिनुभएको छ ।
आत्महत्याका घटना रोक्न सचेतना र्याली
विश्व आत्महत्या रोक थाम दिवसका अवसरमा आज सचेतना र्याली निकालिएको छ । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ नाराका साथ दिवसमा सो र्याली निकालिएको हो ।
जि–२० मा एयुलाई सदस्य बनाउनु ठिक छ : इजिप्ट राष्ट्रपति
इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले अफ्रिकन युनियन (एयु) लाई जी –२० को समूहमा पूर्ण सदस्यको रूपमा समावेश गर्नु स्वागतयोग्य भएको बताउनुभएको छ ।
कृषि हाटबजार संरचना प्रयोगविहीन
कृषि हाटबजारका लागि दुई वर्ष पहिले निर्माण सम्पन्न भएको सुविधासम्पन्न भौतिक संरचना हालसम्म प्रयोगमा आउन सकेको छैन ।
बैंक तथा वित्तीय संस्थाको ध्यान उत्पादनमूलक क्षेत्रमा जानुपर्छ : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक क्षेत्रलाई प्रथामिकतामा राखेर काम गर्नुेपर्ने बताउनुभएको छ ।
कर्णाली करिडोर : चट्टानी भिरको अधुरो काम सेनालाई दिन माग
हुम्लावासीले कर्णाली करिडोर अन्तर्गत दुल्ली कुनादेखि याल्वाङ गौडाको भिरसम्म पर्ने छ वटा असजिला चट्टनी भिरको सडक पूर्ण निर्माणको जिम्मा नेपाली सेनालाई दिन माग गरेका छन् ।
ललिता निवास प्रकरण : जवाफी बहस सकिए आजै थुनछेक आदेश
ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नुहुनेछ ।