• २० असोज २०८१, आइतबार

इजरायलबाट उद्धार गरिएका विद्यार्थी काठमाडौं आइपुगे

blog

त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनमा जानकारी दिनुहुँदै परराष्ट्रमन्त्री नारायणप्रसाद साउद । तस्बीर : नेपाल न्युज एजेन्सी

मनोजरत्न शाही/केशब गुरुङ /सुजन गुरुङ 

काठमाडौं, असोज २६ गते ।  इजरायलमा अध्ययन गरिरहेका २५४ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँ आइपुगेको छ । 


शुक्रबार बिहान काठमाडौं आइपुगेपछि परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी त्यसबारेमा जानकारी दिनु भएको थियो । विमानस्थलमा पर्यटनमन्त्री सुदन किरातीसहितका अधिकारीहरू पनि उपस्थित हुनुहुन्थ्यो । 

नेपाल एयरलाइन्सको उद्धार उडानमा जम्मा २५४ नेपाली विद्यार्थी सवार रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विद्यार्थी लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बुधबार राति इजरायल जानुभएको थियो । विद्यार्थीलाई लिन विमानस्थलमा नेपाल प्रहरीको बस तयारी अवस्थामा राखिएको छ ।



 समाचार छायाङ्कन तथा समाचार सङ्कलनका लागि विमानस्थलमा रहेका पत्रकारहरु ।

यो पनि पढ्नुहोस