• १ जेठ २०८२, बुधबार

नेविसङ्घद्वारा नगरपालिकामा तालाबन्दी

blog

विमलप्रसाद पोख्रेल

प्यूठान, असोज १७ गते । नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्य समिति प्युठानले प्युठान नगरपालिकाको शिक्षा शाखामा बुधबार तालाबन्दी गरेको छ । प्युठान नगरपालिकाले नगरपालिकाको शिक्षा शाखामा विद्यालयबाट शिक्षक काजमा झिकाइ कर्मचारीसरह जिम्मेवारी दिई कामकाजमा खटाएकाले नेविसंघले तालाबन्दी गरेको जनाएको छ ।

विद्यालयमा फिर्ता पठाउनुपर्ने भनी नेविसङ्घले असोज ७ गते नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रको बेवास्ता गरेकाले नेविसङ्घले नगरपालिकाको शिक्षा शाखामा ताला लगाएको जनाएको छ ।

नेविसङ्घ प्युठानका अध्यक्ष कल्याणविक्रम केसीले माग पूरा नभएसम्म प्युठान नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखामा अनिश्चितकालीन तालाबन्दी गरिएको बताउनुभयो ।