गोरखापत्रकर्मी रेग्मी सेजनको महासचिवमा निर्विरोध निर्वाचित
गोरखापत्रकर्मी विश्वास रेग्मी नेपाल आर्थिक पत्रकार समाज (सेजन) को महासचिवमा निर्विरोध निर्वाचित हुनुभएको छ । रेग्मी सेजनको २५ औँ साधारणसभाबाट निर्विरोध निर्वाचित हुनुभएको हो ।
कृषकहरुले मुलामा पाए राम्रो मूल्य
एक महिना अघिसम्म मूल्य नपाएको गुनासो गर्दैआएका मकवानपुरको थाहा नगरपालिका ७ र ८ का किसानले अहिले मुलामा राम्रो मूल्य पाएपछि दंग परेका छन् ।
राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको मुद्दा प्रमुख हुन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने बताउनुभएको छ।
हिंसापीडित महिलालाई नगरले सहयोग गर्ने
सुनसरीको रामधुनी नगरपालिका –८ स्थित पौडेल चौकमा भदौ १२ गते ३५ वर्षीया केशीदेवी यादवमाथि सार्वजनिक बाटोमा निर्घात कुटपिट गरी घाइते भएकाले पीडितलाई नगरपालिकाले सहयोग गर्नेभएको छ ।
विद्युतीय सवारीसाधनलाई थप प्रवर्धन गरिनेछ : ऊर्जामन्त्री बस्नेत
विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ आजदेखि यहाँ ‘नेपाल इभी तथा नेपाल पावर लाइट एउण्ड इलेक्ट्रोनिक प्रदर्शनी’मेला सुरु भएको छ ।
बेनीको गाईजात्रामा युवाको सहभागिता
बेनीमा युवा र पाका पुस्ता मिलेर गाइजात्रा निकालेका छन् । नेवार समुदायको पुरानो मौलिक संस्कृति लोप हुन नदिन पाका पुस्तासँगै युवा पनि गाइजात्रामा सहभागी भएका छन् । गाइजात्रा बेनीका नेवार समुदायको मौलिक सांस्कृतिक पहिचान मानिन्छ ।
नेपालगन्ज उपमहानगरले दक्ष अग्निनियन्त्रक उत्पादन गर्ने
नेपालगन्ज उपमहानगरभित्र आगलागी नियन्त्रणमा सहजताका लागि नेपालगन्ज उपमहानगरले दक्ष अग्नि नियन्त्रक उत्पादन गर्न तालिम दिन सुरु गरेको छ ।
सहकारीबाट ठगिएका पीडित नागरिक प्रहरी कार्यालयमा
सुर्खेतमा शिवशिखर सहकारी संस्थाबाट ठगिएका पीडित नागरिकहरू प्रहरी कार्यालय धाउन थालेका छन् । सहकारीमा पैसा बचत गरेका नागरिकहरू अहिले लामो समयदेखि सहकारी बन्द भएपछि निरास छन् । सहकारी सञ्चालकहरु फरार रहेको प्रहरीले जनाएको छ ।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
शुक्रबार बिहानैदेखि मौसम खुल्न नसकेका कारण विमान दुई घण्टा काठमाडौंमै होल्ड गरेको तर मौसम सुधारमा सम्भावना नदेखिएकाले उडान रोकिएको हो ।
कर्णालीमा बाल सुधार गृह आवश्यक : मन्त्री पोखरेल
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले प्रदेशमा बाल सुधार गृहको अभाव खड्किएको बताउनुभएको छ ।
दुई सय वर्ष पुरानो संसद् भवन पुनर्निर्माण भएन
राणाकालीन समयमा बनेको करिब दुई सय वर्ष पुरानो संसद् (ग्यालरी बैठक) भवन पुनर्निर्माणका लागि कात्तिक भित्र टेण्डर खोल्ने तयारी भएको छ ।
१३ लाख मेट्रिक टन धान अपुग अभाव पूरा गर्न चैते धानमा जोड
