सञ्चार विधेयक छिट्टै ल्याउने तयारी
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार क्षेत्रमा भइरहेको प्रविधिको विकासलाई सम्बोधन गर्ने गरी सञ्चार विधेयक ल्याउने तयारी भइरहेको बताउनुभएको छ। नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारीसँग सोमबार मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले विद्युतीय सञ्चार माध्यमलाई सम्बोधन गर्ने गरी विधेयक ल्याउने तयारी भइरहेको बताउनुभएको हो।
अस्पतालबाट भाग्दाभाग्दै जन्मियो बच्चा
प्रजनन तथा प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा एक महिलाले बाटैमा बच्चा जन्माउनुभएको छ। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१, काँडा जमालगाउँकी ३२ वर्षीया उज्जली सुनारले बच्चा जन्माएको परिस्थिति र परिवेश कहालीलाग्दो छ। घर फर्किने क्रममा बाजुराको बुढीगङ्गा नगरपालिका–१० को सडकमा बच्चाको टाउको बाहिर निस्केर महिला छटपटिएको देखेपछि आफूले आवश्यक कुनै सामग्रीबिना नै जन्मन नसकेर अड्केको बच्चालाई सडकमै निकालेको अनमी सिर्जना सार्कीले बताउनुभयो।
मिडियालाई स्पष्टीकरण सोध्नु गैरकानुनी : पाटन उच्च अदालत
पाटन उच्च अदालतले मिडियामा प्रकाशित सामग्रीका विषयमा स्पष्टीकरण सोध्ने अधिकार कानुनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नदिएको ठहर गरेको छ ।
तम्घासमा गोहत्याविरुद्ध प्रदर्शन
विश्व हिन्दु महासंघ गुल्मीसहितका संघ संस्थाहरुले गोहत्या विरुद्ध विरोध यहाँ प्रदर्शन गरेका छन् । सोमबार जिल्लाको सदरमुकाम तम्घासमा जिल्ला प्रशासन कार्यालय अगाडि गोहत्या तथा धर्म परिवर्तनजस्ता अवाञ्छित क्रियाकलाप तत्काल बन्द गराउन माग गर्दै विश्व हिन्दु महासंघसँगै रेसुंगा संरक्षण समिति, सत्यशाही केन्द्र, राधा माधव समिति, बह्मकुमारी राजयोग केन्द्र तथा सनातन हिन्दू धर्ममा आस्था राख्ने संघसंस्थाहरुले विरोध प्रदर्शन गरेका हुन् ।
वरिष्ठ संगीतकर्मी ‘गोविन्द ह्यूमत’ एकल साँझ समापन
नेपाल भाषाका वरिष्ठ संगीतकर्मी तथा गायक गोविन्द ह्यूमतको एकल प्रस्तुती कार्यक्रम समापन भएको छ । कीर्तिपुरको पाँगास्थित सिनेप्लेक्समा सोमबार गोविन्द ह्यूमल सनिल – ११४३ एकल साँझ कार्यक्रम सम्पन्न भएको हो । उहाँले दर्जनभन्दा बढी १५ वटा नेपाल भाषाको गीतमा संगीत एवम् गायन प्रस्तुत गर्नुभयो ।
बैंकिङ कसुरका फरार व्यक्ति प्रक्राउ
बैँकिङ कसुरमा फरार एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । नुवाकोट पञ्चकन्या गाउँपालिका –२ का ३८ वर्षीय सन्तोष घलेलाई आज काठमाडौंको छाउनिबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।
बागमती प्रदेशमा डेङ्गु सङ्क्रमित सङ्ख्या चार हजार नाघ्यो
बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा ९७ जना डेङ्गु रोगको सङ्क्रमित थपिएका छन् । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९७ जना सङ्क्रमित थपिएसँगै यस प्रदेशमा गत जनवरी महिनादेखि सोमबारसम्ममा डेङ्गु रोग सङ्क्रमितको सङ्ख्या प्रदेशभरमा चार हजार ९८ पुगेको छ ।
सभापोखरीमा दर्शनार्थीको भिड
पूर्वको गोसाईंकुण्ड भनेर चिनिने धार्मिक तथा पर्यटकीयस्थल सभापाखरीमा दर्शनार्थीको भिड बढेको छ । पोखरीमा नागपञ्चमीदेखि जनै पूर्णिमासम्म भक्तजनको भिड हुनेगरेको छ ।
बाटो बनाउन स्थानीयद्वारा जनश्रमदान
नौबहिनी गाउँपालिका –४ खवाङका स्थानीयले शनिबार जनश्रमदान गरी स्थानीय बाटो मर्मत गरेका छन् । स्कुलधारा–मधारा–देउराली सडक खण्डमा वर्षाले बिग्रिएको बाटो स्थानीयले श्रमदान गरी मर्मत गरेका हुन् ।
त्रिवेणी छोटी भन्सार नाम मात्रकाे मूल भन्सार
त्रिवेणी भन्सारको कुुनै विकास हुन नसक्दा गण्डकीको विकासमै वाधा पुुगेको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।
