रुसले माग्यो मेट्रो रेलको प्रस्ताव
रुसले नेपालसँग काठमाडौँ मेट्रो परियोजनालगायत मुलुकको रेलवे आयोजनासम्बन्धी प्रस्ताव माग गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग सोमबार भएको भेटमा नेपालका लागि रुसका राजदूत अलेक्सी नोमिकोसहितको टोलीले सो प्रस्ताव माग गरेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो।
सुधार गृह तोडेर भागे कैदीबन्दी, १९४ जना प्रहरीको सम्पर्कमा
समयमै उपचार नभएर सहकर्मीको मृत्यु भएको भन्दै आन्दोलनमा उत्रिएका बाल सुधार केन्द्रका किशोरहरू झ्याल र पर्खाल फुटाएर भागेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार भागेका मध्ये १९४ लाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बाँकी फरार २६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । ७५ जना कैदीबन्दी भने नभागी सुधार गृहमै रहेको बताइएको छ ।
सर्वदलीय बैठकमा संसद् खुलाउने सहमति
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूको बैठकले संसद् खुलाउन सहमतिको मस्यौदा तयार गर्न तीन सदस्यीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार राति बसेको बैठकले सत्ता साझेदार र प्रतिपक्षी दलका नेता सम्मिलित समिति गठन गरेको हो । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे सम्मिलित समिति गठन गरिएको हो ।
विजय स्मारकमा अनियमितता भएको दाबी
डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयले गरेको खर्चमा विद्यालय प्रशासन र व्यवस्थापन समिति (विव्यस) बिच विवाद देखिएको छ। दुवै पक्ष एकअर्काको आरोप प्रत्यारोपमा उत्रेका छन्। विद्यालयको सामाजिक परीक्षण समितिको आर्थिक वर्ष २०७९।८० को प्रतिवेदन देखाउँदै विव्यसले विद्यालयका प्रधानाध्यापककै संलग्नतामा अनियमितता भएको आरोप लगाएको छ। सामाजिक परीक्षण समितिका संयोजक ईश्वर ज्ञवालीले काम नै नभएको शीर्षकमा पनि नक्कली बिल पेस गरेर विद्यालयले रकम खर्च गरेको दाबी गर्नुभयो।
ललिता निवास प्रकरण : दुई पूर्वप्रमसँग लिइयो बयान
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई बयान दिनुभएको छ । पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईले ललिता निवास प्रकरणमा आफ्नातर्फबाट सोमबार बयान दिनुभएको हो ।
भत्काइएको दरबार परिसर व्यवस्थित गरिँदै
तानसेन नगरपालिकाले घर टहरा भत्काएको दरबार परिसर व्यवस्थित गर्ने काम सुरु गरेको छ । नगरपालिकाले घर टहरा भत्काएको क्षेत्रमा ढुङ्गा छाप्ने काम गर्न लागेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो ।
घट्ट गएकी महिला बाढीमा परेर बेपत्ता
जुम्लाको पातारासी गाउँपालिकाकी एक महिला घट्ट गएका बेला बाढीले बगाउँदा बेपत्ता हुनुभएको छ ।
गोरखापत्रकर्मी हमाल पुरस्कृत
गोरखापत्र दैनिककी पत्रकार चाँदनी हमाल मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी लेखरचनाको प्रतिस्पर्धामा उत्कृष्ट भई पुरस्कृत हुनुभएको छ ।
नातिनीलाई जबरजस्ती गर्ने हजुरबा पक्राउ
आफ्नै १४ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा इलामका एक व्यक्ति पक्राउ परेका छन् ।
लम्पी स्किनको सङ्क्रमण दर घट्यो
पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण दर घट्दो क्रममा छ । विशेषगरी गाई गोरुमा लाग्ने लम्पी स्किनविरुद्धको खोप अभियानलाई तीव्रता दिन थालिएसँगै सङ्क्रमण दर घट्न थालेको हो ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९८ दशमलव २८ मा सीमित भएको छ ।
चितुवाले आठ बाख्रा मार्यो
गएराति चितुवाले अछामको बान्नीगढी जयगढ गाउँपालिकामा एकै कृषकका आठ बाख्रा मारेको छ । बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्राका तिलक खड्काले पालेका आठ बाख्रा चितुवाले मारेको स्थानीय लक्ष्मी खड्काले जानकारी दिनुभयो ।
लुम्बिनीमा पर्यटक बढे
बुद्ध जन्मस्थल लुम्बिनी घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको छ । गत वर्षको तुलनामा पर्यटक आगमनमा सुधार देखिएपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित छन् ।
वराहक्षेत्र मन्दिर जाने सडकमा पहिरो खसेर बाटो बन्द
वराहक्षेत्र मन्दिर जाने बाटोमा आइतबार राति पहिरो गएपछि बाटो अवरुद्ध भएको छ । कोशी पुलदेखि १ किलो मिटर अगाडि पहिरो गएपछि बाटो अवरुद्ध भएको हो ।
दोलखाको कुथेलीबुखरी स्मल हाइड्रोपावर नेप्सेमा सूचीकृत
