भ्रातृ संस्थाको गठनमा सन्तुलन कायम गरियोस् : सहमहामन्त्री जीवन परियार
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले भ्रातृ संस्थाहरूको गठन गर्दा राजनीतिक सन्तुलन कायम गर्न आग्रह गर्नुभएको छ ।
कृषक समूहलाई कृषि सामग्री वितरण
रौतहटको देवाहीगोनाही नगरपालिका –७ का किसानलाई कृषि सामग्री तथा उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सो वडाका तरकारी उत्पादक कृषक समूहलाई अनुदानमा कृषि सामग्री तथा उपकरण वितरण गरिएको हो ।
मौद्रिक नीति : सहकारी संस्थाको नियमनका लागि विशिष्टीकृत निकाय स्थापना गरिने
नेपाल राष्ट्र बैङ्कले बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमनका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने भएको छ।
मौद्रिक नीति : बैंकदर यथावत, नीतिगत दर घट्यो
नेपाल राष्ट्र बैँकले नीतिगत दर घटाएको छ । आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गर्दै बैँक दरलाई ७.५ प्रतिशतमा यथावत राख्दै नीतिगत दर घटाएको हो ।
उच्च रक्तचापको जोखिम सहरी क्षेत्रमा बढी
नेपालजस्ता विकासोन्मुख देशमा दुई तिहाइ जनसङ्ख्यामा उच्च रक्तचाप हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नेपाल डेमोग्राफिक एण्ड सर्वे २०२२ ले नेपालमा १५ वर्षभन्दा माथिका १७ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा २३ उच्च रक्तचाप पाइएको थियो ।
कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा ढिलाइ
कालीगण्डकी र आसपासका क्षेत्रमा निर्माण भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ ।
वन मन्त्रालयका आठ सहसचिवको सरुवा
वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहीबार सहसचिवहरु सरुवा गरेको जनाएको छ ।
प्रवासी नेपालीले मनाए भानु जयन्ती
भारतको कोलकातामा आदिकवि भानुभक्त आचार्यको दुई सय १०औँ जन्मजयन्तीका अवसरमा यहाँका नेपालीभाषीले शनिबार विशेष कार्यक्रम आयोजना गरेका छन् ।
वीरका कार्यकारी निर्देशकको राजनीतिक आबद्धताबारे छानबिन
राजनीतिक दलको सदस्य रहेको आरोप प्रमाणित भएपछि चार जना प्राध्यापकलाई कारबाहीको सिफारिस गरेको निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेल राजनीतिक दलको सदस्य रहेको उजुरीमा कारबाही अगाडि बढाएको छ। निर्देशक पौडेल नेकपा (एमाले) को सङ्गठित सदस्य तथा जनसङ्गठन राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको महासचिव पदमा कार्यरत रहेको उजुरी परेको थियो।
जनशक्ति अभाव झेल्दै परराष्ट्र
जनशक्तिको अभावका कारण परराष्ट्र मन्त्रालयको कार्यसम्पादनमै गहिरो असर परेको छ । परराष्ट्र आमजनतासँग प्रत्यक्ष नजोडिने भए पनि राहदानीको अत्यावश्यक सेवा भने यसै मन्त्रालयअन्तर्गत छ । राहदानी विभागमा आवश्यक कर्मचारी तथा प्राविधिक नहुँदा राहदानी प्रदान गर्ने सेवा नै प्रभावित हुने गरेको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय र पर्यटन समितिको बैठकमा केही दिनअघि प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार पनि मन्त्रालयमा जनशक्तिको चरम अभाव छ । जनशक्ति अभावका कारण राहदानी वितरण र मन्त्रालयको आवश्यक काममा असर पुगेको जानकारी उहाँले गराउनुभएको थियो । उहाँका अनुसार मन्त्रालय अन्तर्गत देशभित्र र बाहिरका निकायमा कर्मचारीको सङ्ख्या अत्यन्त न्यून छ, जसका कारण विदेशस्थित दूतावासले सेवा विस्तार गर्न सकेका छैनन् । त्यसक्रममा उहाँले भन्नुभयो, “अत्याधुनिक प्रविधि ल्याएका छौँ तर त्यसको सञ्चालन गर्ने प्राविधिक जनशक्ति पर्याप्त नहुँदा व्यवस्थित सेवा दिन सकेका छैनौँ ।”
