ज्योति विकास बैंकद्वारा महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पताललाई बेबी वार्मर प्रदान
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत महाकाली स्वास्थ्य चौकी, नुवाकोट र आँबुखैरेनी अस्पताल, तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ ।
कोशीको स्पर मर्मतमा भारतीय पक्ष सक्रिय
सप्तकोशी नदीको विभिन्न स्परमा सामान्य कटान भएपछि नियन्त्रणका लागि सप्तकोशीको पूर्वी तटबन्ध तथा स्परको मर्मत कार्य सुरु गरिएको छ ।
अन्नपूर्णमा पर्यटनबाटै एक करोड आन्तरिक आम्दानी
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षको सुरुमा नै तातोपानी कुण्ड र पर्यटकीय स्थलहरुबाट एक करोड बढी आन्तरिक आम्दानी सङ्कलन गरेकाे छ ।
सडक निर्माण नसकिँदै दबिने समस्या
मापदण्ड विपरीत अधिक भार बहनले रुपन्देहीका सडक जीर्ण बनेका छन् ।
प्रहरी निरीक्षकलाई बन्चरो प्रहार गरेको अभियोगमा तीनजना पक्राउ
शिवसताक्षी नगरपालिका–९ झरना पुल नजिकै काममा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित
ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
चार जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
लगानी बोर्डको बैठकले चारवटा जलविद्युत परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपियाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।
नागरिकता लिन सहज, ४६ हजारमध्ये अधिकांशले लिए जन्मसिद्ध नागरिकता
नागरिकता विधेयक प्रमाणीकरण भएपछि नागरिकता उपलब्धतामा सहज भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गत जेठ १७ गते नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको हो ।
हेलम्बु मेलम्चीमा बाढी : मेलम्ची–हेलम्बु सडक अवरुद्ध
अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ ।लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ ।
कृषि उत्पादन बढाउनेतर्फ ध्यान केन्द्रित गर्नु पर्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग भेट्न गएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं केन्द्रीय समितिका पदाधिकारीसँग बिहीबार राष्ट्रपति भवन शीतल निवासमा उहाँले भन्नुभयो, “यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबिच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक छ भन्ने मलाई लाग्छ ।”
‘जनतामा आशा पलाएको छ’
नेकपा (माओवादी) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले गरेका राम्रा कामप्रति जनताको आशा पलाएको बताउनुभएको छ । राजधानीमा भएको एक कायक्रममा बोल्दै उहाँले भ्रष्टाचार विरोधी अभियान, ललिता जग्गा प्रकरण, सुन तस्करी कान्ड, मिटरब्याजलगायतका विभिन्न समस्याप्रति सरकारले चलाएको कदममा जनताले साथ दिएको बताउनुभयो ।
दस लाखप्रति लाइसेन्स छाप्न बाँकी
१० लाखप्रति सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न बाँकी छ । यो सङ्ख्या स्मार्ट लाइसेन्स लागु भएदेखि हालसम्मकै सबैभन्दा धेरै हो । यातायात व्यवस्था विभागले हाल नियमित छपाइको काम बन्द गरेको छ । प्रिन्ट कार्ड सकिएकाले हाललाई बन्द गरिएको विभागले जनाएको छ ।
सतचालिस दलले बुझाएनन् जरिबाना
लेखा प्रणाली पारदर्शी नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेका ६९ मध्ये २२ राजनीतिक दलले मात्रै समय सीमाभित्र जरिबाना बुझाएका छन् । ४७ दलले तोकिएको समयभित्र जरिबाना बुझाएनन् ।