भीमेश्वर नगरपालिका–३ सुस्पाक्षेमावतिमा रहेको कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
चौरासी वर्षीय पावेको पहिचान बन्यो ‘चना चटपटे बा’
आफ्ना दुई खुट्टाले मात्रै शरीर धान्न नसकेपछि स्टिलका चार वटा खुट्टा भएको ‘वाकर’ को सहारामा बसेको ठाउँबाट थरथराउदैँ उठ्नुभयो ८४ वर्षीय श्रीराम पावे ।
समाजवादी मोर्चाले भदौ ८ देखि प्रदेश स्तरमा घोषणा सभा गर्ने
समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ । सोमवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो ।
ललिता निवास प्रकरण : सिआइबीको अनुसन्धान पूरा
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन तयार पारेको छ। सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले भदौ ८ गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ।
संसद् खुलाउन राष्ट्रपति र प्रधानमन्त्री सक्रिय
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का कारण लामो समयदेखि अवरुद्ध सङ्घीय संसद् सुचारु गराउन विभिन्न तहबाट तीव्र प्रयास भएका छन्। राष्ट्रति रामचन्द्र पौडेलले आइतबार अपराह्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग यसै विषयमा परामर्श गर्नुभएको छ। यसअघि उहाँले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि परामर्श गरिसक्नुभएको छ। लामिछानेसँगको भेटपछि राष्ट्रपति पौडेलले मङ्गलबार बिहान सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले रास्वपा सभापति लामिछानेसँग समसामयिक राजनीतिक सन्दर्भमा कुराकानी गर्नुभएको हो।
भारतद्वारा प्याज निर्यातमा चालिस प्रतिशत महसुल
भारतले सरकारले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाउने भएको छ । भारतमा प्याजको खपत उच्च हुने सन्दर्भमा आन्तरिक मागलाई असर नपरोस् भन्ने हेतुले शनिबार भारतको अर्थ मन्त्रालयले निर्यातलाई नियन्त्रण गर्दै मूल्य घटाउन प्याजको निर्यातमा ४० प्रतिशत कर लगाइएको जनाएको छ ।
विदेशीलाई कैद गर्दा सुनुवाइको मौका अनिवार्य
सर्वोच्च अदालतले गैरकानुनी रूपमा नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकलाई अध्यागमन विभागले जरिबानाबापतको कैद निर्धारणअघि अनिवार्य रूपमा सरकारी वकिलको राय लिने व्यवस्था गर्न आदेश गरेको छ। अदालतले विभागले गर्ने यस्तो निर्णयपूर्व त्यस्ता व्यक्तिलाई सुनुवाइको मौका प्रदान गर्न पनि आदेश गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले साउन ३२ गते नेदरल्यान्डका नागरिक अमादेउ डी ओलिबिराको बन्दीप्रत्यक्षीकरण रिटमा यस्तो आदेश गरेको हो। जरिबाना तिर्न नसक्ने कागज गरेका ओलिबिरालाई अध्यागमनले प्रशासनिक टिप्पणीकै आधारमा सात वर्ष कैद तोकेको निर्णयसमेत अदालतले बदर गरेको छ।
सडक सञ्जाल विस्तार : सबै स्थानीय तह र प्रदेश राजधानी जोडिँदै
सरकारले आगामी तीन वर्षभित्र सबै स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारका राजधानीसम्म पक्की सडक सञ्जालले जोड्ने भएको छ। स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश राजधानीसम्म सवारी आवागमनलाई सहज बनाउन र सङ्घीय व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले पक्की सडक सञ्जालले जोड्ने योजना कार्यान्वयन गर्न लागिएको हो। सरकारले उक्त योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्ष २०८०/८१ का लागि दुई अर्ब १५ करोड रुपियाँ विनियोजन गरेको छ।
प्रन्याको संसदीय सुनुवाइ आज
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सोमबार संसदीय सुनुवाइ गर्ने भएको छ । उजुरीको समयसीमा समाप्त भएपछि आइतबार बसेको समिति बैठकले सुनुवाइको निर्णय गरेको हो । सुनुवाइअघि सोमबार नै एक जना उजुरीकर्तासँग समितिले छलफल गर्ने छ । उहाँविरुद्ध इमेलबाट दुई र सचिवालयमा दर्ता भएको एउटा उजुरी परेको थियो । विषयवस्तुका आधारमा एक जनासँग समितिले छलफल गर्न लागेको हो । कार्यसम्पादन र मुद्दाको विषयमा रहेको उजुरीमा समितिले उजुरीकर्तासँग छलफल गर्ने निर्णय गरेको छ ।
वर्षामा वन्यजन्तु संरक्षण चुनौती
वर्षा लागेयता देशका विभिन्न राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ। निरन्तरको वर्षाले संरक्षण क्षेत्रभित्रको भौगोलिक तथा संरचनागत अवस्थामा परिवर्तन गर्ने भएकाले पनि संरक्षणमा चुनौती थपिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।