• १२ साउन २०८१, शनिबार

मतदाता नामावली दर्ता सम्बन्धमा कात्तिक मसान्तभित्र सुझाव पठाउन अनुरोध

blog

काठमाडौं, असोज २५ गते । निर्वाचन आयोगले विदेशमा रहेका ‘नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ मस्यौदा तयार भएको हुँदा यसमा सुझाव पठाउन अनुरोध गरेको छ । 

आयोगका सहसचिव एवम् प्रवक्ता शालिगम शर्मा पौडेलका अनुसार विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै मतदाता नामावली दर्ता गर्ने व्यवस्था सो कार्यविधिमा रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फारम भरी जैविक विवरण दिनका लागि आफूलाई पायक पर्ने स्थान र मिति छनोट गर्न सक्नेछन् ।

विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, गैर आवासीय नेपाली सङ्घ तथा अन्य सरोकारवालालाई २०८० कात्तिक मसान्तभित्र सो मस्यौदामा सुझाव दिन आयोगले अनुरोध गरेको छ।