आन्तरिक राजस्व आठ प्रतिशतले वृद्धि
आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले अघिल्लो आर्थिक वर्ष २०७८–७९ भन्दा आर्थिक वर्ष २०७९–८० मा आड प्रतिशतले बढी राजस्व सङ्कलन गरेको छ ।
विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेले साउनभित्र विवरण पेस गर्नुपर्ने
पञ्चाङ्गकारले सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रह स्पष्टीकरण, ग्रहको उदय–अस्त, चाडपर्व, विवाह, व्रतबन्धका मुहूर्त र ग्रहणआदि विषय समावेश भएको पञ्चाङ्ग गणना गरी पेस गर्न समितिले सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको हो ।
सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।
सेवा सदनमा महानगरको डोजर
काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनको भवन भत्काएको छ । महानगरको प्रहरी टोलीले बुधबार डोजर लगाएर सेवा सदनको भवन भत्काएको हो । महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरको अर्बौं रुपियाँ पर्ने सार्वजनिक जग्गा कब्जा गरी निर्माण गरिएका सो सेवा सदनका केही भवन भत्काइएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ महानगरको क्षेत्रमा सो जग्गा पर्छ । सो जग्गाको जग्गाधनी प्रमाणपुर्जा कसैको नाममा छैन । सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान अन्तर्गत ती संरचनामा डोजर चलाइएको हो ।”
‘कांग्रेस रूपान्तरण गर्न अनुशासन जरुरी’
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीमा समग्र रूपान्तरण गर्नका लागि नेतृत्वसहित पदाधिकारीमै अनुशासन कायम हुनुपर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार बोल्ने केन्द्रीय सदस्यहरूले पार्टीमा सुधार ल्याउनका लागि माथिल्लो नेतृत्वबाटै रूपान्तरण सुरु गर्नुपर्ने बताउनुभएको हो ।
सही बाटोमा ललिता निवास अनुसन्धान, सुशासनको नवीन आशा
विसं २०२२ जेठ २४ गतेदेखि २०६९ सम्म आइपुग्दा जननिर्वाचित सरकारका प्रथम उपप्रधानमन्त्री एवं नेपाली कांग्रेस संस्थापक सुवर्णशमशेरको नाममा रहेको ललिता निवासको जग्गा सरकारी छाप तथा दस्तखत किर्ते गरी भूमाफियाको कब्जामा पुग्यो। सरकारी कर्मचारी र भूमाफियाको चार सयभन्दा बढीको सङ्गठित गिरोहले करिब २० वर्षको अवधिमा ललिता निवासको १४३ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्ति र नक्कली गुठीका नाममा ल्याएको थियो।
झण्डै सय किलो सुन बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद भएको छ। हङकङबाट मोटरसाइकल र स्कुटरका पार्टपुर्जाको स्वरूपमा नेपाल भित्र्याइएको सुन विमानस्थलबाट जाँचपास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बुधबार बरामद गरेको हो।
बाल मुटुरोगको समस्या बढ्दो
महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मात्र वार्षिक २५० जना बालबालिकाको मुटुको शल्यक्रिया हुँदै आएको छ। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अरू दुई सय जनाको शल्यक्रिया हुन्छ। शल्यक्रियाबाहेक वार्षिक पाँचदेखि सात सय बाथ मुटुरोग भएका बालबालिकाको उपचार हुने गरेको छ। यो तथ्याङ्कले बालबालिकामा मुटुरोगको समस्या बढ्दो क्रममा देखाउँछ। बाल मुटुरोगमा जन्मजात मुटुको समस्या र मुटुमा प्वाल हुने देखिएका छन्। प्वालको उपचार शल्यक्रिया हो।
स्नातकलाई पुनः तीन वर्षमा झार्ने तयारी
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ। चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा छलफल सुरु भएको छ। त्रिविले सबैभन्दा पहिला २०७१/७२ सालदेखि व्यवस्थापन सङ्कायबाट स्नातक तहलाई चारवर्षे बनाउन सुरु गरेको थियो। मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा चारवर्षे प्रावधान लागु भएको एक चक्र पनि पूरा भएको छैन। चारवर्षे पढाइका लागि प्रथम ब्याचमा भर्ना भएका यस सङ्कायका विद्यार्थीले अहिले तेस्रो वर्षको परीक्षा दिइरहेका छन्।
लागुऔषधसहित दुई पक्राउ
इलामको कन्यामबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका –५ का २१ वर्षीय प्रशिस खड्का र सूर्योदय –६ का २४ वर्षीय समिर तामाङ रहेका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन सर्यो