कक्षा ६ का विद्यार्थीको दिवा खाजा कटौती
सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई खुवाइरहेको दिवा खाजाका लागि रकम अपुग भएको छ । बजेट भाषणमा प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरिएको छ । तर अर्थ मन्त्रालयले रकम कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै खाजा खान पुग्ने गरी छुट्याएकाले यस्तो अवस्था आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत दिवा खाजाका लागि आठ अर्ब ४५ करोड रुपियाँ छुट्याएको छ । मन्त्रालयको नीति तथा कार्यक्रम शाखाका उपसचिव घनश्याम अर्यालका अनुसार सोही रकम स्थानीय तहमा पठाइएको छ । तर यो रकमले कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खान पुग्छ । कक्षा ६ का विद्यार्थीलाई पनि खाजा खुवाउने हो भने थप एक अर्ब रुपियाँ चाहिन्छ ।
स्थानीयद्वारा पर्यटकीय क्षेत्रको सरसफाई
इलामका पर्यटकीय स्थलहरुको सरसफाई गर्न यतिबेला स्थानीय आफैं जुटेका छन् । जिल्लाका उत्तरी पर्यटकीय स्थलहरु टोड्के झर्ना, नयाँबजारस्थित उत्तरेपोखरी, इलामको पुरानो चियाबगान लगायतका स्थानमा थुप्रिने फोहोरलाई स्थानीयले हरेक शनिबार आफैं सरसफाई गर्नेगरेका हुन् ।
बुटवललाई हरियाली बनाउन ४५ दिने अभियान
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले यहाँको हरियाली कायम गर्न सडक सरसफाइ तथा वृक्षरोपण अभियान थाल्ने भएको छ । साउन १५ गतेदेखि सुरु हुने अभियान अन्तर्गत मुख्य सडकका डिभाइडरमा विरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
स्मृति दिवसमा अग्रज किसान सहिद गुम्रा थारुको सम्झना
नेकपा (एमाले) दाङले अग्रज किसान सहिद गुम्रा थारुको सम्झना गरेको छ । २०१७ साल साउन ६ गतेका दिन घोराही उपमहानगरपालिका वडा ३ बेल्वामा किसानहरुको पक्षमा आवाज उठाएको आरोपमा तत्कालिन प्रहरी प्रशासनले उहाँको हत्या गरेको थियो ।
दिगो शान्ति र स्थायित्वका लागि एकजुट हुनुपर्छ : सभापति देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा अझै पनि दिगो शान्ति र स्थायित्वका लागि पार्टी एक ढिक्का हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
हुलाकी सडक निर्माणको काममा लक्ष्यभन्दा बढी प्रगति
मधेश प्रदेशको धनुषा, महोतरी, सर्लाही र सिरहा जिल्लामा पर्ने हुलाकी सडक कालोपत्रे गर्ने निमार्णको काम गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी प्रगति भएको देखिएको छ ।
एक वर्षभित्र देशभरिका विद्यालयमा इन्टरनेट पुर्याउँछौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुगाउने तयारी सरकारले गरिरहेको बताउनुभएको छ ।
लम्पीस्किन रोगबाट ३५ हजार बढी गाईभैँसी प्रभावित
बाँकेमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट ३५ हजारभन्दा बढी पशु चौपाया प्रभावित भएका छन् । जिल्लामा सो रोगको सङ्क्रमण तीव्र गतिमा फैलिनेक्रममा रहेको चिकित्सकको भनाइ छ ।
दुर्गम भेगमा फोन नलाग्दा सञ्चारमा समस्या
कर्णाली प्रदेशका दुर्गम गाउँमा अझ पनि फोन सेवा बिस्तार हुन सकेको छैन । खोला खोल्सामा बसोबास गर्ने नागरिकले आफन्तको खबर बुझ्न अग्ला डाँडा चढ्नुपर्छ । कोहीले घरबाहिर मोबाइल राखेर सन्देशको प्रतीक्षा गर्छन् ।
बीपी स्मृति दिवसको अवसरमा अस्पताल परिसरमा वृक्षारोपण
४१औँ बीपी स्मृति दिवसको अवसरमा रामपुर अस्पताल परिसरमा वृक्षारोपण गरिएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा नेपाली कांग्रेस रामपुर नगर कार्यसमिति रामपुर, पाल्पाले शनिबार बिहान वृक्षारोपण गरेको हो ।
बाँकेमा जन्मको आधारमा १६ सय नागरिकता वितरण
जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मको आधारमा नागरिकता लिएकाहरूका सन्तानलाई एक हजार छ सय नागरिकता वितरण गरिसकेको छ ।
कालीगण्डकी नदीमा डुबेर मृत्यु
जिल्लाको रम्भा गाउँपालिका –२, रानीबासका एक जना पुरुषको नदीमा डुबेर मृत्यु भएको छ । रानीबासका २६ वर्षका कोपिल पाडेँमगरको माछा मार्ने क्रममा कालीगण्डकी नदीमा डुबेर शुक्रबार राति मृत्यु भएको हो ।
साइबर सुरक्षामा चुनौती
प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साइबर स्पेसमा राष्ट्रिय सूचना तथा व्यक्तिगत गोपनीयताको संरक्षण जटिल हुँदै गएको बताउनुभएको छ। साइबर अपराध, डिजिटल आक्रमण र साइबर आक्रमणले राष्ट्रिय सुरक्षाका साथै अपराध अनुसन्धानलगायतका संवेदनशील विषयमा चुनौती थपिएको बताउँदै उहाँले राष्ट्रिय र सामरिक महत्वका सूचनाका अतिरिक्त अन्य सूचनाहरू चोरी गर्ने, ह्याक गर्ने प्रवृत्ति बढेको उल्लेख गर्नुभयो। राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको साइबर सुरक्षासम्बन्धी उच्चस्तरीय अन्तक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “देशको सम्पूर्ण कम्प्युटर नेटवर्कमाथिको साइबर तथा साइबर -यानसम आक्रमण डिजिटल युगले ल्याएको नयाँ परिस्थितिसमेत राष्ट्रिय सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण विषय बनेका छन्।” उहाँले साइबर सुरक्षा चुनौती थपिँदै गएकाले यसबाट बच्ने सुरक्षात्मक उपाय अवलम्बन गरी साइबर सुरक्षाको स्तर वृद्धि गर्दै साइबर अपराध नियन्त्रण गर्न तत्काल आवश्यक देखिएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको प्रयोगमा अन्य मुलुकको तुलनामा नेपाल अगाडि भए पनि साइबर सुरक्षाका दृष्टिकोणले पूर्वाधार, जनशक्ति तथा प्रविधि कमजोर रहेकाले सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
निर्माणमा ढिलाइसँगै निर्माण कम्पनीद्वारा काममा लापरबाही
हेटौँडाबाट भीमफेदी, कुलेखानी, महालक्ष्मी दोभान हुँदै काठमाडौँको सतुङ्गल जोड्ने सडकको काम निर्माण कम्पनीका कारण ढिलाइ हुँदै आएको छ। बागमती प्रदेश सरकारबाट दुई खण्डमा विभाजन गरी काम हुँदै आएको उक्त सडकको महालक्ष्मी दोभान–मकैबारी खण्ड प्रदेशको पूर्वाधार विकास कार्यालय चितवनमार्फत र मकैबारीदेखि मातातीर्थ–सतुङ्गल खण्ड पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत बोलपत्र आह्वान गरी काम भइरहेको छ।