धानबालीलाई किराबाट जोगाउन हरेरी पूजा गरिँदै
धानबालीलाई किराबाट जोगाउनका लागि थारु बस्तीमा हरेरी पूजा गर्न थालिएको छ । बाली पूजाको रूपमा कैलालीका थारुले हरेरी पूजा गर्न थालेका हुन ।
रेसुङ्गामा पुरुषोत्तम माहात्म्य सुरु
गुल्मीको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभूमि रेसुङ्गामा पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा पुरुषोत्तम माहात्म्य सुरु भएको छ । रेसुंगा संरक्षण समितिको आयोजनामा काठमाडौंबाट आउनुभएका पण्डित रमेशप्रसाद सुवेदीले पुरुषोत्तम मास तथा विष्णु पुराणको कथा प्रारम्भ गर्नुभएको हो ।
बुढीगण्डकी जलविद्युत् निर्माण सुरु गर्न माग
बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावितले आफ्ना जनप्रतिनिधिसँग तत्काल आयोजनाको काम सुरु गराउन पहल गर्न अनुरोध गरेका छन् ।
डुबेर बालकको मृत्यु
झापा गाउँपालिका–४ मा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । ग्रामथानका गौतमकुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेशको नेपाल–भारत सीमानजिकै रहेको खाल्डोमा खेल्नेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दार्चुलामा आयोडिन नुनको खपत बढ्दै
दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ । केही वर्ष पहिलेसम्म यहाँको ग्रामीण तथा बजार क्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकामा पछिल्लो समय आयोडिन नुनको बिक्रीवितरण बढेको छ ।
स्टाफ नर्सको नेतृत्वमा जिल्ला अस्पताल
पुतलीबजार नगरपालिका –३ कुमालगाउँमा रहेको जिल्ला अस्पताल नौ महिनादेखि मेडिकल सुपरिटेन्डेन्ट (मेसु) विहीन बनेको छ । गत कात्तिक १५ गते मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्यको लमजुङ सरुवा भएसँगै अस्पतालका वरिष्ठ स्टाफ नर्स कृष्ण कार्कीको नेतृत्वमा चल्दैआएको छ ।
अर्सा रोटीबाट राम्रोे आम्दानी गर्दै घनीमाया
अर्सा, सेल रोटी र बटुक भन्ने बित्तिकै चाडपर्व, विवाह र विशेष उत्सवमा तयार गरिने परिकारको रुपमा लिइन्छ । विशेष दिनका लागि मात्र होइन, पाल्पाको रामपुर ४ देवीस्थानमा दैनिक यी परिकार पाक्ने गर्छन् ।
अध्यक्ष नेपाल इन्डोनेसिया प्रस्थान
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गर्नुभएको छ ।
अध्यक्ष ओलीसँग श्रीलङ्का र नाइजेरियाका पूर्वराष्ट्रपतिको भेट
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
शल्यक्रियाभन्दा प्राकृतिक रुपमै बच्चा जन्माउनु आमा र बच्चाकाे हितमा हुने
पछिल्लो समय शल्यक्रिया (सिजेरियन) बाट बच्चा जन्माउनेको सङ्ख्या बढ्दै गएको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा १८ प्रतिशत बच्चाको जन्म शल्यक्रियाबाट भएको देखाएको छ । निजी स्वास्थ्य संस्थामा आधाभन्दा बढी बच्चा शल्यक्रियाबाट जन्मिने उक्त अध्ययनले देखाएको छ ।
२६ जना सहसचिवको सरुवा
सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा अघिल्लो मन्त्रिपरिषद् बैठकले सङ्घ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : बहुल सदस्य नेतृत्वको प्रतिरक्षामा
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक राजनीतिक सन्दर्भलाई लिएर पेचिलो बहस भइरहेको छ। साउन २ गतेदेखि जारी बैठकमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को झन्डै दुईतिहाइ बहुमतको सरकारले दुई पटक संसद् विघटन गरेपछि उत्पन्न परिस्थितिदेखि अहिले कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितका राजनीतिक दलसँगको सहकार्यसम्मका विषयमा गम्भीर समीक्षा भइरहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको दोस्रो कार्यकालमा सुरुवातका राजनीतिक उपलब्धिलाई समेटेर पार्टीलाई नवीन साङ्गठनिक संरचनासाथ अघि बढाउनुपर्ने केन्द्रीय सदस्यहरूको सुझाव छ।
सभामुख भेलाको निष्कर्ष : बिजनेस परामर्श प्रक्रियाबारे सरकारको ध्यानाकर्षण
सङ्घीय संसद् र प्रदेश सभाका सभाध्यक्षहरूले सरकारले सदनलाई दिने बिजनेसबारे परामर्शको प्रक्रिया अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सातै प्रदेशका सभामुखसहितको अन्तर्क्रियाले सरकारी कार्यसूचीको कार्यबोझबारे अधिवेशनअगावै जानकारी दिने व्यवस्थाका लागि पनि ध्यानाकर्षण गराएका छन्।
मध्यमार्गी मौद्रिक नीति
