कार्यान्वयनमा आएन शासकीय अभ्यास
संविधानले स्थानीय तहलाई शासकीय अधिकार प्रदान गरे पनि स्थानीय तहले भने शासकीय अभ्यासलाई व्यवहारमा कार्यान्वयन गर्न सकेका छैनन्। संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहित सरकारकै हैसियत प्रदान गरेको छ। केही सुगम क्षेत्रका स्थानीय तहबाहेक अधिकांश स्थानीय तहले शासकीय अभ्यासलाई व्यवहारमा कार्यान्वयन गर्न नसकेको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले स्वीकारेका छन्।
समाजवादीद्वारा प्रमको ध्यानाकर्षण
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसालसहितका नेताहरू शनिबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगी ज्ञापनपत्र बुझाउँदै सो ध्यानाकर्षण गराउनुभएको हो। भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा सरकारले लिएका कतिपय पहलकदमीको जनस्तरबाट सराहना भएको र हाम्रो पार्टीले संस्थागत रूपमा त्यसको समर्थन गर्दै आए पनि कैयन् क्षेत्रमा आवश्यक ध्यान पुग्न नसकेको पत्रमा उल्लेख छ।
कोठा खोजिदिने ‘एजेन्ट’ को मनपरी शुल्क !
उपत्यकामा कोठा खोजिदिने एजेन्टले मनपरी शुल्क लिने गरेको पाइएको छ । भाडामा कोठा खोज्न निकै समस्या बेहोर्नुपरेपछि व्यक्ति एजेन्टसमक्ष पुग्छन् । तर उनीहरू एजेन्टबाट ठगिने गर्छन् । उपत्यकामा कोठा भाडामा पाउन त्यति सहज छैन । एजेन्टकै कारण अचेल कोठा खोज्न घरघरमा जानु पर्दैन । कम्पनी र व्यक्तले नै चाहिएका स्थान र मूल्यका कोठा खोजिदिन्छन् । खाली कोठा देखाएबापत कोठा खोजिदिने कम्पनीले ग्राहकसँग एक हजार रुपियाँ असुल्ने गरेका छन् । कम्पनीले सो काम स्थानीय दलाललाई सुम्पिन्छन् । दलालले थप रकम असुल्ने गरेका छन् । दलालले लिने गरेको शुल्कको बिल दिने चलन हुँदैन ।
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति
सरकार र चिकित्सकबीच शनिबार साँझ सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भर्खरै सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो।
जीर्ण बन्दै कारागार भवन
विस. २०३७ साल असारमा निर्माण गरिएको बाजुराको कारागार अहिले जीर्ण बन्दैगएको छ । पुरानो डिजाइनमा निर्माण गरिएको सो कारागार बाजुराको लामो समयसम्म मर्मत सम्भार नभएपछि जीर्ण बन्दैगएको हो ।
कपिलधाममा प्राकृतिक चिकित्सालय सञ्चालन
कपिलवस्तुको बाणगंगा नगरपालिका –९ रहेको कपिलधाम प्राकृतिक चिकित्सालयको स्थापना भएको छ । अस्पतालको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले एक समारोह बीच उद्घाटन गर्नुभयो ।
१२० किलोग्राम गाँजासहित भारतीय नागरिक पक्राउ
वराहक्षेत्र मन्दिर जाने सडक खण्डबाट हिजो साँझ १२० किलोग्राम गाँजासहित ओसारपसारमा संलग्न चार जना भारतीय नागरिक र दुई जना नेपालीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
नगर सभापतिलाई अनुशासनको कारवाही
नेपाली कांग्रेसले पाँचथरको फिदिम नगरपालिकाका पार्टी सभापति प्रकाश गुरुङलाई अनुशासनको कारवाही गरेको छ । भ्रामक अडियो सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट सार्बजनिक गरेर पार्टी र नेतृत्वको बदनाम गरको भन्दै गुरुङलाई तीन बर्षका लागि साधारण सदस्य समेत नरहने गरी कांगे्रसको केन्द्रीय अनुशासन समितिले कारवाही गरेको हो ।
नेपालको अर्थव्यवस्था चाँडै लयमा फर्किन्छ : अर्थमन्त्री महत
संघीय अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्याहरु विस्तारै समाधान हुँदैगएकाले नेपालको अर्थव्यवस्था चाँडै लयमा फर्किने बताउनुभएको छ ।
सरकारी वकिलहरूको सम्मेलन सम्पन्न
सरकारी वकिलहरूको अन्तर्राष्ट्रिय सङ्गठन इन्टरनेशनल एसोसिएसन अफ प्रोजिक्युटरको २८ औँ सम्मेलन लण्डनमा सम्पन्न भएको छ ।
कर्णालीका ८२ प्रतिशत जनसङ्ख्यामा ऊर्जाको पहुँचमा
कर्णाली प्रदेशमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँचमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कर्णालीमा विद्युत उत्पादन क्षमता २० हजार मेगावाट रहेको छ ।
जनता माविमा प्राविधिक विषयको अध्यापन हुने
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ तुनधुरास्थित जनता माध्यमिक विद्यालयमा भवन निर्माणसम्बन्धी प्राविधिक विषयको पढाइ हुनेभएको छ ।
ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा कटाइयो
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा कटाएको छ । गाउँपालिकाले पाँच वर्ष अघिदेखि ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा यस वर्षबाट कटाइएको हो ।
भोटखोलामा विद्युतको राष्ट्रिय प्रसारणलाइन जोडियो
सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारणलाइन जोडिएको छ । उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका-४, गोलाबजारमा राष्ट्रिय प्रसारणलाइनको विद्युत बालिएको हो ।
गाउँमा सोलार प्लान्टमार्फत विद्युत सेवा प्रदान गरिँदै
दोलखाको गौरीशङ्कर गाउँपालिका–९ को भौगोलिक बिकट ‘ना गाउँमा’ सोलार प्लान्टमार्फत विद्युत सेवा प्रदान गरिने भएको छ ।
पाथीभरा मन्दिरको रकमबारे छानबिन गरिने
इलामको कोल्बुङमा रहेको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी र दाताको सहयोग रकम हिनामिना भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन गर्नेभएको छ ।
वालिङमा नमुना बसपार्क बन्ने
अव्यवस्थित सवारी पार्किङको समस्या भोगिरहेको वालिङ नगरपालिकाको समस्या समाधान हुने भएको छ ।
अध्ययनमै १५ वर्ष मान्म–कोटबाडा केबुलकार
मान्म कोडबाडा केबुलकार सम्भाव्यता अध्ययनमै सीमित रहेको छ । सदरमुकाम मान्मको कोटदरबारदेखि कोडबाडा जोड्ने दुई हजार एक सय ५७ मिटरको दूरीमा रहने केबुलकारको डिपिआर तयार गरे पनि अहिलेसम्म यसको निर्माणमा भने अन्यौलता रहेको छ ।
स्नातकतर्फ सिट निर्धारण, कुन कलेजलाई कति ?
चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि कलेजहरूको सिट निर्धारण गरेको छ । आयोगले देशभरिमा एमबिबिएस तहमा एक हजार ९२५ सिट निर्धारण गरेको छ भने बिडिएसतर्फ ५४५ सिट निर्धारण गरेको छ । आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झाले एमबिबिएसमा एक सय सिट पाउनेमा विराट मेडिकल कलेज, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, किस्ट मेडिकल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज रहेको जानकारी दिनुभयो ।
बसपार्क नभत्काउन उच्च अदालतको आदेश
उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा निजी क्षेत्रबाट निर्माण गरिएको बसपार्क नभत्काउन आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले पूर्व अरनिको यातायात प्रालिद्वारा निर्माण गरिएको सो बसपार्क नभत्काउन काठमाडौँ महानगरपालिकालाई शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । “निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरूको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनालाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नू नगराउनू भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ (२) (ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरूलाई दिनू,” अदालतको आदेशमा उल्लेख छ । त्यसैगरी, अदालतले १५ दिनभित्र जवाफ पेस गर्न काठमाडौँ महानगरपालिकालाई भनेको छ ।
सोह्र श्राद्ध (पितृ पक्ष) सुरु
आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।
एमसिसी प्रमुख एलिस नेपाल आउने
अमेरिकी सरकारको अनुदान परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउनुहुने भएको छ। नेपालमा परियोजनाको कार्यान्वयन सुरु भएसँगै त्यसको अवस्था बुझ्न उहाँ नेपाल आउन लाग्नुभएको हो। नेपालस्थित अमेरिकी दूतावासले पाँचदिने भ्रमणमा नेपाल आउन लाग्नुभएका कार्यकारी प्रमुख एलिसले एमसिसी सम्झौताको कार्यान्वयनका बारेमा जानकारी लिने बताएको छ। सम्झौता भएको झन्डै छ वर्षपछि गत भदौ १३ गते कार्यान्वयनमा गएको हो। दूतावासले भनेको छ, “एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस ब्राइटले नेपाल–अमेरिकाबिचको द्विपक्षीय साझेदारीको खुसी मनाउन र एमसिसी–नेपाल कम्प्याक्ट सम्झौताको सफल सुरुवातको अवसरमा अर्को साता भ्रमण गर्नुहुने भएको छ।”
स्वास्थ्य र शिक्षाबाट वञ्चित हुनु परेको गुनासो
एचआइभी सङ्क्रमितले संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य र शिक्षाको पहुँचबाट वञ्चित हुनु परेको गुनासो गरेका छन् । स्वास्थ्य लाइभले शुक्रबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागीले यस्तो गुनासो गरेका हुन् । रिकभरिङ नेपालका कार्यकारी निर्देशक विष्णु शर्माले एचआइभी सङ्क्रमित नागरिक मौलिक हकबाटै वञ्चित हुनु परेको बताउनुभयो । उहाँले एक लाख ३८ हजार जना कडा खालका लागुऔषध प्रयोगकर्ता भएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्ड आज आउनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्कनुहुने भएको छ। आठ दिनको चीन भ्रमण सकेर उहाँ स्वदेश फर्कन लाग्नुभएको हो। संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो। संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उहाँले सम्बोधन गर्नुभयो। न्युयोर्कमा रहँदा उहाँले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता गर्नुभएको थियो। साथै अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभयो।