• २८ वैशाख २०८३, सोमबार

गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने

blog

नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौँ, वैशाख २८ गते ।सरकारले आगामी आर्थिक वर्षमा पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तरराष्ट्रिय मापदण्ड अनुरूप विकास गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रममा उक्त विषय समावेश गरिएको हो ।

सरकारले धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनःसंरचना गर्दै धितोपत्र बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बिमा, म्युचुअल फन्ड र गैरआवासीय नेपालीको सहभागिता विस्तार गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

ऋण बजार, बन्ड बजार, पूर्वाधार बन्ड र जोखिम व्यवस्थापन उपकरणको प्रयोग गरी दीर्घकालीन पुँजी निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । रासस