भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भयो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको बताउनुभएको छ।
सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको छ।
माओवादीले अभियानलाई कृषि उत्पादनसँग जोड्ने
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भदौ १६ गतेदेखि देशव्यापी रूपमा सञ्चालन गर्ने तीन महिने रूपान्तरण अभियानलाई प्राकृतिक कृषि उत्पादनसँग जोड्ने भएको छ ।
राजनीतिक आडमा मिटरब्याज, अनुचित लेनदेनमा बैङ्कका हाकिम
राजनीतिक आडमा मिटरब्याजको बिगबिगी भएको छ । समाजमा नाम र पैसा दुवै कमाएकाहरू नै बढी अनुचित लेनदेनमा सक्रिय रहेका छन् । मिटरब्याजलाई सरकारले गैरकानुनी धन्दा भनेपनि गाउँघरमा यसको संयन्त्र बढ्दो छ ।
सर्लाहीको चार स्थानीय तहले अझै ल्याएनन् बजेट
सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को बजेट अझै सार्वजनिक गर्न सकेका छैनन् । जिल्लाका २० स्थानीय तहमध्ये हरिपूर्वा र हरिवन नगरपालिका तथा चन्द्रनगर र बसरबरिया गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन ।
बर्खा लागेसँगै पढाई छुट्ने चिन्ता
मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२, धेत्रेदमारको काला भैरव प्राथमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत धेत्रेका विकास विकलाई बर्खा लागेपछि पढाई छुट्ने चिन्ता हुन्छ ।
सडक बिग्रिदा तीर्थयात्री र स्थानीयलाई सास्ती
धार्मिक पर्यटकीय तीर्थस्थल रामधुनी मन्दिर आउने सडक बिग्रिदा तीर्थयात्री र स्थानीय यात्रुलाई समस्या भएको छ ।
अर्जुनचौपारीमा निःशुल्क लोकसेवाको कक्षा
युवाहरू सरकारी जागिर तयारी कक्षाका लागि हजारौँ खर्च गरिरहँदा अर्जुनचौपारी गाउँपालिकाले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।
शरणार्थी समस्या समाधान गर्न आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भुटानबाट लखेटिएका नेपालीभाषी र पितृभूमि नेपालमा शरणार्थी बनाइएकाको मानवीय समस्या समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको छ। भुटानमा जन्मिएका नेपाली मूलका अमेरिकी युवा व्यवसायीको सम्मिलित संस्था इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले प्रधानमन्त्री प्रचण्डलाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर भुटानी शरणार्थी समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।
सहकारीका समस्यामा सरकार गम्भीर
सरकारले अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल र गणतन्त्र फिलिपिन्सबिच कूटनीतिक तथा सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा शुल्क छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
विद्यालय व्यवस्थापन समिति भङ्ग नगर्न आदेश
सर्वोच्च अदालतले विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलले रिटमा अन्तरिम आदेश जारी भएको बताउनुभयो ।
एमसिसी कार्यान्वयन चरणमा
मिलेनियम च्यालेन्ज नेपाल कम्प्याक्ट (एमसिसी) बुधबारदेखि कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। नेपाल सरकार तथा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) ले दुवै देशको संयुक्त आर्थिक सहयोगबाट अघि बढाउन लागिएको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा बुधबार गरिएको हो। अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसिसी सम्झौता सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्डले कार्यान्वयनपत्र आदान प्रदान गर्नुभएपछि कम्प्याक्टसम्बन्धी परियोजना कार्यान्वयन चरणमा प्रवेश भएको हो।
सुन तस्करी प्रकरण : प्रहरी मुख्यालयले खटायो टोली
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई बाहिरिएको ६० केजी सुनको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको छ। प्रहरी महानिरीक्षक वसन्त कुँवरले केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धानमा सहयोग पु-याउने गरी विशेष अनुसन्धान टोली खटाउनुभएको हो।
जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाइँदै
बिहीबार देशभरका तागाधारीले नव यज्ञोपवित (जनै) धारण गरेर जनैपूर्णिमा (ऋषि तर्पणी) मनाउँदै छन् । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्ने र गुरु पुरोहितबाट नयाँ जनै र हातमा रक्षाबन्धन बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै धारण गर्नका लागि अघिल्लो दिन केश मुण्डन गरी एक छाक मात्र शुद्ध भोजन गरेर बस्ने परम्परा पनि रहेको छ । यसरी जनै र रक्षाबन्धन धारण गरेमा नकारात्मक तìवबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
अग्रिम मतदानको व्यवस्था गर्न प्रस्ताव
निर्वाचनको दिन मतदान गरेर आफ्नो अभिमत प्रकट गर्नका लागि सार्वजनिक बिदा दिइन्छ। प्रतिनिधिमूलक शासन व्यवस्थामा मतदानको प्रतिशतले निर्वाचनप्रतिको विश्वसनीयतालाई पनि दर्शाउँछ। नेपालका निर्वाचनमा भने ठुलो सङ्ख्यामा कर्मचारी, विदेश यात्रामा जान लागेका व्यक्ति तथा स्वास्थ्य उपचारमा रहेका व्यक्ति मतदान गर्नबाट वञ्चित हुँदै आएका छन्। मतदान गर्न नपाएको गुनासोलाई थुप्रै देशले अग्रिम मतदानको अधिकार दिएर सम्बोधन गर्ने गरेकामा अब भने नेपालमा पनि अग्रिम मतदानको व्यवस्था गर्न प्रस्ताव गरिएको छ।
विद्युत चोरी गर्नेलाई प्राधिकरणद्वारा कारबाही
नेपाल विद्युत प्राधिकरणले मधेश प्रदेशमा विद्युत चुहावट नियन्त्रण गर्न थालिएको अभियानको क्रममा दुई हजार ८४८ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।
बजारमा गाईजात्राका लागि आवश्यक सामान (फोटो फिचर)
नेपाल भाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारूँ’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । शुक्ल प्रतिपदामा गाई निकाल्ने पर्व नै सापारु अर्थात् गाईजात्रा हो ।
रेसुङ्गा विमानस्थलमा शुक्रबारदेखि नियमित उडान हुने
मौसममा क्रमशः सुधार आएसँगै गुल्मीको रेसुङ्गा विमानस्थलमा आउने शुक्रबारदेखि पुनः नियमित उडान हुनेभएको छ । मौसममा सुधार आएसँगै रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले टिकट खुल्ला गरेको छ ।
‘जनतासँग गरिएको वाचा पूरा गर्न सकिएन’
नेपाली कांग्रेसका नेताहरूले संविधान कार्यान्वयन ढिलो भएका कारण जनअपेक्षाअनुरूप समृद्धिको काम हुन नसकेको बताउनुभएको छ । पोखरामा आज आयोजित टक सेन्टरको कार्यक्रममा वक्ताहरूले सो कुरा बताउनुभएको हो ।
जनतासँग माओवादी विशेष अभियान सञ्चालन हुने
नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी विशेष अभियान सञ्चालन गर्नेभएको छ । पार्टीलाई रूपान्तरण गर्नका लागि जनतामाझ जाने देशभरको तीन महिने अभियान अन्तर्गत माओवादी केन्द्र बाजुराले सो अभियान सञ्चालन गर्न लागेको जिल्ला इन्चार्ज देवकी मल्लले जानकारी दिनुभयो ।
सिरहामा एमाले सचिवालय बैठक: विशेष प्रस्ताव पारित
नेकपा (एमाले) को सचिवालय बैठक सिरहाको धनगढी नगरपालिका-४ सर्रे अम्बासमा बसेको छ। बैठकले विशेष प्रस्ताव पारित गरेको छ।
झुलनोत्सवका गीतले जनकपुरधाम गुन्जिँदै
यतिबेला साँझ पर्नेबितिक्कै जनकपुरधामका मठमन्दिरमा बर्खा ऋतुमा गाइने लोकगीत कजरी गुञ्जिएको छ । झुला पर्वका अवसरमा यहाँका मठमन्दिरमा कजरीसँगै पावस, मल्हार, बारहमासा र झुलाजस्ता लोकगीत गाउने चलन छ ।
वामपन्थी नेत्री र एमालेका पूर्व केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रदेश
लामो समय वामपन्थी आन्दोलनमा रहनुभएका नेता तथा कार्यकर्ताहरू नेकपा (माओवादी केन्द्र) मा समाहित हुनुभएका छन् ।
बेपत्ताको पहिचान नहुँदा अवसरबाट वञ्चित
१० वर्षे जनयुद्धका क्रममा बेपत्ता पारिएकाहरूको पहिचान नहुँदा अवसरबाट वञ्चित भएको गुनासो गरेका छन् । तुलसीपुर उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी दाङले आज आयोजना गरेको कार्यक्रममा पीडित परिवारका सदस्यले सो गुनासो गर्नुभएको हो ।