ताक्लाकोट जान रोक
व्यापार व्यवसाय र अन्य काम गर्न जाँदै गरेका हुम्लावासीलाई चीनको ताक्लाकोट जान रोक लगाएको छ । चीनपट्टिको हिल्सामा स्थापना भएको भन्सार कार्यालयमा मानिसका लागि जाँच गर्न राखिएको मेसिन बिग्रिएपछि तीन दिनयता हुम्लावासीलाई ताक्लाकोट जान रोक लगाएको हो ।
आजदेखि बडादसैँ सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत
आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
सङ्घीय सरकारविरुद्ध बागमतीको मुद्दा
बागमती प्रदेश सरकारले केन्द्रीय सरकारविरुद्ध मुद्दा दायर गर्ने भएको छ। सङ्घीय संसद्ले पारित गरेको ऐन केन्द्र सरकारले कार्यान्वयन नगर्दा कानुनी उपचारमा जाने तयारी गरिएको प्रदेश सरकारले जनाएको छ । बागमती प्रदेश सरकारका कानुन तथा आन्तरिक मामिलामन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठले शनिबार पत्रकारसँगको अन्तव्रिर्mयामा केन्द्रीय सरकारविरुद्ध मुद्दा दायर गर्ने तयारी भएको जानकारी दिनुभयो।
बडादसैँ प्रारम्भ
हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँ आइतबारदेखि सुरु हुँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने बडादसैँको पहिलो दिन घरघरमा घटस्थापना गरी महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा गरिन्छ । घटस्थापनामा घडाको पूजा गरी जौ, मकै, गहुँलगायतको बिउ छरेर जमरा राखिन्छ । यस पटक घटस्थापनाको शुभ साइत बिहान ११ बजेर २९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नौ दिनसम्म देवीलाई विभिन्न रूपमा पूजा गरेर दशमीको दिनमा विसर्जन गरी घडाको जलले अभिशेष गरी मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा रहेको छ । नौ दिनसम्म हरेक दिन दुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिने भएकाले ती दिनलाई नवरात्रिका रूपमा पनि मनाइन्छ ।
भ्रष्टाचार बढ्यो : प्रतिवेदन
नेपालमा भ्रष्टाचार बढ्नुमा अदूरदर्शिता, अव्यवस्थित र कमजोर राजनीतिक दल, नेता र कर्मचारीतन्त्र प्रमुख कारक रहेको एक अध्ययनले देखाएको छ । अल्टरनेटिभ फाउन्डेसनले शनिबार यहाँ सार्वजनिक गरेको ‘करप्सन रिफ्लेक्सन नेपाल–२०२३’ प्रतिवेदनमा परम्परागत राजनीतिक कार्यशैली, नातावाद, परिवारवाद, लोभ र छिट्टै धनी बन्ने
सुरुङ मार्ग निर्माण पुनः सुरु
स्थानीयको विभिन्न माग र अवरोधका कारण केही समय बन्द रहेको नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु गरिएको छ । सुरुङ मार्गको पूर्वी पोर्टल क्षेत्रका स्थानीयहरू र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबिच सहमतिपछि निर्माण कार्य पुनः सुरु भएको हो ।
ऐतिहासिक रामलिलाको तयारी पूरा
विगत डेढसय बर्षदेखि नेपालगन्जमा सञ्चालन हुँदैआएको रामलिला यसवर्ष पनि भव्य रुपमा आयोजना गरिनेभएको छ । आइतवारबाट सुरु हुने रामलिलाको सबै तयारी पूरा भएको रामलिला सञ्चालक समितिले जनाएको छ ।
व्यस्त बजारमा अत्याधुनिक सार्वजनिक शौचालय
पोखराको महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा महानगरपालिका र गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारीमा शौचालय निर्माण गरिएको हो ।
चाडवाडका लागि बजारमा झिलिङ्गा रोटी
चाडवाड नजिकिएसँगै हरेक नेपालीका घर–घरमा विभिन्न प्रकारका रोटीहरु बन्ने गर्छन् । हरेक चाडवाडमा नेपालीका घरमा रोटी बनाउनु र पाहुनालाई रोटीले स्वागत गर्ने परम्परादेखि चल्दैआएको चलन हो ।
सरकारले सहकारीभित्रको समस्या समाधान गर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सहकारी क्षेत्रमा देखिएको समस्या हल गरेरै छाड्ने बताउनुभएको छ । शनिबार दाङको गढवा गाउँपालिका महिला उद्यमी सहकारी संस्थाको भेलामा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
