सम्पत्ति विवरण बुझाउन उदासीनता
कानुन कार्यान्वयनमा प्रमुख राजनीतिक दल नै उदासीन देखिएका छन् । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलले महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनको पालना नगरेको पाइएको छ । निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार हालसम्म १४ वटा दलले मात्रै महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र सदस्यले सम्पत्ति विवरण बुझाएको जानकारी गराएका छन् । विसं २०७८ मा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलले महाधिवेशन गरेका थिए ।
सरकारको आम्दानी चार अर्ब घट्यो
मुलुकको आर्थिक स्थितिमा विस्तारै सुधार हुँदै गएको दाबी गरिए पनि सरकारी तथ्याङ्कले भने त्यसलाई पुष्टि गर्दैन । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनाको सरकारको प्राप्ति र भुक्तानीसम्बन्धी तथ्याङ्कले सरकारको आम्दानी गत आवको तुलनामा झन् घटेको देखाउँछ ।
बागमतीको पानी वितरण
बाढीपहिरोले क्षति पुर्याउने भन्दै मेलम्ची खानेपानी आयोजनाको पानी बन्द गरिएपछि काठमाडौँमा बागमतीको पानी वितरण गरिएको छ । बाढीपहिरोले विगतका वर्ष झैँ आयोजनाको हेडवक्र्स र सुरुङमा क्षति पुर्याउन नदिन पूर्वतयारीस्वरूप असारको पहिलो हप्तादेखि मेलम्चीको पानी वितरण प्रणाली बन्द गरिएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्चीको पानी वितरण सुरु नहुन्जेल काठमाडौँमा पानीको समस्या हुन नदिन अस्थायी रूपमा बागमतीको पानी वितरण सुरु गरिएको जानकारी दिनुभयो ।
नेपाल–बङ्गलादेश विद्युत् व्यापार छिट्टै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र बङ्गलादेशबिचको विद्युत् व्यापार छिट्टै सुरु हुने बताउनुभएको छ। नेपाल विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहको शक्रबार उद्घाटन गर्दै उहाँले चालु आर्थिक वर्षभित्र बङ्गलादेशसँग विद्युत् व्यापार गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले यसै वर्षायामभित्र नेपाल–बङ्गलादेश विद्युत् व्यापार सुरु हुने गरी नेपाल, भारत र बङ्गलादेशका सम्बन्धित निकायबिच सम्झौतामा हस्ताक्षरको अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो।
काठमाडौँ–तराई/मधेश द्रुत मार्गमा सुरुङ थपिने
काठमाडौँ–तराई/मधेश द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन भएको छ। संशोधनसँगै आयोजनाको लागत र समय घट्ने छ भने सुरुङ मार्गको सङ्ख्या थपिने छ। संशोधन अनुसार द्रुत मार्गमा थप तीन वटा सुरुङ निर्माण गरिने छन्। सबै गरेर सुरुङको कुल लम्बाइ ८.६ किलोमिटर पुग्ने छ। अहिले तीन वटा सुरुङ निर्माण भइरहेका छन्।
चिकित्सा शिक्षा ऐन परिमार्जन गर्न माग
चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा शिक्षामा देखिएको समस्या समाधान गर्न प्राविधिक शिक्षालय सञ्चालकले सरकारसँग माग गरेका छन् । आफूहरूको माग पूरा गर्न दबाब दिने उद्देश्यले निजी प्राविधिक शिक्षालय सञ्चालकहरूले राजधानीमा धर्ना कार्यव्रmमसमेत सुरु गरेका छन् । चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समिति नै गठन गरेर उनीहरूले माइतीघरमा धर्ना सुरु गरेका हुन् । चिकित्सा शिक्षा ऐन तथा नियमावलीमा भएको व्यवस्थाले मुलुकभरका थुप्रै नर्सिङ तथा अन्य शैक्षिक संस्था बन्द भएका तथा यसका कारण अर्बौं रुपियाँ लगानी डुबेको शिक्षालय सञ्चालकहरूको भनाइ छ ।
चिकित्सकको उमेर हद ४५ वर्ष कायम गर्न माग
स्वास्थ्य ऐन अनुसार चिकित्सकलाई सरकारी सेवा प्रवेशका लागि ४५ वर्षको उमेर हद कायम गर्नुपर्ने माग गरिएको छ । विभिन्न प्रदेशमा विज्ञापन गर्दा ४० वर्ष उमेर हद तोकेको भन्दै त्यसलाई सच्याएर ४५ वर्ष कायम गर्न नेपाल चिकित्सक सङ्घले माग गरेको छ । सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले आगामी दिनमा प्रकाशित गरिने पदपूर्तिसम्बन्धी विज्ञापनमा स्वास्थ्य सेवा ऐनबमोजिम नै उमेर हद कायम रहने व्यवस्था मिलाउन नेपाल सरकार तथा सरोकारवाला निकायमा ध्यानाकर्षण गराउँदा समेत उमेर हदलाई नसच्याएको बताउनुभयो ।
बसाइँसराइले खण्डहर बन्दै ढुङ्गेघर
