राष्ट्रपतिद्वारा मङ्गलबार सर्वदलीय बैठक आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई राष्ट्रपति पौडेलले बैठकमा बोलाउनुभएको छ।
नक्कली नोटसहित एक पक्राउ
सुनसरीको रामधुनी नगरपालिका बाट १७ हजार ५ सय नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार रामधुनी वडा १ का ३६ वर्षीय रोशन चौधरीलाई ५ सय रुपियाँका ३५ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
सर्पको टोकाइबाट एकको मृत्यु
झापाको हल्दिबारीमा विषालु सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका –२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताउनुभयो ।
तराईको भविष्यका लागि चुरे संरक्षण गर्न सुझाव
तराईको लाइफलाइनको रूपमा रहेको अति संवेदनशील चुरे क्षेत्रलाई जोगाउन नीतिगत रूपमा अगाडि बढ्नु पर्नेमा एक कार्यक्रमका सहभागीले माग गर्नुभएको छ ।
तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण सुरु
विवरण भरेको लामो समयपछि तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । २०७६ साल साउनदेखि विवरण सङ्कलन गरिएको भएपनि तयार भएर ढिलो आएकोले चार वर्षपछि मात्रै वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
अवैध ओसारपसारको प्रभावकारी नियन्त्रण गरिने
कुखुराको मासुमा नेपाल आत्मनिर्भर भएपनि भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार भइरहेको र त्यसको अपेक्षित नियन्त्रण हुन नसक्दा आफूहरू उठ्नै नसक्ने गरी मारमा परेको कुखुरा उद्योगी व्यवसायीहरूले बताएका छन् ।
प्रमुख दलको बैठक सोमबार फेरि बस्ने
सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा विभिन्न विकल्पका बारेमा छलफल भएपनि सहमति हुन नसकेपछि पुनः सोमबार बस्नेगरी स्थगित भएको छ ।
उद्योग वाणिज्य सङ्घको मतगणना सुरु
नेपालगन्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनको मतगणना सुरु भएको छ । केही बेरअघि सुरु भएको मतगणनामा सदस्यतर्फका उम्मेदवारको मतगणनाबाट गणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ ।
साढे तीन लाख रुपियाँ बराबरको अवैध सामान बरामद
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाबाट अवैध रुपमा भित्रिएको अन्दाजी ३ लाख ६० हजार मूल्यको अण्डरवेयर बरामद भएको छ ।
नवलपुरमा सुरु भयो सर्प महोत्सव (फोटो फिचर)
नेपालमै पहिलो पटक नवलपुर सदरमुकाम कावासोतीमा ‘नेपाल सर्प महोत्सव’ सुरुभएको छ । नागपञ्चमी पर्वको अवसर पारेर सर्प महोत्सव आयोजना गरिएको हो ।
गाडीमा कालो सिसाको दुरुपयोग
हिमाली जिल्ला मुगु भएर सवार गर्ने निजी सवारी साधनमा कालो स्टिकर टास्ने गरेको पाइएको छ । सिसामा कालो स्टिकर टाँसेर सर्वसाधारणले समेत प्रयोग गरी दुरुपयोग भइरहेको सरोकारवाला पक्षको भनाइ छ ।
आमालाई कुखुरा, बच्चालाई न्यानो कपडा
भीरकोट नगरपालिका–८ ले सुत्केरी आमालाई लोकल कुखुराको भाले र बच्चालाई न्यानो कपडा दिन थालेको छ ।
मानवअधिकारप्रति स्थानीय तह उदासीन भएको गुनासो
मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा स्थानीय निकाय उदासिन रहेको गुनासो गरिएको छ । आर्थिक वर्ष २०७७–७८ र २०८१–८२ का लागि बनेको पाँचौ राष्ट्रिय कार्यायोजना अनुरुपको कार्य स्थानीय तहले नगरेको सरोकारवालाको गुनासो देखिएको हो ।
टेलिकमले गुणस्तरीयतामा ध्यान दिनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तरीयता कायम गर्नमा ध्यान दिनुपर्ने बताउनुभएको छ । गुणस्तरीयतासँगै सेवाबृद्धिमा पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
चोरी गर्दागर्दै दुई जना पक्राउ
कनकाई नगरपालिका–१ प्रजापतिमा एक घरमा चोरी गर्दागर्दै दुई जना चोर पक्राउ परेका छन् ।
हुलाकी राजमार्ग म्यादभित्र ६० प्रतिशत मात्र सम्पन्न
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको हुलाकी राजमार्गको ६० प्रतिशत काम सम्पन्न भएको छ । आर्थिक वर्ष २०६६-०६७ मा निर्माण सुरु भएको यस आयोजनाको निर्माण कार्य २०७९-०८० मा सकिने भनिएपनि निर्धारित मितिमै नसकिने भएपछि सरकारले संशोधन गर्दौ आर्थिक वर्ष २०८३-०८४ मा सक्ने जनाएको छ ।
मतदाता नामावली दर्ता र अद्यावधिक कार्य स्थानीय तहलाई प्रत्यायोजन गरिँदै
निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यलाई स्थानीय तहमा प्रत्यायोजन गर्ने तयारी गरेको छ। नेपालको संविधान र कानुनले भने निर्वाचन प्रयोजनका लागि मतदाताको नामावली तयार गर्ने कार्य निर्वाचन आयोगले गर्ने स्पष्ट व्यवस्था गरेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यका लागि स्थानीय तहसँगको समन्वय र सहकार्यमा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्नेसम्बन्धी कार्यविधि तर्जुमा गर्न लागेको बताउनुभयो।
स्याङ्जा अस्पतालले बल्ल पायाे डाक्टर
पुतलीबजार नगरपालिका ३ कुमाल गाउँमा रहेको स्याङ्जा जिल्ला अस्पतालले साढे नौ महिनामा मेडिकल सुपरिटेन्डेन्ट पाएको छ ।
लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्नुपर्छ
नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्नुपर्ने बताउनुभएको छ। पछिल्लो समयमा संविधानभित्र रहेका व्यवस्थासमेत खतरामा पर्ने गरेको गुनासो गर्दै त्यसको रक्षा नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताउनुभयो। नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति कैलालीले आयोजना गरेको रक्तदान तथा वनभोज कार्यक्रममा नेतृ देउवा पछिल्लो समयमा लोकतान्त्रिक मूल्य मान्यताको संस्थागत गर्न गठबन्धनको सरकार क्रियाशील रहेको बताउनुभयो।
सहज स्थितिमा बाह्य सूचक आन्तरिक अर्थतन्त्र सुधार्ने अवसर
गत वर्ष वैशाखमा विदेशी मुद्राको सञ्चिति घटेर बढीमा साढे छ महिनाको वस्तु तथा सेवाको मात्र आयात धान्न सक्ने अवस्था सिर्जना भएपछि नेपालको अर्थतन्त्र ‘श्रीलङ्का पथ’ मा जाने चर्चा चुलियो । विदेशी मुद्रा रित्तिएर अत्यावश्यक वस्तुसमेत आयात गर्न नसकेर टाट पल्टेको घोषणा गरेको श्रीलङ्कासँग नेपालको तुलना हुन थालेपछि सरकार झस्कियो ।
पशुपति क्षेत्र विकास कोषलाई आठबुँदे प्रस्टीकरण
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषलाई आठबुँदे स्पष्टीकरण सोधेको छ। मन्त्रालयले पशुपति क्षेत्र विकास कोषबाट व्यवस्थापन भइरहेका विभिन्न विषयमा प्रस्ट जानकारीसहित सात दिनमा जवाफ बुझाउन पत्र पठाएको हो। मन्त्रालयले कोष अन्तर्गतका पसल, भवन, पार्क, धर्मशालाको सञ्चालनका निम्ति कोषसँग कुन बेहोराको सम्झौता भएको छ भन्ने विषयमा सम्झौताका प्रमाणित प्रतिलिपि पेस गर्नुभनेको छ। पत्रमा सम्झौता अनुरूप कोषलाई तिर्न बुझाउनुपर्ने तोकिएको रकममध्ये हालसम्म असुल भएको रकम तथा बक्यौता रकम अङ्क कति छ र सम्झौताबमोजिमको असुलउपर हुनुपर्ने पूरै रकम असुल उपर नभई बक्यौता रहेको भए सोको विवरण र कारण पेस गर्न भनिएको छ। पशुपति क्षेत्र विकास कोषबाट गरिएका सम्झौताबमोजिमको असुलउपर
मोर्चाको सन्देश सभा आयोजना हुने
समाजवादी मोर्चा नेपालले सात प्रदेशमा सन्देश सभाको आयोजना गर्ने भएको छ। सन्देश सभाका लागि आइतबार केन्द्रीय संयोजन समितिको बैठक बस्ने भएको छ। मोर्चाका अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल विदेश भ्रमणमा जानुभएकाले बैठक बस्न नसक्दा केही समय ढिलाइ भएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिनुभयो।
सल्लाहकार महर्जन र उपसम्पादक तिवारी सम्मानित
गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन र दी राइजिङ नेपालका अनलाइन संस्करण संयोजक एवं उपसम्पादक नन्दलाल तिवारी सम्मानित हुनुभएको छ। इनर ह्विल क्लबको शनिबार कीर्तिपुरमा आयोजित पाँचौँ वार्षिकोत्सव तथा चार्टड डे सेलिब्रेसन कार्यक्रममा उहाँहरूलाई सम्मानित गरिएको हो। विकास र महिला सशक्तीकरणको पक्षमा पत्रकारिताका माध्यममार्फत योगदान पु-याएको भन्दै महर्जन र तिवारीलाई सम्मान गरिएको हो। इनर ह्विलकी अध्यक्ष रञ्जना महर्जनले संस्थाले स्वार्थभन्दा सेवा भावलाई उच्च स्थानमा राखेर रक्तदान, मानव तथा सामाजिक सेवा, वृक्षरोपण, सांस्कृतिक प्रवर्धनमा विभिन्न काम गर्दै आएको बताउनुभयो।
चक्रपथका तीन ठाउँमा ‘अन्डरपास’ बन्ने
दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी गुड्ने ‘अन्डरपास’ (भेहिकल अन्डरपास) निर्माण हुने भएको छ । कङ्लकी–वसुन्धारा खण्डको गोङ्गबुस्थित नयाँ बसपार्क, बालाजुको ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ निर्माण हुने भएको हो । ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको जानकारी दिनुभयो ।