दुर्घटनास्थलमा स्वस्ति शान्ति
दुर्घटनामा परी ज्यान गुमाउनेको परिवारले पितृको उद्धार होस् भनी दुर्घटनास्थल तमादी खोला पुगेर स्वस्ति शान्ति (पितृ कर्म) गरेका छन् । दुर्घटनाको पन्ध्र दिनपछि शनिवार विहान घटनास्थल तमादिखोलामा नै पुगेर मृतक माधव पौडेलको परिवारले पितृ उद्धार र आत्मा शान्तिका लागि स्वस्ति शान्ति कर्म गरेको हो ।
ठुलो परिमाणमा लगाइएको गाँजा खेती नष्ट
कोशी प्रदेशअन्तर्गतका पहाडी जिल्लाहरू धनकुटा, उदयपुर र भोजपुर जिल्लाको विभिन्न स्थानमा ठुलो परिमाणमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।
पहिचानका लागि दसैँ मनाउँछन् बझाङवासी
हिन्दुहरूको महान् चाडका रूपमा रहेको बडादसैँ बझाङका स्थानीयले पहिचान संरक्षणका लागि मनाउँदैआएका छन् । जिल्लाका प्रायजसो सबै ठाउँमा मनाइने यो पर्व संस्कार र संस्कृतिको जगेर्नासँगै आपसी सदभावका रूपमा मनाउने गर्छन् ।
गोरखामा दुई स्थानमा यात्रु सहायता कक्ष
नेपालीको मुख्य पर्व दसैँ–तिहारका बेला यातायात व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न गोरखा सदरमुकामको दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
‘राजनीतिक दलहरूले राष्ट्र निर्माणमा आफूलाई केन्द्रित गर्नुपर्छ’
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूले कार्यकारी शक्तिको अभ्यास मात्र नगरी राष्ट्र निर्माण गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
कुम्हार जातिको पुर्ख्यौली पेसा सङ्कटमा
बढ्दो आधुनिकताका कारण तयारी सामानहरूको प्रयोगमा बढोत्तरी भए पछि तराई मधेशका जिल्लाहरूमा बसोबास गर्दै आएका कुम्हार जातिको पुर्ख्यौली पेसा सङ्कटमा परेको छ ।
एनआरएनएमा गैरेले सह–कोषाध्यक्षमा उम्मेदवारी दिने
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ महाधिवेशनमा नवलपुरको गैँडाकोट घर भएका तिलकप्रसाद गैरेले सह–कोषाध्यक्षमा उम्मेदवारी दिने बताउनुभएको छ ।
चार स्थानमा यात्रु सहायता कक्ष
चाडपर्व नजिकिँदै गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जिल्लाको चार स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको छ ।
शिक्षण अस्पताल बनाउन लगानीको खोजी
शिक्षण अस्पताल निर्माणका लागि बाह्य लगानी जुटाउन आवश्यक छलफल र पहल थालिएको छ । दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि लगानी जुटाउन पहल भइरहेको हो ।
कैदीबन्दीको आँखा जाँच
गुल्मी जिल्ला कारागारमा रहेका कैदीबन्दीको आँखा जाँच गरिएको छ । विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र तम्घासको आयोजनामा कैदीबन्दीको आँखा जाँच गरिएको हो ।
घुम्ती शिविरमार्फत गाउँगाउँमा सेवा
बागलुङको काठेखोला गाउँपालिकाले गाउँगाउँमै पुगेर नागरिकलाई सेवा दिन थालेको छ । गाउँपालिकाले घुम्ती शिविरमार्फत योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण र ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिरहेको छ ।
कर्णाली–सुदूरपश्चिम बस सेवा सञ्चालन
सुर्खेतको बावियौचारदेखि सुदूरपश्चिम प्रदेशमा जोड्ने बस सेवा सञ्चालनमा आएको छ । पञ्चपुरी नगरपालिकादेखि सुदूरपश्चिम प्रदेशको कैलालीसम्म नियमित यातायातका साधनहरू शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
शिक्षामा लगानी बढाउने मन्त्री राईको प्रतिबद्धता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शैक्षिक क्षेत्रको विकासका निम्ति लगानी बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
दिउँसो सामान लोड र अनलोड गर्न नपाइने
नेपालगन्ज उपमहानगरपालिकाले दिउँसोको समयमा ट्राफिक व्यवस्थापनका लागि मालवाहक सवारी साधन र अन्य सवारी साधनको व्यवस्थापनको काम अघि बढाएको छ ।