• १ जेठ २०८२, बिहिबार

बजार अनुगमनका क्रममा नियम विपरीतका ढक बरामद

blog

जानु पाण्डे

कपिलवस्तु, असोज २५ गते । कपिलवस्तुको शिवराज नगरपालिकाले चाडपर्वलक्षित  बजार अनुगमन सुरु गरेको छ । सो क्रममा नगरपालिकाले नियमित विपरीत प्रयोग गरिएका ढक बरामद गरेको छ ।

नगर उपप्रमुख शिवकुमारी थारुको नेतृत्वमा बजार अनुगमन बुधवारदेखि बजार अनुगमन सुरु गरिएको हो । अनुगमनका क्रममा कृषि हाटबजार, प्रमुख व्यापारिक स्थल चन्द्रौटा, खरेन्द्रपुर शिवपुरलगायतका स्थानमा अनुगमन गरिने उपप्रमुख थारुले बताउनुभयो ।

अनुगमनको पहिलो दिन चन्द्रौटा हाटबजारमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा खाद्य पदार्थ, माछा मासु पसल, बीउविजन पसलको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अखाद्य बस्तु, म्याद गुज्रेका खाद्य बस्तु, सुर्तीजन्य पदार्थ, नियम विपरीत प्रयोग भएका ढक बरामद गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताउनुभयो ।