कुलाम्मे देवताहरुको तीर्थस्नान
कुलाम्ह देवतालाई विभिन्न धार्मिक क्षेत्रको दर्शन तथा गंगास्नान गराएर पवित्र बनाइ पूजाआजा गरिएको छ ।
राज्यबाट न्याय नपाएको पीडितको गुनासो
देशमा शान्ति स्थापना भएको १७ वर्ष बितिसक्दा पनि न्याय नपाएको द्वन्द्वपीडितहरूले गुनासो गरेका छन् । शान्ति स्थापनाका क्रममा बेपत्ता पारिएका व्यक्तिका विषयमा अहिलेसम्म पनि सरकार बेखबरजस्तो बनेको उनीहरूको आरोप छ ।
कालिया खोला पुल र सडक अलपत्र
हुलाकी लोकमार्ग अन्तर्गत सप्तरीको राजविराज–कन्चनपुर सडक खण्डस्थित अग्निसाइर कृष्ण सम्वरण गाउँपालिका –४ बनौलीको कालिया खोला –१ को पुल अलपत्र अवस्थामा छाड्दा यात्रुहरुको यात्रा जोखिमपूर्ण बनेको छ ।
एमसिसीको पाँचवर्षे समयावधि आजदेखि सुरु हुँदै
नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बीच २०७४ भदौ २९ मा भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरुपमा लागू हुने मिति (इन्ट्री इन् टू फोर्स–इआइएफ) आजदेखि सुरु हुँदैछ ।
सर्पदंशसम्बन्धी सचेतनामूलक तालिम सञ्चालन
सिन्धुलीको दुधौली नगरपालिकाले नागरिकलाई विषालु सर्पको टोकाइबाट बचाउन सर्पदंश सम्बन्धी सचेतनामूलक तालिम सुरु गरेको छ ।
‘उमेर नपुगी विवाह गर्दैनौँ’
कालीकोटको तिलागुफा नगरपालिकामा पहिलो पटक दुई सय ६३ जना बालबालिका भेला भएर उमेर नपुगी विवाह नगर्ने घोषणा गरेका छन् ।
भेटेनरी अस्पतालका उपकरण प्रयोगविहीन
दोलखा सदरमुकाम चरिकोटमा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका उपकरण प्रयोगविहीन बनेका छन् । अस्पतालमा भवनसहित भौतिक पूर्वाधारको अभावले उपकरणहरु प्रयोगबिहीन बनेका हुन् ।
विद्युत् नियमित नहुँदा सास्ती
सर्लाहीमा छिनछिनमै विद्युत् कटौती हुने समस्याले स्थानीय बासिन्दा हैरान भएका छन् । विशेष गरी साँझको समयमा धेरै मात्रामा विद्युत् कटौती हुने गरेको स्थानीयवासीको गुनासो छ । सोमबार साँझ मात्रै दर्जनौँ पटक विद्युत् काटियो । गर्मीले प्रभावित भइरहेका स्थानीयवासी यसरी बारम्बार बत्ती गइरहने समस्याले हैरान भएका हुन् ।
सरकारी फार्मेसीमा मनपरी शुल्क
स्वास्थ्य बिमा अन्तर्गतको औषधी खरिद गर्दा बिरामीहरू ठगिने गरेको पाइएको छ । बिरामीलाई बिमाबाट औषधी उपलब्ध गराउँदा बजार मूल्यभन्दा चार गुणा बढीसम्म रकम लिइएको हो ।
भ्रष्टाचार छानबिन होस् : भट्टराई
दमक समाचारदातादमक, भदौ १३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता विशाल भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर झापाको गिरीबन्धु टी स्टेटको विषय मात्र नभई अहिलेसम्म सार्वजनिक सबै भ्रष्टाचारलगायतका विभिन्न काण्डको निष्पक्ष छानबिन गर्दा कुनै आपत्ति नहुने बताउनुभएको छ ।प्रेस चौतारी क्षेत्रीय समिति दमकले मङ्गलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सत्यतथ्य छानबिन गर्दा आफूहरूलाई कुनै समस्या नरहेको बताउनुभएको हो । “अहिलेसम्म जति काण्डहरू सार्वजनिक भएका छन् ति सबै विषयमा छानबिन गर्दा हाम्रो असहयोग होइन सहयोग रहन्छ,” उहाँले भन्नुभयो, “जति विषय सार्वजनिक भएका छन्, बाहिर आएका आएका छन् छिटो छानबिन होे्स भन्ने हाम्रो चाहना हो ।” पार्टीले खटाएर वा अह्राएर कसैले पनि भ्रष्टाचारलगायतका अनैतिक काममा नगरेको भन्दै कसैले गरेको भए उनीहरू कारबाहीको दायरामा आउनु पर्नेमा उहाँको जोड थियो । जनतामा तीब्र निराशा छाइरहेको समयमा जनतालाई भ्रमित बनाउने तवरले मात्र सरकारले यस्ता विषय उठाएको बताउँदै उहाँले देश बनाउने विषयमा छलफल र बहस भएको छैन भन्नुभयो । सरकार गिराउन र बनाउन दगुर्ने प्रवृतिका कारण मूलक पछि परेको छ, उहाँको भनाइ थियो । एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीले जनताको घरदैलोमा पार्टी पुग्ने काम गरिरहेको बताउनुभयो ।
क्रिकेटका महारथीसँग भिड्दै नेपाल
नेपालले क्रिकेटका महारथीहरूसँग बुधबारप्रत्यक्ष सामना गर्दै छ। छिमेकी भएर पनि नेपालले विश्व क्रिकेटका महारथी भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासँग प्रतियोगितामा सहभागिता जनाउन पाएको छैन। एसिया कपको १६ औँ शृङ्खलामा आइपुग्दा मात्र पहिलो पटक नेपालले यी देशका क्रिकेट टोलीसँग स्पर्धा गर्ने भएको हो। पाकिस्तान र श्रीलङ्कामा प्रतियोगिताको उद्घाटन खेलमा नै नेपाल र आयोजक पाकिस्तानको प्रतिस्पर्धा हुने छ। ३० हजार दर्शक क्षमताको पाकिस्तानको मुल्तान रङ्गशालामा हुने उद्घाटन खेल हेर्न प्रायः सबै टिकट बिक्री भइसकेको छ। यही खेलमा नै नेपालले पहिलो पटक विश्वको नम्बर एक एकदिवसीय टिम पाकिस्तानविरुद्ध खेल्दै छ।
च्याउ खेतीको आकर्षण : लगानी थोरै, आम्दानी धेरै
पूर्बी नवलपरासीमा व्यावसायिक च्याउ खेतीतर्फ कृषकको आर्कषण बढ्दो छ । च्याउ खेती गर्ने कृषक मेहनत गरेमा आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नेगरेका छन् ।
डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो
डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा २० हजार १४५ जनामा पुष्टि भएको छ।
खोलाले बगाएर एकको मृत्यु
कपिलवस्तुमा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका –१ चफेलाका ६४ वर्षीय नुमलाल गैरे रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताउनुभयो ।
माछा मार्नेक्रममा डुबेर एकको मृत्यु
बिर्तामोडमा माछा मार्नेक्रममा पैनीमा डुबेर एक युवकको मृत्यु भएको छ । मंगलबार बिहान बिर्तामोड नगरपालिका १० तेलकानी निवासी २६ वर्षीय दिनेश हस्दाको घर नजिकैको पानी जमेको पैनीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।
धानखेत मास्दै ड्रयागन खेतीतर्फ कृषक आकर्षित
मोरङका पथरी शनिश्चरे र सुनवर्सी नगरपालिकाका किसानहरु धानखेत मास्दै सिउँडी प्रजातिको फल (ड्रयागन फ्रुट) लगाउन थालेका छन् ।
मुस्ताङको स्याउ असोजअघि टिप्न नपाइने
स्याउ चाँडै टिपेर बजार पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले असोज लागेपछि मात्रै स्याउ बजार पठाउने निर्णय भएको जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतलाल थकालीले बताउनुभयो ।
ढुङ्गा लागेर महिला गम्भीर घाइते
दार्चुलाको नौगाड गाउँपालिकामा एक महिलालाई ढुङ्गा लागेर गम्भीर घाइते हुनुभएको छ । आज मंगलबार विहान पौने ९ बजेको समयमा घाँस काटेर घर फर्किनेबेला नौगाड गाउँपालिका –५ भीडकी ३५ वर्षीया पुतली धामीलाई ढुंगा लागेको हो ।
सहकारीमा चोरी गर्ने तीन जना पक्राउ
मोरङको धनपालथान गाउँपालिका–२ कुशमाहस्थित युवा विकास बहुउदेश्यीय सहकारी संस्थामा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रभावकारी बन्दै ‘पढ्दै, कमाउँदै’ कार्यक्रम
आर्थिक बर्ष २०७८-७९ बाट सुरु भएको ‘पढ्दै, कमाउँदै’ कार्यक्रम अहिलेसम्म २४० विद्यालयमा लागू भएको छ । सुरुमा परीक्षणका रुपमा १४४ विद्यालयमा प्रारम्भ भएको कार्यक्रम गतबर्ष १०० विद्यालय थप गरी २४४ विद्यालय पुगेका थिए । तर,चार विद्यालयले कार्यक्रम स्गगन गरेकाले अहिले २४० विद्यालयमा मात्र सञ्चालन भएको छ ।
सहर पस्नेलाई रोकेन गाउँको विकासले
मुलुकले सङ्घीय शासन प्रणाली आत्मसात् गरेको एक दशक भइसकेको छ । सङ्घीय शासन प्रणाली अनुरूपको संविधान र संरचना निर्माण भएको पनि आठ वर्ष पुग्नै लागेको छ । प्रदेश र स्थानीय तहमार्फत स्रोत, साधन र अधिकार गाउँसम्म पुगेको छ ।
गाडीमा जिपिएस जडान योजना अलपत्र
यातायात व्यवसायी अनिच्छुक हुँदा सार्वजनिक यातायातलाई ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) मा लैजाने सरकारी योजना अलपत्र परेको छ । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न दुई वर्षअघिदेखि जिपिएस जडानको काम सुरु भएको थियो तर हालसम्म जम्मा ३५ वटा सवारीसाधनमा मात्र जिपिएस जडान गरिएको छ ।
नेपाललाई ‘स्टार्टअप’ मुलुक बनाउने लक्ष्य
सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नवप्रवर्तनमा काम गरिरहेका संस्थाले संयुक्त पहलमा आगामी सात वर्षभित्र नेपाललाई ‘स्टार्टअप’ मुलुक बनाउने लक्ष्य सार्वजनिक गरेका छन् । मुलुकभित्र उद्यमशीलताको विकास गर्न व्यवसायीको सुरुवाती चरणमा रहेकालाई लक्षित गर्दै यस्तो लक्ष्य सार्वजनिक गरिएको हो । राजधानीमा ‘स्टार्टअप नेसन २०३०’ को घोषणा गर्दै दिगो विकासका लक्ष्य पूरा हुने अवधिभित्रै सो लक्ष्य पनि पूरा गर्ने गरी अभियान अघि बढाएको घोषणा गरिएको हो ।
पुँजीगत खर्च विस्तार प्राथमिकतामा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्धको अभियानको प्रवर्धन र पुँजीगत खर्चको प्रभावकारी विस्तारलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ। राष्ट्रिय विकास समस्या समाधान समितिको ५१ औँ बैठकलाई सोमबार सम्बोधन गर्दै उहाँले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिङ्गो देशको एजेन्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चलाउन आवश्यक रहेको औँल्याउनुभयो। मुलुकमा पछिल्लो समय पुँजीगत खर्चमा देखिएको समस्याबारे आफू अवगत रहेको भन्दै प्रधानमन्त्रीले विकास निर्माणको क्षेत्रमा गत वर्ष अपेक्षा अनुसार काम गर्न नसकेकाले अब पुँजीगत खर्चमा विशेष ध्यान दिनु आवश्यक रहेको बताउनुभयो।