लालपुर्जा छ तर जग्गा छैन
कमलामाई नगरपालिका –९ बतासे निवासी किसान ठाकुरदास श्रेष्ठको घरमुनिको खेतमा रोपेको हरियो फिरेर हुर्किदै थियो । उहाँले उक्त खेतमा साउनको पहिलो सातामा रोपाइँ गर्नुभएको थियो ।
राज्यको ३१ करोड रुपियाँ खर्च, पीडितहरु अझ त्रिपालमै
२०७१ साउनको अन्तिम साता अविरल परेको पानीले ठूलो विपद् निम्त्याउला भन्ने पीडित कसैले सोचेका थिएनन् । साना खोलादेखि सुर्खेत भएर बग्ने भेरी नदीमा बाढीले बितण्डा नै मच्चायो । एक सयभन्दा बढीले ज्यान गुमाए, एक हजारभन्दा बढी परिवार विस्थापित भएका थिए ।
बाढी प्रभावित क्षेत्रमा जनजीवन सहज बन्दै
कैलालीको बाढी प्रभावित क्षेत्रमा जनजीवन सहज बन्न थालेको छ । डुबानका कारण विस्थापितहरू घर फर्कने वातावरण बनेसँगै जनजीवन सहज बन्न थालेको हो ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम पालिकास्तरमा कार्यान्वयन
मकवानपुरको भीमफेदी गाउँपालिकाका अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराउन पालिका र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको छ ।
तीन महिनाभित्र डायलायसिस सहजः मन्त्री सिंखडा
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले तीन महिनाभित्रै गण्डकी प्रदेशमा डायलायसिस सेवा सहज हुने बताउनुभएको छ ।
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध चौथो पटक फौजदारी अभियोग
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०२० मा भएको राष्ट्रपति निर्वाचनमा धाँधली गरेको आरोप लागेको छ ।
मदन भण्डारी राजमार्गमा पुल निर्माण सम्पन्न
राष्ट्रिय गौरवको निर्माणाधीन मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको बसाहादेखि हेटौँडा उपमहानगरपालिकासम्मका अधिकांश पुल निर्माण सम्पन्न भएका छन् । उदयपुरको बसाहादेखि हेटौँडा उपमहानगरपालिका–६, चौघडासम्म २५० किलोमिटर लामो उक्त राजमार्गमा पर्ने ९६ वटा पक्की पुलमध्ये ९४ वटा पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
कुहिँदै लाखौँ मूल्यका सालका काठ
वन पैदावारसम्बन्धी कसुर तथा मुद्दामा कानुनी समस्याका कारण समयमै न्यायिक निरूपण तथा छिनोफानो नहुँदा नुवाकोटमा लाखौँ मूल्यका सालका काठ कुहिएका छन् भने ढुवानीका साधन कवाडी बन्दै गएका छन् ।
प्राकृतिक प्रकोप : क्षतिको तत्काल सम्बोधन गरिने
सरकारले मुस्ताङमा भेल र पहिरोले पु-याएको क्षतिको तत्काल सम्बोधन गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारका तर्फबाट गर्नुपर्ने सबै पहल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिनुभएको छ। उहाँहरूबिच भएको छलफलका क्रममा देशका विभिन्न स्थानमा भारी वर्षाबाट ज्यान जोगाउन र विपत् सामना गर्नुपरेको मुस्ताङलगायत स्थानमा आवश्यक राहत तथा उद्धार व्यवस्था गर्न गृहमन्त्री श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिनुभएको हो। छलफलका क्रममा गृहमन्त्री श्रेष्ठले मुस्ताङमा भएको क्षतिको जानकारी दिँदै देशका विभिन्न स्थानमा सम्भावित क्षतिको न्यूनीकरणका लागि गृह मन्त्रालयले गरिरहेको पहलबारे प्रधानमन्त्री प्रचण्डसमक्ष बिफ्रिङ गर्नुभयो।
सक्कली डा. यादव रिहा अनुसन्धानमा प्रश्न
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली डाक्टरविरुद्धको कारबाहीमा पक्राउ गरेका डा. रञ्जितकुमार यादव रिहा हुनुभएको छ। उहाँको रिहासँगै नेपाल चिकित्सक सङ्घले डा. यादवलाई पक्राउ गर्न सूचना दिने नेपाल मेडिकल काउन्सिलका पदाधिकारीले दिएको सूचना तथा सिआइबीले गरेको अनुसन्धानमाथि प्रश्न गरेको छ।
जग्गा अधिग्रहण र सुकुम्बासी व्यवस्थापन पहल गर्न निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपत्यकामा जग्गा अधिग्रहण र सुकुम्बासी व्यवस्थापन पहल गर्न निर्देशन दिनुभएको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तीनकुनेमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा समस्या समाधान र उपत्यकामा सुकुम्बासी व्यवस्थापनसम्बन्धी बैठकमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभयो ।
दोब्बर बढ्यो चीनतर्फको निर्यात