प्रबलीकरण चाँडो सक्न निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको पश्चिमी मोहडाको प्रबलीकरण छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ। सहरी विकासमन्त्री सीता गुरुङ, मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र निर्माण व्यवसायीसहित बिहीबार निरीक्षणमा पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीलाई द्रुत गतिमा काम गर्न लगाई छिटोभन्दा छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो। सो अवसरमा उहाँले नियमित अनुगमन गरी द्रुत गतिमा काम अगाडि बढाउन लगाउनुभएको भन्दै मन्त्री गुरुङलाई धन्यवादसमेत दिनुभयो।
आठ महिनापछि सभापति चुनिँदै
प्रतिनिधि सभाले औपचारिक कार्यभार सम्हालेको करिब आठ महिनापछि विषयगत समितिको नेतृत्व चयन प्रक्रिया अघि बढाइएको छ। राजनीतिक समझदारीपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार सभापति चयनको मिति तोक्नुभएको हो।
नेपालमा नर्सिङ कलेज बन्द, विद्यार्थीको भिड भारततर्फ
नीतिगत कमजोरीका कारण नर्सिङ विषय अध्ययन गर्न चाहने विद्यार्थी पीडित बन्न पुगेका छन्। चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को प्रावधान भन्दै एक सय शय्याको आफ्नै अस्पताल नहुने शिक्षण संस्थालाई नर्सिङ विषयको भर्नामा रोक लगाएको छ। यसले गर्दा ७३ वटा नर्सिङ शिक्षण संस्था बन्द भइसकेका छन्।
साइबर हिंसाका घटना बढ्दै
सामाजिक सञ्जाल र मिडियामार्फत अनेक किसिमले प्रताडित हुनुभयो– नायिका करिस्मा मानन्धर। सहनै नसक्ने अवस्थामा पुगेपछि उपचार खोज्दै उहाँ नेपाल प्रहरीको साइबर ब्युरो पुग्नुभयो र आफूमाथि साइबर हिंसा गर्नेलाई कारबाही गराउन माग गर्दै अदालतसम्म पुग्नुभयो। उहाँले भन्नुभयो, “म सार्वजनिक व्यक्ति त हुँ तर मेरो पनि आफ्नो निजी जीवन छ, जोसुकैले जथाभाबी रूपमा भन्न वा लेख्न पाइन्न भनेर म उपचार खोज्न गएकी हुँ।”
एकीकृत समाजवादीले मेची-महाकाली राष्ट्रिय अभियान गर्ने
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठकले मुलुकका रूपान्तरणकारी एजेण्डाका साथ मेची-महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने निर्णय गरेको छ।
दुर्घटनामा एकको मृत्यु, दुई घाइते
बबर्दिबास नगरपालिका–१० पूर्व–पश्चिम लोकमार्गको लक्ष्मिनियास्थित जङ्गली क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
गौरालाई राष्ट्रिय पर्व घोषणा गर्न चाहन्छु : प्रधानमन्त्री प्रचण्ड
बिहीबार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गर्नुभएको हो। उहाँले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सरकार सकारात्मक रहेको भन्दै चाँडै मन्त्रीपरिषद्मा लैजाने बताउनु भयो।
उपप्रधानमन्त्री खड्का र लेबनानका अवैतनिक वाणिज्य दूत इल्चेखबीच भेटवार्ता
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि लेबनानका अवैतनिक वाणिज्य दूत इल्चेख मोहमेदविल्सम घोउजायलबिच भेटवार्ता भएको छ ।
दीर्घकालीन असर पर्ने निर्णय नगर्न कोशी प्रदेश सरकारलाई सर्वोच्चको आदेश
सर्वोच्च अदातले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार उक्त आदेश गरेको हो।
गौरा पर्वको दिन तोकेर आउनुस्, सार्वजनिक बिदा दिन्छौँ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको दिन तोकेर राष्ट्रिय बिदा दिने बताउनुभएको छ ।
पुल महाशाखा टोलीद्वारा सिग्नेचर पुल निर्माणस्थलको निरीक्षण
नारायणीमा बन्ने सिग्नेचर पुलको टुङ्गो लगाउन पुल महाशाखाको टोलीले पुल निर्माणस्थलको निरीक्षण गरेका छन् ।