ढकमक्क फूल फुल्ने आँगन र लटरम्म तरकारी फल्ने करेसाबारीमा घाँस झाँगिएको छ। घरनजिकैका पानीका धारामा कमिला डुल्छन्। पिँढीमा हरियो ढुसी र लेउ देखिन्छ। रातो माटो र सेतो कमेरोमा टल्कने भित्ता उप्किएका छन्। छानो भत्किएको छ, घरको धुरीबलो र झ्यालढोका मक्किएका छन्। बेनी–दरबाङ सडकसँगै म्याग्दी नदीको माथिल्लोपट्टि रहेको रातोढुङ्गा गाउँको यो दृश्य देख्ने जोकोहीको मन कटक्क खान्छ।
ज्येष्ठनागरिकलाई घरमै स्वास्थ्य सेवा
ज्येष्ठनागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर स्वास्थ्य उपचार सुरु गरिएको छ । जिल्लाको माथागढी गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र ज्येष्ठनागरिकको घरमै पुगेर आवश्यक स्वास्थ्य सेवा सुरु गरेको हो ।
बाढीले खानेपानी पाइप बगाउँदा करिब ५० लाखको क्षति
वर्षाका कारण खानेपानी मुहानको पाइप बगाउँदा नुवाकोट सदरमुकाम विदुरलगायत नगरक्षेत्रमा खानेपानी आपूर्तिमा समस्या उत्पन्न भएको छ ।
टाइगर प्यालेसले भन्यो, ‘सरकारलाई सबै कर तिर्छौं’
रुपन्देहीको टाइगर प्यालेस रिसोर्ट किनेका नयाँ लगानीकर्ताले सरकारलाई सबै कर तिर्ने घोषणा गरेका छन् । गैर आवासीय समूहको टीमले रिसोर्टमै पत्रकार सम्मेलमार्फत सबै प्रकारका कर तिर्ने अध्यक्ष बुद्धिसागर सुबेदीले बताउनुभयो ।
किसानलाई मकै बाली जोगाउनै मुस्किल
दैलेखका ग्रामीण क्षेत्रमा मकै बाली जोगाउन मुस्किल परेको कृषकको भनाइ छ । जंगली जनावरले बाली पाक्नु अगाडि नै खाएर नष्ट गर्ने समस्याका कारण किसानलाई बाली जोगाउन मुस्किल भएको हो ।
चौरीको खर्कमा पुगेर बालबालिकाको उपचार
स्वास्थ्यकर्मीको टोलीले उच्च पाटनमा रहँदैआएका चौकीको खर्कमा पुगेर बालबालिकालाई खोप लगाउने र अन्य खर्कालुहरुको उपचार गर्ने काम गरेको छ ।
तत्काल संसद् खोल्न रास्वपा सभापति लामिछानेको माग
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक खिचातानीका कारण संसद् अवरुद्ध भएको भन्दै सांसद अवरुद्ध नगर्न चेतावनी दिनुभएको छ।
वडा अध्यक्षविरुद्ध छ लाखको भ्रष्टाचार मुद्दा दायर
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिलकराम कँडेलविरुद्व छ लाख दश हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।
कृषकका लागि अब्बल आम्दानीको स्रोत बन्दै ‘अकबरे’
यस पटक अकबरेको फल नै बिक्री गर्नेकि बियाँ बिक्री गर्ने, सूर्योदय नगरपालिका –१२ का किसान मदन राई दोधारमा हुनुहुन्छ । राईले उत्पादन गरेको अकबरे फल र र बियाँ दुवैको माग उत्तिकै छ ।
सरकारले बेथितिको अन्त्य गर्ने कोसिस गरेको छ : मन्त्री गुरुङ
शहरी विकास मन्त्री सीता गुरुङले सरकारले बेथितिको अन्त्य गर्ने कार्यको सुरुआत गरेको बताउनुभएको छ ।
तामाङ प्रशारण दिवसमा दुई पत्रकार सम्मानित
रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रशारण भएको २९ औं वर्षगाँठको अवसरमा तामाङ पत्रकार संघले दुई जना पत्रकारलाई आज सम्मानित गरेको छ ।
युरोपको हिमालमा फहराइयो नेपालको झण्डा
पाँचथरको कुम्मायक गाउँपालिका –२ मङजावुङका आरोही सुशील सेर्माले युरोप महादेशस्थित रसियाको माउण्ट एल्बु्रस हिमालको सफल आरोहण गर्दै शिखरमा नेपालको झण्डा फहराउनुभएको छ ।
जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु
दाङमा जङ्गली च्याउ खाँदा एकै घरका दुई जनाको ज्यान गएको छ । साउन २९ गते साँझ बङ्गलाचुली गाउँपालिका–४ भित्ताला जङ्गलबाट खोजेर ल्याएको जङ्गली च्याउ खाएर बिरामी परेका तीन जनामध्ये दुईजनाको मृत्यु भएको छ ।
अब श्रम विभागका सम्पूर्ण सेवा अनलाइनमार्फत
सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्नुभयो ।
मुद्दा दर्ता सङ्ख्या बढेपछि कार्यान्वयनमा चुनौती
केही समयअघि जिल्ला प्रहरी कार्यालय बाँकेमा छिमेकीले कुखुराका खुट्टा भाँचिदिएको भन्दै निवेदन दर्ता भयो । निवेदनपछि प्रहरीले दुबै पक्षलाई बोलाएर छलफल गरायो । छलफलपछि दुवैजनाबीच सहमति भयो र विवाद टुङ्गियो ।
डुबानमा गोटिहवास्थित अशोक स्तम्भ
क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवास्थित अशोक स्तम्भ डुबानमा परेको छ । स्तम्भ भएको ठाउँमा पानी निकास नभएपछि हरेक वर्ष वर्षातको सयमा यस्तो अवस्था देखापर्ने गरेको हो ।
वराहक्षेत्रका कर्मचारी १० बजे लाममा बसेर राष्ट्रियगान गाउँछन्
वराहक्षेत्र नगरपालिकामा कार्यरत कर्मचारीहरुले बिहान कार्यकक्ष प्रवेश गर्नुभन्दा अगाडि लाइनमा बसेर राष्ट्रिय गान गाउने गरेका छन् । सामुहिक सहभागितामा राष्ट्रिय गान गाउँनु यहाँ अनिवार्य गरिएको छ ।