गत आर्थिक वर्षमा चीनमा निर्यात व्यापार दोब्बरले बढेको छ । कोभिडपछि सुस्त रहेको व्यापार गत आवमा आएर पौने दुई अर्ब रुपियाँको निर्यात भएको हो । चीन सरकारले नेपालतर्फबाट जाने सामान निर्यातका लागि बनाएको प्रोटोकल सजिलो बनाएकाले पनि निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।
प्रहरीमा सरुवा मापदण्ड
गृह मन्त्रालयले नेपाल प्रहरीको सरुवा, बढुवा तथा पदस्थापनामा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागु गरेको छ। ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९’ अनुसार ठुलो सङ्ख्याका प्रहरी निरीक्षक सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको गृह मन्त्रालयले जनाएको छ। यो मापदण्ड कार्यान्वयनमा आएसँगै पहुँचवालाले लगातार अवसर पाइरहने र पहुँच नहुनेहरू अवसरबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य भएको मन्त्रालयले जनाएको छ।
त्रिवि सेवा आयोगमा प्राडा भट्टराई
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राडा घनश्याम भट्टराई नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्गलबार उहाँलाई नियुक्त गर्नुभएको हो।
कक्षा १२ को नतिजामा सुधार
कक्षा १२ को नतिजामा गत वर्षको तुलनामा झिनो सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले मङ्गलबार सार्वजनिक गरेको नतिजा अनुसार ५०.९१ प्रतिशत परीक्षार्थी सफल भएका छन् । परीक्षामा स्तरीकरण नभएका (असफल) परीक्षार्थी ४९.०९ प्रतिशत छन् । सैद्धान्तिक र प्रयोगात्मक दुवै खण्डमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउने परीक्षार्थीलाई मात्र सफल अर्थात् ग्रेडेड समूहमा राखिन्छ । दुवै खण्डमा ३५ प्रतिशत अङ्क ल्याउन नसक्ने परीक्षार्थीलाई असफल अर्थात् ननग्रेडेड भएको मानिन्छ ।
५५ वर्षदेखि मुर्राबाट नश्ल सुधार
भैँसीको नश्ल सुधारका लागि मुर्रा जातका भैँसी र राँगा भारतबाट आयात गर्न थालिएको पाँच दशक नाघेको छ । नेपालको पशु विकास कार्यक्रम अन्तर्गत भारत सरकारको सहयोगमा २०२५ सालमा मुर्रा जातका ११६ भैँसी र ५८ राँगा ल्याइएका थिए । तीमध्ये ललितपुरको खुमलटार फार्ममा ३६ वटा, चितवनको रामपुर फार्ममा ४४ वटा तथा विराटनगरको तराई फार्ममा ३६ वटा भैँसी राखिएका थिए । राँगामध्ये तीन वटा कृषि फार्मका लागि दुई दुई वटा र बाँकी विभिन्न ग्राम पञ्चायतमा पठाइएका थिए ।
अनियमितता जोडिएका धेरै फाइल खुल्न सक्छन् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार सुशासनका काममा अघि बढेको र पछिल्लो समयमा यसका परिणाम पनि सार्वजनिक भइरहेका भन्दै तर सरकारका यी कामलाई हेरेर राम्रोलाई राम्रो भन्ने संस्कार नदेखिएको बताउनुभएको छ ।
नागरिकको अधिकारप्रति संवेदनशील हुुन आयोगको आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले फुटपाथ व्यावसायीको मानवअधिकार संरक्षण गर्न आग्रह गरेको छ । फुटपाथ व्यावसायीलाई वैकल्पिक व्यवस्था गरी उनीहरुको अधिकारप्रति संवेदनशील हुुन काठमाडौँ महानगरपालिकासहित सम्बद्ध निकायलाई आग्रह गरेको हो ।
भूउपयोग नियमावली पारित, जग्गाको कित्ताकाट खुल्यो
मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ।
नेप्से परिसूचक ३१ दशमलव ८० अङ्कले घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ ।
डोल्पाबाट छ क्विन्टल यार्सागुम्बा निकासी
गएको आर्थिक वर्ष २०७९/०८० मा डोल्पाबाट ६ क्विन्टलको परिमाणमा बहुमूल्य जडीबुटी यार्सागुम्बा निकासी भएको छ ।
गौरा पर्व भदौ ७ गते, प्रदेश सरकारले दियो दुई दिन बिदा
सुदूरपश्चिम प्रदेश अन्तर्गतका देव–देवालयहरूमा विशेष हर्षोल्लासकासाथ मनाइने गौरा पर्व भदौ ७ गते मनाइने भएको छ ।
बाँकेका ३०७ कैदीबन्दीको आँखा परीक्षण, निःशुल्क औषधि वितरण
बाँके कारागारमा रहेका अधिकांश कैदीबन्दीमा आँखा पाक्ने रोगको समस्या देखिएपछि कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरेर कैदीबन्दीको आँखा परीक्षण गरिएको छ ।
नेपालगञ्जमा साहित्यकार सम्मान
कल्पना फाउण्डेसन नेपालका अध्यक्ष तथा नेपालगञ्जका साहित्यकार कल्पना पौडेल जिज्ञासुको कथा सङ्ग्रह ‘कचहरी’ को विमोचनसँगै वरिष्ठ साहित्यकारलाई सम्मान गरिएको छ ।