जयकृष्ण यादव
इनरुवा, असोज २८ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एकपछि अर्को खेलकुदको आयोजना गर्नेक्रम बढेको छ । केही महिनाअघि क्रिकेट र हालै प्रथम जिल्लास्तरीय कबड्डी प्रतियोगिता सम्पन्न गरेको भोक्राहा नरसिंह गाउँपालिकामा असोज ३० गतेबाट जिल्लास्तरीय फुटबल प्रतिमोतियाको तयारी पूरा भएको युवा क्लब नरसिंहले जनाएको छ ।
युवाको सक्रियतामा जिल्लाका आठ टिमको सहभागितामा प्रतियोगिताको आयोजना गर्न लागेको आयोजक समितिका संयोजक शीतल यादवले जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक भोक्राहा नरसिंह गाउँपालिका, छिमेकी कोशी गाउँपालिका, गढी गाउँपालिका, इनरुवा नगरपालिका र देवानगञ्ज गाउँपालिकाको टिमको सहभागिता रहने जनाएको छ ।