बजेट खर्च गर्नबाट कोशी प्रदेश सरकार वञ्चित
कोशी प्रदेश सरकारले सरकारी कोषबाट बजेट खर्च गर्न नपाउने भएकाे छ ।
नौ जना सभापति निर्विरोध निश्चित
प्रतिनिधि सभाका दसमध्ये नौ विषयगत समिति सभापति निर्विरोध चयन हुने निश्चित भएको छ । प्रतिनिधि सभा सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाभित्र दसमध्ये नौ सभापतिमा एकल उम्मेदवारी दर्ता भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भने दुई जनाको मनोनयन दर्ता भएको छ । एकल उम्मेदवारीले निर्विरोध भए पनि घोषणा भने सम्बन्धित समितिले सोमबार मात्र गर्ने छन् । प्रतिनिधि सभा नियमावलीको नियम १७६ (४) बमोजिम एक मात्र मनोनयन दर्ता भएमा निर्विरोध हुने व्यवस्था छ ।
‘गलत विचार प्रतिवाद गर्न आइसिटीको प्रयोग गरौँ’
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गलत विचारलाई प्रतिवाद गर्न सञ्चार तथा सूचना प्रविधि मञ्च (आइसिटी) को प्रयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आइसिटी फोरमको प्रथम बैठकको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्रीले अहिलेको सूचना प्रविधिलाई प्रयोग गरेर पार्टी निर्माणमा लाग्न अनुरोध गर्नुभयो ।
एमसिसी कार्यान्वयन पाँचवर्षे अवधि गणना पर्सिदेखि
नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) बुधबार (भदौ १३) देखि कार्यान्वयन चरणमा प्रवेश गर्ने भएको छ ।
चिनियाँ ट्रकमा नेपाली बसको यात्रा
रसुवाको केरुङ नाकाबाट चीनको तिब्बती मार्ग हुँदै नेपाल र चीनको सिमाना हिल्सामा पहिलो पटक बस पु-याइएको छ । राष्ट्रिय सडक सञ्जालसँग उत्तरी हुम्ला नजोडिएको भए पनि हिल्सा–सिमकोट खण्डमा यातायात सेवा सञ्चालन गर्न बस चिनियाँ ट्रकमा ढुवानी गरेर ल्याइएका हुन् । ट्रकले बस बोकेको भाडा सात लाख रुपियाँ रहेको बताइएको छ ।
बेनी–जोमसोम सडक खुल्यो, जोखिम कायमै
हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका –३ दानाको गुइठेभीरमा अवरुद्ध भएको सडक आइतबार बिहानदेखि सञ्चालनमा आएको छ ।
कर्मचारी कुटेको आरोपमा तालाबन्दी
रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा तालाबन्दी गरिएको छ । कार्यालयभित्रै उपप्रमुखद्वारा कर्मचारी कुटिएको भन्दै नगरपालिकाको कामकाज ठप्प भएको हो ।
सुशासन र समृद्धिका लागि राष्ट्रिय सहमति : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सदैव राष्ट्रिय सहमतिमा जोड दिएको बताउनुभएको छ।
‘तथ्यमा आधारित समाचार नलेख्दा दुर्घटना निम्तिन्छ’
देशमा आइरहने महामारीको समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित हुन नसके दुर्घटनामा पर्न सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउनुभएको छ ।
बाढीले कागबेनीमा भौतिक संरचनामा ठुलो क्षति
व्यापार एवम् कृषि पेसामा आबद्ध स्थानीयहरूको बाढीका कारण घर, पुल र गरिखाने बगैँचा तथा बारी नै बगरमा परिणत हुँदा अब हातमुख कसरी जोड्ने भनेर अन्यौलता परेका छन् ।
कटानको चपेटामा उर्वरभूमि
सिन्धुली जिल्लामा विगत केही दिनदेखि भइरहेको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेसँगै खेतीयोग्य जमिन कटानको चपेटामा परेको छ ।
एक अर्ब जनसङ्ख्याका लागि पानीको श्रोत नेपाल : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताउनुभएको छ ।
२९० जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता
बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्तेगरी व्यक्तिको नाममा गरेको भन्दै चार पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।
बेपत्ता आमाछोरा मृत अवस्थामा फेला
घाँस काट्न गएका बेला खोलाले बगाउँदा तीन दिनदेखि बेपत्ता रहेका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका –६ राँगेचुरी निवासी एकै घरका आमाछोरा मृत अवस्थामा फेला परेका छन् ।