सदस्यतासम्बन्धि विवाद उत्पन्न भएपछि नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचन मिति सारिएको छ । संघले वितरण गरेको सदस्यता सम्बन्धमा विवाद उत्पन्न भएपछि यसअघि साउन २० गते गर्ने घोषणा भएको मितिलाई निर्वाचन समितिले भदौ २ गतेका लागि सारेको हो ।
वेतबाँस उद्योग सञ्चालन गर्दै खुतखुते सामुदायिक वन
कपिलवस्तुको बाणगंगा नगरपालिका –९ मा रहेको खुतखुते सामुदायिक वनले वेतबाँसको सामग्री बनाउने उद्योग सञ्चालनमा ल्याएको छ ।
जी–२० सम्मेलन नेपालका लागि महत्त्वपूर्ण उपलब्धि : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताउनुभयो।
जलविद्युत आयोजना समयमै निर्माण हुन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण हुनेमा विश्वस्त हुन आग्रह गर्नुभएको छ । धादिङ र गोरखाको सीमामा रहेको गण्डकी गाउँपालिका –८ को सिउरेनीटारमा बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटनको क्रममा सो आग्रह गर्नुभएको हो ।
रत्न मन्दिरको सबै कक्ष हेर्न पाउनुपर्ने माग
गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रत्न मन्दिर दरबार सर्वसाधारणका लागि खुला गरियो । दरबार परिसर र केही स्थान खुला गरिए पनि दरबारको भित्री भाग भने अझै बन्द छ । आन्तरिक पर्यटकले सबै कक्षको अवलोकन गर्न पाउनुपर्ने माग गरेका छन् ।
मनसुनको एक महिनामा ४४ जनाको मृत्यु : ४५ करोड क्षति
नेपालमा मनसुन भित्रिएको एक महिनामा बाढी, पहिरो र चट्याङमा परेर ४४ जनाको जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। यो अवधिमा ४५ करोड बराबरको भौतिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
स्थानीय आँपको मूल्य दोब्बरले वृद्धि
कपिलवस्तुका बगैँचामा आँप महँगो मूल्यमा बिक्री हुन लागेको छ । अघिल्लो सातासम्म ६० रुपियाँ किलोग्राममा पाइने गरेको आँपको थोक मूल्य अहिले प्रतिकिलो १ सयभन्दा बढी पुगेको छ ।
कोदोको रक्सीलाई ब्राण्ड बनाइँदै
जिल्लाको गौमुखी गाउँपालिकाले ४० युपि (अण्डर प्रुफ) भन्दा माथिका मदिरा विक्री वितरणमा रोक लगाएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै साउन १ गतेदेखि त्यस्ता मदिरा पालिकाभित्र विक्री वितरणमा रोक लगाएको हो । गाउँपालिकाले स्थानीय कोदोको रक्सीलाई ब्राण्ड बनाउने जनाएको छ ।
वराहक्षेत्र नगरमा डेङ्गु परीक्षण निःशुल्क
सुनसरीको वराहक्षेत्र नगरपालिकामा डेङ्गु रोगका बिरामी देखापर्न थालेपछि नगर अस्पतालले डेङ्गु परीक्षण निःशुल्क गर्ने भएको छ ।
विद्यालय शिक्षा ऐन मन्त्रिपरिषदमा विचाराधीन छ : मन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा ऐन, कानुनको रिक्ततालाई पूर्ति गर्न आफूले प्राथमिकता दिएको बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आजको बैठकमा उहाँले विद्यालय शिक्षा (सङ्घीय) ऐनको मस्यौदा अहिले मन्त्रिपरिषद्को विषयगत समितिमा विचाराधीन रहेको उल्लेख जानकारी दिनुभयो ।
सम्पत्ति विवरण बुझाउन राष्ट्रिय सतर्कता केन्द्रको आग्रह
राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति तथा कर्मचारीलाई आव २०७९/८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको उक्त केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले राससलाई जानकारी दिनुभयो ।
मतदाता अद्यावधिकको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गर्ने तयारी
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजनबारे आवश्यक तयारी भइरहेको बताउनुभएको छ ।
भेरी अस्पतालमा एक वर्षमा दुई लाखले लिए सेवा
भेरी अस्पताल नेपालगञ्जमा सेवा लिने विरामीहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । अस्पतालको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक लाख ८० हजार ४३२ ले अस्पतालबाट विभिन्न खालको सेवा लिएका छन् ।
हिंसामा पर्ने पुरुषको सङ्ख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा गएर फर्केका पुरुषहरूले श्रीमतीले पैसा लिएर अरूसँग भागेको भन्दै उजुरी गर्न थाले पनि राम बहादुर जस्ता पुरुष अझै पनि खुलेर बोल्न सकेका छैनन् ।