साइबर सुरक्षा कानुनको बाटो खुल्यो
नेपाल सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० स्वीकृत गरेको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त नीति स्वीकृत गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले मन्त्रीपरिषद् बैठकले साइबर सुरक्षा नीति–२०८० स्वीकृत गरेसँगै साइबर सुरक्षासम्बन्धी कानुन बनाउने बाटो खुलेको बताउनुभयो। उहाँले मुलुकमा भरपर्दो, सुरक्षित एवं उत्थानशील साइबर स्पे निर्माणका लागि सरकारले यस्तो नीति बनाएको जानकारी दिनुभयो।
प्रहरी रिपोर्ट अब अनलाइनबाटै
प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) अब अनलाइनमार्फत सहजै पाइने भएको छ । यसअघि भौतिक उपस्थितिमा दिइने गरेको सो प्रमाणपत्र अनलाइन सेवामार्फत वितरण थालिएको हो । अनलाइनमार्फत प्रमाणपत्र दिन थालेपछि सेवाग्राहीलाई प्रहरी कार्यालय धाउने र बिहानदेखि दिनभर लाइन बस्नुपर्ने समस्याबाट राहत मिलेको छ । अनलाइनबाटै फाराम भरेर आवश्यक कागजात भरेपछि त्यसको पुस्ट्याइँ (अनलाइन भेरिफिकेसन) गरेपछि सेवाग्राहीले अनलाइनबाटै प्रमाणपत्र पाउने कन्सुलर सेवा विभागले जनाएको छ । अनलाइन प्रणालीबाट सेवा दिने कार्यको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उद्घाटन गरेपछि आइतबारबाट विधिवत् रूपमा प्रमाणपत्र वितरण सुरु भएको हो ।
७४ जिल्लाका नौ हजार बढीमा डेंगु पुष्टि, आठ सङ्क्रमितको मृत्यु
डेंगु सङ्क्रमणबाट आठजनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको हो ।
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पुर्याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै सरकारले यस घटनाको निष्पक्ष अनुसन्धान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनुभयो।
नेपालको संस्कृति विश्वमा चिनाउनु पर्दछ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका विविध सांस्कृतिक पहिचान विश्वमा चिनाउने गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।
रोल्पा बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो
रोल्पामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । शहीदमार्ग अन्तर्गत परिवर्तन गाउँपालिकाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँस्थीत रिचीमा दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको हो ।
दमौली बजार जलमग्न
नाहाला भत्किएपछि तनहुँको सदरमुकाम दमौली बजार जलमग्न भएको छ । पोखरा-मुग्लिङ सडक खण्ड चार लेनको निर्माण गर्ने क्रममा पृथ्वीराजमार्गको ढल निकासको नाला भत्किएपछि जलमग्न भएको हो ।
सामुदायिक वनमा संस्थागत अतिक्रमण बढ्दै
कैलालीका अधिकांश सामुदायिक वनमा पछिल्लो समय अवैध रूपमा संरचना निर्माण कार्य बढ्दै गएको छ ।
बाढी पहिरोले तीन राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण ठाउँ-ठाँउमा आएको पहिरोले बिपी राजमार्ग, मध्येपहाडी लोकमार्ग र मदनभण्डारी राजमार्ग मङगलबार बिहानदेखि अवरुद्ध भएको छ ।
टल्कने ढुङ्गा परीक्षण गर्न भूगर्भविद्को टोली गोरखामा
गोरखा नगरपालिका–७, सतिपिपलस्थित एक घरबाट बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षासहित राखिएको टल्कने ढुङ्गा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको भूगर्भविद् सहितको टोली गोरखा आइपुगेको छ ।
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो
यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्से परिसूचक आइतबार ३८ दशमलव ३७ र सोमबार तीन दशमलव २१ अङ्कले घटेको थियो ।
कैदीबन्दीको कठिन दिनचर्या, कारागार भवन विस्तार गर्न जरुरी
जिल्ला कारागार रौतहटमा क्षमताभन्दा झण्डै दोब्बर कैदीबन्दी रहेको कारण उनीहरूको दिनचर्या कठिन बनेको छ । जसले गर्दा भवन थप्न वा बढाउनु जरुरी छ ।
कुईकाल्ले देवीको मूर्ति गायब
अछामको धार्मिक आस्थाको केन्द्र मानिने कुईकाल्ले देवीको मूर्ति गायब भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ बारलामा रहेको मन्दिरबाट मूर्ति गायब भएको वडा अध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिनुभयो ।
बाढीले नेपाल-भारत सीमास्तम्भ बगायो
कैलालीको मोहना नदीमा आएको बाढीले नेपाल–भारत सीमास्तम्भ बगाएको छ ।
राहुघाट–तातोपानी सडकखण्डमा रातको समयमा यातायात आवागमन बन्द
बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो ।
पानी माग्दै उपभोक्ताले लगाए खानेपानी कार्यालयमा ताला
