• ३१ वैशाख २०८२, बुधबार

ललिता निवास जग्गा प्रकरण

२९० जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १० गते । बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्तेगरी व्यक्तिको नाममा गरेको भन्दै चार पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । 

आइतबार काठमाडौँ जिल्ला अदालतमा दायर गरेको किर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । त्यस्तै, ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । 

उनीहरूमाथि किर्तेको अभियोग भने छैन । तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।