मतदाता नामावली दर्ता सम्बन्धमा कात्तिक मसान्तभित्र सुझाव पठाउन अनुरोध
निर्वाचन आयोगले विदेशमा रहेका ‘नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ मस्यौदा तयार भएको हुँदा यसमा सुझाव पठाउन अनुरोध गरेको छ ।
सुदूरपश्चिममा प्रथम बालिका सम्मेलन
सुदूरपश्चिममा पहिलो पटक प्रदेशस्तरीय बालिका सम्मेलन सम्पन्न भएको छ । बालिका तथा किशोरीहरूको समग्र विकासमा स्थानीय सरकार र सामाजिक क्षेत्रमा कार्यरत सङ्घ संस्थालाई उनीहरूको भूमिका र दायित्व बोध गराउन सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सम्मेलनको आयोजना गरेको हो ।
धनकुटामा एकदिने दिगो पुनः एकीकरण मेला हुने
नेपाल विकास अध्ययन संस्थाको आयोजनामा धनकुटाको टुँडिखेलमा एक दिने दिगो पुनः एकीकरण मेला हुने भएको छ । असोज २७ गते शनिबारका दिन एकदिने दिगो पुनः एकीकरण मेला हुन लागेको हो ।
अध्यक्षकप फुटबल प्रतियोगिता सुरु
गोरखाको गण्डकी गाउँपालिकामा बुधबारदेखि प्रथम गाउँपालिका अध्यक्षकप फुटबल प्रतियोगिता ‘२०८०’ सुरु भएको छ ।
इजरायलबाट २५३ नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँका लागि उड्यो
इजरायलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थी काठमाडौंतर्फ प्रस्थान गरेका छन् ।
दैनिक उपभोग्य वस्तुको कालोबजारी नियन्त्रण गर्न सांसदहरूको माग
सांसदहरूले आसन्न दसैँ, तिहार, छठ पर्वका अवसरमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारी बढेको भन्दै त्यसलाई नियन्त्रण गरी सहजरुपमा उपभोग्य वस्तु उपलब्ध गराउने वातावरण बनाउन सरकार समक्ष माग गर्नुभएको छ ।
नेप्से परिसूचक २० दशमलव १६ अङ्कले घट्यो
कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६० को विन्दुमा कायम भएको हो ।
माछामासु पसलमा अनुगमन
चाडपर्व नजिकिएसँगै हेटौँडामा माछामासु पसल अनुगमनलाई तीव्रता दिइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौँडा मकवानपुरको नेतृत्वमा बिहीबार हेटौँडा आसपासका एक दर्जन बढी माछामासु पसलको अनुगमन गरिएको हो ।
बजार अनुगमनका क्रममा नियम विपरीतका ढक बरामद
कपिलवस्तुको शिवराज नगरपालिकाले चाडपर्वलक्षित बजार अनुगमन सुरु गरेको छ । सो क्रममा नगरपालिकाले नियमित विपरीत प्रयोग गरिएका ढक बरामद गरेको छ ।
गोठमा आगलागी हुँदा चौपाया घाइते
गोठमा आगलागी हुँदा चौपाया घाइते भएका छन् । जिल्लाको छत्रकोट गाउँपालिका–३ काउलेका पशुपति पन्तको गोठमा आगलागी हुँदा भैँसी र पाडा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बेपत्ता पुरुषको शव फेला
गोरखामा ६ दिनदेखि बेपत्ता एक पुरुषको शव फेला परेको छ । गोरखा नगरपालिका –१० ठुटेबजारस्थित दरौदी नदीको किनारमा पुरुषको शब फेला परेको हो ।
चाडपर्वलाई लक्षितगरी सुरक्षा व्यवस्था कडा
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।
विश्व दृष्टि दिवस : दुई लाखले पाए दृष्टि
राप्ती आँखा अस्पतालले स्थापनादेखि हालसम्म दुई लाख १२ हजार मोतियाबिन्दुको शल्यक्रियापछि नयाँ दृष्टि प्रदान गरेको छ ।
डेढ दशकदेखिको बिजुली बाल्ने सपना पूरा
बिजुली बत्तीको पर्खाइमा रहेका निस्दीमा पहिलो पटक बिजुली बत्तीको पहुँच पुगेको छ । निस्दीको बतासा, ज्यामिरे र सिन्दुरे गाउँमा पहिलो पटक विजुलीबत्ती बलेपछि यहाँका बासिन्दा खुसी भएका छन् ।