इलाम बजारका उपभोक्ताले दुई सातादेखि धारामा पानी नझरेपछि इलाम बजार सहरी खानेपानी आयोजनाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
आजको मौसम: देशैभर अति भारी वर्षा सतर्क रहन आग्रह
काठमाडौँ । देशका अधिकांश भू–भागमा मङ्गलवार बिहानै देखि भारी र अति भारी वर्षा सुरु भएको छ । बिहानै देखि देशभर सामान्यदेखि पूर्ण बदली रहेकाले बाढी, पहिरो जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
न्यु मिडियालाई स्वनियमनबाटै व्यवस्थित गर्नु पर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यु मिडियाको व्यवस्थापन स्वनियमनबाटै गर्न सकिने बताउनुभएको छ। प्रेस काउन्सिल नेपालले आज भक्तपुरमा आयोजना गरेको न्यु मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले न्यु मिडियालाई स्वअनुशासित गराउने, स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भए पनि यसैबाट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। “न्यु मिडिया पनि मिडिया हो, यसले पनि अगाडि बढ्न खोज्दै छ। हाम्रो समाजमा अहिले जे परिवर्तन आयो, त्यसलाई आत्मसात् गर्न सकेनौँ भने त डायनोसर बन्ने स्थिति पनि बन्ला,” उहाँले भन्नुभयो, “सबैभन्दा ठुलो कुरा स्वनियमन र आचारसंहिता हो। यो नभए कानुन पनि त चाहिएला। त्यसतर्फ सोचौँ।”
‘ल्हारक्याल साझा व्यक्ति’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषका उपाध्यक्ष नियुक्त डा. ल्हारक्याल लामा सबै पार्टीको साझा व्यक्ति दाबी गर्नुभएको छ। किरात राई यायोक्खाको ३६ औँ स्थापना दिवसका उपलक्ष्यमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले लामालाई सबै पार्टीले साझा व्यक्तिका रूपमा लिनुपर्ने बताउनुभयो।
नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग : छिचोलियो आपतकालीन सुरुङ
नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजना अन्तर्गतको आपत्कालीन उद्धार सुरुङ छिचोलिएको छ । सोमबार अन्तिम विस्फोट गराएर सो सुरुङ मार्ग छिचोलिएको हो । विस्फोटसँगै छिचोल्न बाँकी रहेको एक मिटर भाग भत्केर सुरुङ वारपार भएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘स्विच’ थिचेर अन्तिम विस्फोट गराउनुभएको थियो । यो सुरुङ मार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर छ ।
गतिरोध चाँडै अन्त्य हुन्छ : प्रम
दलहरूको अडान यथावत् रहेपछि सदनको गतिरोध अन्त्यका लागि सभामुखसहितका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन सकिएको छ । बैठक मङ्गलबार फेरि बस्ने सहमति भने भएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा सोमबार दुई चरण शीर्ष नेतासहितको परामर्श भएको थियो । तर सुन प्रकरणमा प्रमुख प्रतिपक्ष दलको माग अनुसार उच्चस्तरीय समिति गठन गर्ने वा नगर्ने विषयमा सहमति नभएपछि अवरोध यथावत् छ । सत्तापक्ष र प्रतिपक्षबिच समझदारी नबन्दा प्रतिनिधि सभाको बैठक मङ्गलबारसम्म स्थगित गरिएको छ । मङ्गलबार बिहान सभामुखसहित शीर्ष नेताबिच पुनः छलफल हुने छ ।
सिआइबीद्वारा सुन तस्करी प्रकरणमा अनुसन्धान सुरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङबाट बरामद भएको झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेको छ । सिआइबीले यस प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अघि बढाएको सिआइबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।
‘ब्लु बस’ रुट परिवर्तन गर्न प्रक्रिया प्रारम्भ
रङ र रुटको प्रयोगमा समस्या देखिएको ‘ब्लु बस’ को रुट परिवर्तनका लागि प्रक्रिया सुरु भएको छ । तर नयाँ रङ परिवर्तन गर्दाको भ्याट बिलसमेत राखेर यातायात कार्यालयमा निवेदन दिनुपर्ने भएका कारण रङ परिवर्तनका लागि सोमबार निवेदन पर्न सकेन । पत्रु बनाउनुपर्ने ना २ च ५६१९ एम्बुलेन्स गैरकानुनी रूपमा रङ परिवर्तन गरी ‘मोबाइल क्लिनिक’ सञ्चालन गरेको र अर्को एक भाडाको बसलाई पनि गैरकानुनी रूपमा रङ परिवर्तन गरी इजाजत नपाएको रुटमा सञ्चालन गरेको पाइएपछि किस्तामा गल्ती सच्याउने काम भइरहेको छ ।
तेह्र वर्षदेखि जङ्गलमा बास
एक दम्पती १३ वर्षदेखि जङ्गलमा बास बस्दै आएको पाइएको छ । गाउँमा भएको घर बर्खामा भत्किएपछि ती दम्पती जङ्गलमा झुपडी बनाएर बस्दै आएका हुन् । सर्केगार्ड गाउँपालिका–३ को उनापानी गाउँको कलिवान फडेरा र च्यापु फडेरा जङ्गलमा बस्दै आउनुभएको हो । फडेरा दम्पतीले गाउँबाट एक घण्टा टाढाको जङ्गलमा झुपडी बनाएर बस्दै आएको बताउनुभयो । उमेरले उहाँहरू कलिवान ७४ वर्ष र च्यापु ६४ वर्षका हुनुहुन्छ ।