अर्थतन्त्रको बाह्य क्षेत्रमा आएको सुधारको लाभ र आन्तरिक क्षेत्रको चुनौतीका बिच नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति मध्यमार्गी धारमा निर्माण गरेको छ। वित्तीय तथा आर्थिक स्थितिमा तुलनात्मक रूपले सुधार देखिए पनि चुनौती कायमै रहेको आकलनसहित आइतबार राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गरेको हो।
बालबालिकासम्बन्धी नीतिको मस्यौदा तयार
बालबालिकासँग सम्बन्धित विषयमा राज्यको सरोकार बढ्दै गएको र शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा लगानी वृद्धि हुँदै गएको छ। बालबालिकाको शिक्षामा पहुँच र भर्ना दर बढेसँगै शिशु तथा बाल मृत्यु दर घटेको छ तर बालविवाहको दर उल्लेख्य रूपमा घट्न नसकेको र कतिपय बालबालिका आधारभूत अधिकार उपभोग गर्नबाट वञ्चित रहेको अवस्था छ। बालबालिकासम्बन्धी यी मुद्दा सम्बोधन गर्न तथा बालबालिकाको हक अधिकारसम्बन्धी प्रावधानको व्यावहारिक कार्यान्वयन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले बालबालिकासम्बन्धी नीति, २०८० ल्याउन लागेको छ।
मिटरब्याज विधेयकमा राय ‘संवैधानिक र कानुनी प्रश्न छैन’
मिटरब्याजसम्बन्धी विधेयक पारित प्रक्रियामा राष्ट्रिय सभामा उठाएका संवैधानिक र कानुनी प्रश्नबारे महान्यायाधिवक्ताले कार्यव्यवस्था परामर्श समितिमा राय दिनुभएको छ। समितिको आमन्त्रण अनुसार महान्यायाधिवक्ता दीनमणि पोखरेलले आइतबार राय दिनुभएको हो। समितिले रायपछि पनि थप राजनीतिक परामर्श गरेर मात्र विधेयकलाई कार्यसूचीमा राख्ने सहमति गरेको छ।
ललिता निवास प्रकरण : अधिकांशको बयान सकियो
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेको ब्युरोले जनाएको छ । श्रेष्ठले उक्त सरकारी जग्गामा मोही प्रमाणित गराई व्यक्तिका नाममा नामसारी गर्न भूमिका निर्वाह गरेको ब्युरोले जनाएको छ । सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले श्रेष्ठसँगै ललिता निवास प्रकरणमा जोडिएका हालसम्म १९ जना पक्राउ परेको जानकारी दिनुभयो । उहाँले यस प्रकरणमा थप व्यक्तिको समेत मिलेमतो देखिएकाले उनीहरूमाथि ब्युरोले अनुसन्धानसँगै निगरानी पनि बढाएको बताउनुभयो । उहाँले पक्राउ परेका आरोपितमध्ये अधिकांशको बयान तथा सोधपुछ सकिएको समेत जानकारी दिनुभयो ।
काज फिर्ता हुन अटेर गर्नेको हाजिरी कटौती
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव भएपछि दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता पठाउन थालिएको छ । स्वास्थ्यमा नेतृत्व सम्हालेर बसेका तथा पहुँचका आधारमा केन्द्रमा बसिरहेका स्वास्थ्यकर्मीलाई यस पटक स्वास्थ्य मन्त्रालयले कुनै पनि बहानामा छुट दिन नसकिने भन्दै दरबन्दी भएकै स्वास्थ्य संस्थामा काज फिर्ता गरेको हो । आइतबार मात्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा काजमा रहेका सात जना कर्मचारीको मन्त्रालय प्रशासनले हाजिर काटिदिएको छ । उनीहरूले सोमबारदेखि मन्त्रालयमा हाजिर गर्न पाउने छैनन् । ती कर्मचारी पनि आफ्नो दरबन्दी भएकै स्थानमा जानुपर्ने छ ।
प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने पक्राउ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई आज प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ ।
चीनका राष्ट्रपतिको भ्रमणमा भएका सहमति कार्यान्वयन हुने
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग जनवादी गणतन्त्र चीनका कम्युनिष्ट पार्टी (सीपीसी) का केन्द्रीय कमिटी राजनीतिक ब्यूरोका सदस्य युआन जियाजुनको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ।
बुटवलका पूर्व उपप्रमुख खनालको निधन
बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आज बिहान साढे २ बजे निधन भएको हो ।
मिलापत्र गर्न आउनेको सङ्ख्या बढ्दै
सप्तरीमा मिटरब्याजी समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले उपसमिति गठन गरेर प्रक्रिया थालेपछि मिलापत्र प्रक्रियामा आउनेको सङ्ख्या बढेको छ ।
बजार गएकी महिला मृत फेला
खोटाङको ऐसेलुखर्क गाउँपालिका –३ स्थित ऐसेलुखर्क बजार गएकी महिला बाटोमा मृत अवस्थामा फेला पर्नुभएको छ । साप्ताहिक हाट भर्न घरबाट हिडेकि महिला ऐसेलुखर्क गाउँपालिका –४ जलेश्वरीकि करिब ४५ वर्षीया मेगमाया तामाङ मृत अवस्थामा फेला पर्नुभएको हो ।
सिर्दीबासका ७० बढी हेपाटाइटिस ‘बी’ बाट सङ्क्रमित
उत्तरी गोरखाको सिर्दीबासका ७० जना भन्दा बढीमा हेपाटाइटिस ‘बी’ फेला परेको छ । चुमनुब्री गाउँपालिका –३ सिद्धिबासका १ हजार ५५० जनामा गरिएको परीक्षणमा हेपाटाइटिस ‘बी’ को सङ्क्रमण उच्च भेटिएको हो ।