• १२ साउन २०८१, शनिबार

‘एक्सरसाइज क्याम्बे्रन पेट्रोल २०२३’

नेपाली सेनालाई दुई स्वर्णसहित सात पदक

blog

लण्डन समाचारदाता

लण्डन, असोज २३ गते । संयुक्त अधिराज्य (बेलायत) को वेल्सस्थित वेकनमा सञ्चालन भइरहेको ‘एक्सरसाइज क्याम्बे्रन पेट्रोल २०२३’ मा नेपाली सेनाको टोलीले हालसम्म नेपाली सेनाको टोलीले दुई स्वर्ण, तीन रजत र दुई कांस्य गरी सात पदक प्राप्त गरेको छ ।  म‌गलबार रजत पदक प्राप्त गर्न सफल भएको छ । 

आइतबारसम्म सञ्चालन हुने अभ्यासमा रेगुलरतर्फ ४२, रेस्क्यूतर्फ १५, यूओटीसीतर्फ १६ तथा ३१ देशका ३८ अन्तर्राष्ट्रिय टोली गरी एक सय ११ वटा टोली सहभागी छन् । 

अभ्यासमा नेपालसहित बेलायत, क्यानडा, मेसोडोनिया, कतार, फिलिपिन्सललगायतको टोली सहभागी छन् । टोलीलाई हाल बेलायत भ्रमणमा रहनु भएका नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले पदक तथा प्रमाणपत्र पदान गर्नु भयो ।  

अभ्यास खेलमा विशेषगरी पैदल फौजको पेसागत ज्ञान, सीप, रणकौशल, शारीरिक सहिष्णुताका साथै व्यक्तिगत एवं सामूहिक रूपमा गरिने फौजी कारबाहीको स्तर जाँच तथा मूल्याङ्कन गरिन्छ । अभ्यासमा भाग लिने टोलीले ४८ घण्टाको समयभित्र ३२ किलोग्रामको ठुलो झोलासहित करिब ६०–६५ किलोमिटर दूरी विभिन्न किसिमको सैनिक कारबाही गर्दै पूरा गर्नुपर्छ । अभ्यासमा ७५ प्रतिशतभन्दा बढी अङ्क ल्याउने टोलीले स्वर्ण ७५ भन्दामुनि र ६५ प्रतिशतभन्दामाथि ल्याउनेलाई रजत तथा ५५ भन्दा माथि तथा ६५ प्रतिशतभन्दा मुनि ल्याउने टोलीलाई कांस्य पदक प्रदान गरिन्छ । 

सन १९७० देखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको यस अभ्यासमा नेपाली सेनाको टोलीले सन् २०१४ देखि भाग लिँदै आएको छ । नेपाली सेनाले रजत प्राप्त गरी नेपाली सेनाको छविलाई अन्तर्राष्ट्रियस्तरमा उच्च राखेको छ ।