• १३ साउन २०८१, आइतबार

कृषकलाई बिउ उत्पादन प्रविधिसम्बन्धी तालिम

blog

सुनसरीका किसानलाई बिउ उत्पादन प्रविधिसम्बन्धी तालिम दिँदै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, असोज ९ गते । सुनसरीका अगुवा किसान तथा सहकारीमा आबद्ध भएकालाई बिउ उत्पादन प्रविधिसम्बन्धी तालिम दिएको छ । कृषि ज्ञान केन्द्र सुनसरीको आयोजनामा धान तथा बिउ उत्पादन पकेट सञ्चालन समितिका अगुवा किसान तथा सहकारीमा आबद्ध भएकालाई तालिम दिइएको हो । 

कार्यक्रममा कृषि ज्ञान केन्द्र प्रमुख नीककमल सिंहलगायतले कृषकलाई धान बीउ तथा बिउ उत्पादनबारे प्रशिक्षण दिनुभएको थियो । यसैगरी सिंहले धानको बिउ, उत्पादन, धानका जातहरू, बिउ राख्ने रोप्ने तरिका, मल प्रयोगलगायत धानमा लाग्ने रोगबारे जानकारी दिँदै रोगलाई नियन्त्रण गर्न किटनाशक औषधि प्रयोग बारेमा प्रशिक्षण दिनुभयो । 

जिल्लाका विभिन्न समूह तथा समितिका कृषकलाई आवश्यक उन्नतजातका धानका बिउहरू, कृषि औजारहरू, व्यवस्थापन सामग्री त्रिपाल, पोलिव्यागलगायत किटनाशक औषधिहरू अनुदान तथा निःशुल्क वितरण गर्दैआएको छ ।