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानमा आत्मनिर्भर हुन चैते धान उत्पादनमा जोड दिएको छ । अगामी आर्थिक वर्षमै धानमा आत्मनिर्भर हुनका लागि चैते धान उत्पादन कार्यक्रममा जोड दिइएको छ । कृषिमन्त्री डा. वेदुराम भुसालले धानमा आत्मनिर्भर हुनका लागि चैते धान उत्पादनमा जोड नदिई नहुने बताउनुभयो । “जति गरे पनि वर्षे धान योभन्दा बढी उत्पादन गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “एक त कृषियोग्य जमिन घट्दै गइरहेको छ, भएको जमिन पनि बाँझो हुन थालेको छ, त्यसले गर्दा वर्षे धान उत्पादनले मात्र लक्ष्यलाई भेट्टाउन सकिँदैन, त्यसका लागि चैते धान उत्पादनमा जोड दिनु पर्छ ।”
माओवादीको तीनमहिने अभियान,पार्टी वडामा केन्द्रित हुँदै
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तीनमहिने अभियान उद्घाटन अन्तिम चरणमा पुगेको छ। देशैभरका ७७ जिल्लासहित ७५३ स्थानीय तहमा भेला, छलफल, प्रशिक्षण भएका छन्। अहिले छ हजार ७४३ वडामा केन्द्रित भई गतिविधि जारी भएकाले शुव्रmबारभित्र सकिने नेताहरूले बताएका छन्।
सामाजिक सुरक्षा कोषमा आकर्षण बढ्दै
सामाजिक सुरक्षा कोषमा योगदानसहित आबद्ध हुनेमा वैदेशिक रोजगारीमा जाने, गएका र विदेशमा नै स्वरोजगारको आकर्षण उच्च देखिएको छ। २०७९ चैत ८ गते वैदेशिक रोजगारका लागि कोषमा आबद्ध गराउन थालिएकोमा हालसम्म कोषमा आबद्ध हुनेको झन्डै आधा सङ्ख्या पुग्न लागेको छ। सरकारले २०७५ मङ्सिर ११ गते सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षामा श्रमिकको आबद्धता थालेको हो।
सोह्रौँ पुस्तकालय दिवस : लथालिङ्ग छन् सरकारी पुस्तकालय
भूकम्प गएको आठ वर्ष बित्दा पनि मुलुकका सरकारी पुस्तकालय भवन अपूरा छन्। प्रायः सबै सरकारी भवनको पुनर्निर्माण भइसके पनि कुनै पुस्तकालय भवनको निर्माण कार्य जारी छ भने कुनैको निर्माण कार्य अत्तोपत्तो नै छैन। सम्बन्धित निकायले ‘साइट क्लियर’ नगरिदिएकाले काठमाडौँको केशर पुस्तकालयको निर्माण गति सुस्त छ। ललितपुरको पुल्चोकस्थित राष्ट्रिय पुस्तकालय भक्तपुरको सानोठिमीमा सारिएको छ। सानोठिमीमा अस्थायी टहरामा पुस्तकालय सञ्चालन भइरहेको छ। जमलको केन्द्रीय कानुन पुस्तकालयको भवन निकै पुरानो भइसकेको छ। लाजिम्पाटस्थित डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको नयाँ भवन निर्माण गर्ने योजना भए पनि जग्गासम्बन्धी विवादले जीर्ण भवनमा कुँजिनु परेको छ।
पोल खुल्ने डरले हुँदैन जन्मदर्ता
बुवाआमाको बालविवाह वा बहुविवाहका कारण हुने सास्ती उनीहरूका छोराछोरीले बेहोर्नुपरेको छ। त्यसै कारण उनीहरूले बाल अधिकारको उपभोग गर्न पाएका छैनन्। बालविवाह वा बहुविवाह गरेका दम्पतीले आफ्ना सन्तानको जन्मदर्ता नगरिदिँदा यस्तो समस्या आएको हो। त्यस्ता सन्तानको जन्मदर्ता गर्दा आफूहरूको बालविवाह वा बहुविवाहको पनि पोल खुल्ने डर रहँदा उनीहरूले जन्मदर्ता नगराउने गरेको पाइएको छ। समयमै जन्मदर्ता नगराउँदा पोषण भत्ता, अपाङ्गता भत्तालगायत राज्यबाट प्रदान गरिने सेवा सुविधाबाट कर्णालीका धेरै बालबालिका वञ्चित छन्।