११५ विद्यार्थीलाई साइकल सहयोग
मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपति माध्यमिक विद्यालयले विद्यालय आउजाउ गर्ने प्रयोजनका लागि विद्यार्थीलाई साइकल वितरण गरेको छ ।
सामाजिक सञ्जाललाई समाजको हितमा प्रयोग गर्न सुझाव
सामाजिक सञ्जाललाई समाजको हित र फाइदाका लागि प्रयोग गर्नुपर्ने नेपालगन्जका धार्मिक तथा सामाजिक अगुवाहरूले सबैलाई सुझाव दिनु भएको छ ।
राहुल महरासहित तीन जनाविरुद्ध मुद्दा दायर
विद्युतीय चुरोट (भेप) मार्फत अवैध रूपमा सुन तस्करी र बिक्री प्रकरणमा सहभागी भएको अभियोगमा थप चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अभियोगपत्र दर्ता गरेको हो । राज्यलाई लाभ हुने राजस्वमा हानि नोक्सानी पु¥याई आपराधिक लाभ लिएको अभियोगमा मुद्दा दायर गरिएको हो । सङ्गठित अपराध निवारण ऐन तथा भन्सार ऐनविपरीतको कसुरमा मुद्दा दायर गरिएको हो । आपराधिक विश्वासघात तथा भन्सार चोरी पैठारीमा मुद्दा दायर भएको छ ।
एमाले कार्यकर्ताद्वारा हवाई सुरक्षा गम्भीर उल्लङ्घन
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा एमाले कार्यकर्ताबाट हवाई सुरक्षाको गम्भीर उल्लङ्घन भएको छ । एमाले मधेश प्रदेशको अधिवेशन उद्घाटनका लागि बुधबार काठमाडौँबाट यति एयरलाइन्सको जहाजमार्फत जनकपुर पुग्नुभएका अध्यक्ष ओलीलाई स्वागत गर्न कार्यकर्ता जहाजको ढोकासम्मै पुगेका हुन् ।
इजरायलबाट विद्यार्थी आज ल्याइँदै, यस्तो छ उडान तालिका
इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका विद्यार्थी बिहीबार आउने भएका छन्। नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बिहीबार बिहान २:३० बजे जानुहुने भएको हो । उनीहरूलाई लिएर जहाज बिहीबार नै बेलुकी ८:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थी फर्काउन लागिएको हो। उहाँले स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने बताउनुभयो। त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने छ।
टुङ्गो लाग्यो सम्पत्ति शुद्धीकरण विधेयक
कानुन, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक टुङ्गो लगाएको छ । गत वैशाख १५ गतेदेखि छलफल हुँदै आए पनि समितिको बुधबार बसेको बैठकले विधेयक टुङ्गो लगाएको हो ।
सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउनुपर्छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीमा पीडित सहायता कक्ष र ट्राफिक सचेतना अभियानको शुभारम्भ गर्नुभएको छ ।
सात वर्षमा बनेको पुल १० महिनामै भत्किन थाल्यो
२०७२ साल जेष्ठ २५ गते ठेक्का सम्झौता भइ साढे ७ वर्षमा निर्माण भएको पर्साको विन्दवासिनीमा रहेको तिलाबे पुल १० महिना नपुग्दै भत्किन थालेको छ ।
फरारमध्ये सात पक्राउ, छ जना धरौटीमा रिहा
चिकित्सकमाथि भएको कुटपिटको घटनामा संलग्न भएको अभियोगमा मकवानपुर प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले चिकित्सकमाथि दुव्र्यबहार गरी फरार रहेकामध्ये सुवास स्याङतानलाई आज पक्राउ गरेको जनाएको छ ।
इजरायलबाट शव ल्याउन केही समय लाग्छ : परराष्ट्र मन्त्रालय
इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाइ हुने भएको छ ।