• २६ वैशाख २०८१, बुधबार

मिस्टर एण्ड मिस प्रतियोगिता हुने

blog

प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज ६ गते । युवायुवतीको नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा मिस्टर्स एण्ड मिस सौन्दर्य प्रतियोगिता आयोजना गरिने भएको छ । 

कोहलपुरमा रहेको शारदा इभेन्टको व्यवस्थापनमा सो प्रतियोगिता आयोजना गरिन लागिएको हो । पश्चिम नेपालको सबैभन्दा ठुलो धनराशि र अवसर भएको सौन्दर्य प्रतियोगिताको नाराका साथ आयोजना गरिने सो प्रतियोगिताको तयारी पूरा भएको इभेन्टका निर्देशक रोनिश गौतमले बताउनुभयो । 

यसअघि सन् २०२३ मा मिस एण्ड मिस्टर कोहलपुर प्रतियोगिता भव्य रूपमा सफल भएको आयोजकको दाबी छ । सन् २०२३ पछि कोरोना महामारीका कारण प्रतियोगितालाई निरन्तरता दिन नसकेको बताउँदै आयोजक संस्थाले ४ वर्षपछि पुनः प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । 

प्रतियोगितामा १५ देखि २५ वर्ष उमेर समूहका युवायुवती सहभागी हुन सक्नेछन् । प्रतियोगिता विजेता प्रतियोगीलाई नगदसहित शैक्षिक छात्रवृत्ति समेत प्रदान गरिने इभेन्टका निर्देशक गौतमले बताउनुभयो ।

इभेन्टका निर्देशक गौतमका अनुसार सौन्दर्य प्रतियोगितामा प्रतियोगीलाई दुर्व्यवहारजन्य क्रियाकलाप हुने गरिएको समाचार आउनेगरेकाले यो  प्रतियोगितालाई मर्यादित तवरले पूरा गर्नेगरी तयारी तथा व्यवस्थापन दुरुस्त पारिएको छ ।