कर्मचारीको अवकाश उमेर हद ६० वर्ष बनाउने प्रस्ताव
सङ्घीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ। निजामती कर्मचारीको अनिवार्य उमेर हद ६० वर्ष बनाउने तर ऐन जारी भएको एक वर्षपछि मात्र लागु हुने गरी विधेयक मस्यौदामा प्रस्ताव गरिएको छ। यसअगाडिको मस्यौदामा ऐन जारी भएकै मितिदेखि अवकाश उमेर चरणबद्ध रूपमा ६० वर्ष बनाउने प्रस्ताव गरिएको थियो। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक मस्यौदा तयार गर्ने क्रममा अनिवार्य अवकाश उमेर हदलाई ६० वर्ष बनाउने गरी प्रस्ताव गरिएको जनाएको छ। सरकारले यस अगाडि गरेको प्रस्ताव भने ऐन जारी भएको मितिदेखि अनिवार्य अवकाश उमेर कर्मचारीको एक वर्ष बाँकी भए छ महिना मात्र थप्ने, डेढ वर्ष बाँकी भए एक वर्ष र दुई वर्ष बाँकी हुँदा मात्र दुई वर्ष थपिने गरी प्रस्ताव गरेको थियो।
बुटवलमा परम्परागत सांस्कृतिक गाईजात्रा
रुपन्देहीको बुटवलमा परम्परागत सांस्कृतिक गाईजात्रा मनाइएको छ । बुटवल उपमहानगरपालिका –१ मा गाईजात्रा निकालिएको हो ।
राष्ट्रपति पौडेलसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहीबार भेटवार्ता गरेको छ। मार्क पोकनको नेतृत्वमा आएको अमेरीकी सांसदको प्रतिनिधिमण्डलसँग राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको हो।
धनकुटामा २२ परिवारको गाईजात्रा
धनकुटामा यो बर्ष २२ परिवारले गाइजात्रा निकालेका छन् । यो बर्ष मृत्यु भएका ब्यक्तिको परिवारले गाइजात्रा निकालेका हुन् । जात्रामा सहभागी हुन तथा हेर्न धनकुटा बजारमा हजारौं सहभागी भएका छन् ।
रेसुङ्गा नगरपालिकाको शतप्रतिशत प्रगति
गुल्मीको रेसुङ्गा नगरपालिकाले एक वर्षमा करिब शतप्रतिशत प्रगति गरेको छ । यस नगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रगति प्रतिवेदनअनुसार करिब शतप्रतिशत प्रगति गरेको पाइएको छ ।
ज्येष्ठनागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा
दाङको राप्ती गाउँपालिकाले ज्येष्ठनागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठनागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवलाई सहज हुने भएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
झापामा मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ । बिहीबार बिहान झापाको बाह्रदशी गाउँपालिका –५ स्थित घोडामारामा मोटरसाइकल दुर्घटनामा परेर २२ वर्षीय युवा सनम हेमरमको मृत्यु भएको छ ।
पोखरामा २३ वर्षपछि बाघ जात्रा
बिहीबार गाईजात्रा मनाएको नेवारी समुदायले सोमबार अर्को विशेष उत्सव बनाउँदै छन् । पोखरामा २३ वर्षपछि १८ गते सोमबारदेखि २० गते बुधबारसम्म बाघ जात्रा देखाइँदै छ ।