गृह सचिवद्वारा छिन्नमस्तामा पूजाअर्चना
नेपाल सरकारको गृहसचिव दिनेश भट्टराईले सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।
राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने
राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने भएको छ ।
कंकालिनी मन्दिरमा ६ सय बढी राँगाको बली
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित नेपालकै प्रसिद्ध कंकालिनी मन्दिरमा यो वर्ष छ सय तीन वटा राँगाको बली दिइएको मन्दिर समितिले जनाएको छ ।
महिलाको सद्भावपूर्ण नवरात्र पूजा
मोरङको कानेपोखरी –७ बरगाछीकी सरिता श्रेष्ठ, कविता तामाङ र कमला लिम्बू नवरात्रको नवौं दिन बिहानदेखि नै पूजापाठमा ब्यस्त रहनुभयो ।
तीनसय बढी दुर्गा भगवतीको मुर्ति प्रदर्शनमा
कपिलबस्तुमा तीन सय २९ वटा दुर्गा भगवतीको मुर्ति प्रदर्शनमा राखिएको छ । दुर्गा भगवती माताले दानव शुम्भ र निशुम्भलाई मारेको प्रतीकको रुपमा जिल्लाका १० वटै पालिकामा मुर्ति प्रदर्शन गरिएको हो ।
एकल महिला तथा ज्येष्ठ नागरिकलाई साडी र मिठाइ वितरण
दसैंको खुशी साट्न ज्येष्ठ नागरिकलाई सम्मान तथा मातारानीको खोइछ भर्न एकल महिलालाई साडी वितरण गरिएको छ । सप्तरीको राजविराज नगरपालिका वडा १५ का अति विपन्न, गरिब, असहाय तथा एकल महिलालाई साडी, मिठाई तथा दसैं ंखर्च वितरण गरी बडादसैको अवसरमा शुभकामना साटासाट गरिएको छ ।
भन्सार छलीका सामानसहित सात जना नियन्त्रणमा
बर्दियाबाट प्रहरीले एक लाख ७४ हजार बराबरको सामान बरामद गरेको छ ।
प्रदेशस्तरीय लिडरसिप, प्रशिक्षक तथा रेफ्री सेमिनार हुने
लुम्बिनी प्रदेशस्तरीय हाप्किडो लिडरसिप, प्रशिक्षक तथा रेफ्री सेमिनार–२०८० हुने भएको छ । खेलाडीको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेश हाप्किडो संघको आयोजनामा लम्बिनी प्रदेशको राजधानी देउखुरीको राप्ती गाउँपालिकामा प्रदेशस्तीय सेमिनार हुनेभएको हो ।
मौलिक इतिहास बोकेको नेपालगन्जमा रामलीला जारी
विगत १५६ वर्षदेखि निरन्तर मञ्चन हुँदैआएको नेपालगन्जको ऐतिहासिक रामलीलाको महत्व बेग्लै छ । यहाँको रामलीला मञ्चनले चाडपर्वको रौनकता बेग्लै बनाउनेगरेको छ ।
भुस्याहा कुकुरको बिगबिगी
कात्तिक महिना लागेसँगै सदरमुकाम समेत रहेको सिमकोट बजारमा भुस्याहा कुकुरको बिगबिगी देखिन थालेको छ । किसानले बाली नाली भित्र्याएसँगै खेती लगाएको जग्गामा पशुबस्तु छोडिएपछि सिमकोट बजारमा ती कुकुरहरुको बिगबिगी बढेको हो ।
पिङ खेल्दा मृत्यु
सन्धिखर्क नगरपालिका वाड नम्वर ६ मा पिङ खेल्न क्रममा पासोले बेरिएर एक बालिकाको मृत्यु भएको छ ।
स्ट्रीट लाइटले नेपालगन्ज झलमल्ल
नेपालगन्जको सडकमा स्ट्रीट लाइट (सडक बत्ती) बल्न सुरु गरेको छ । सडक बत्तीले गर्दा रातिको समयमा नेपालगन्जको मुख्य सडक झलमल्ल भएको छ ।
प्रसुति गृह सञ्चालन नहुँदा सुत्केरी गराउन समस्या
बाजुरामा विभिन्न ठाउँमा निर्माण गरिएका प्रसुति गृहबाट सेवा सुचारु नहँुदा यहाँका महिलालाई सुत्केरी गराउन समस्या भएको छ । प्रदेश सरकारको आर्थिक सहगोगबाट निर्माण गरिएका प्रसुति गृहबाट अझै सेवा सुचारु नहुँदा यहाँका महिलालाई सुत्केरी गराउन समस्या भएको हो ।
बेलबारी गोल्डकपको उपाधी विग्रेड ब्वाइजलाई
मोरङको बेलबारीमा जारी छैटौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिता २०८० को उपाधी विग्रेड ब्वाइज काठमाडौंले जितेको छ ।
बाइक दुर्घटनामा एकको मृत्यु
इटहरीमा आइतबार अपरान्ह मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका १३ खनारस्थित गणेश मन्दिरनजिकै विराटनगरबाट इटहरीतर्फ आउँदैगरेको को २९ प २४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा इटहरी १ बस्ने ३६ वर्षीय इकार गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
दुई कृतिलाई विमल गुरुङ कृति पुरस्कार २०७९ दिइने
कवि विमल गुरुङ पुस्तकालयले प्रदान गर्दै आएको २ लाख रुपियाँको कृति पुरस्कार कवि चन्द्र गुरुङको कविता सङ्ग्रह ‘जब एउटा मान्छे हराउँछ’ र विजय बान्तवाको गद्य सङ्ग्रह ‘मित्याङसा’ लाई संयुक्त रूपमा ‘विमल गुरुङ कृति पुरस्कार २०७९’ प्रदान गरिने भएको छ ।
पानीमा डुबेर बालिकाको मृत्यु
दाङमा मामाघर आएकी एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । राजपुर गाउँपालिका –१ गुरुङखोला निवासी सुन्तली खड्काकी करिव ७ बर्षीया छोरी समीक्षा खड्काको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
क्यान्सरपीडितलाई दुई लाख बढी सहयोग
दाङको बंगलाचुली गाउँपालिका –५ फलिदे निवासी ब्लड क्यान्सरपीडित पूजा बुढामगरको उपचरका लागि दक्षिण कोरियामा कार्यरत रहेका नेपाली युवाहरुले करिव साढे दुई लाख रुपियाँ सहयोग गरेका छन् ।
दसैंमा झिनियाँको कारोबार बढ्यो
चाडपर्वको मौसम सुरु हुनासाथ झिनियाँको कारोबार बढेको छ । जिल्लाका विभिन्न स्थानका व्यापारीले झिनियाँ बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । दशैँ तथा अन्य चाडपर्वमा रोटीको रुपमा झिनियाँ पाहुनालाई दिने प्रचलन छ ।
भीमेश्वर मन्दिरमा बलिपूजाका लागि भक्तजनको ठूलो भिड
बडादसैंंको आठौँ दिन प्रसिद्ध शक्तिपीठ दोलखाको भीमेश्वर मन्दिरमा भक्तजनको भिड लागेको छ । महाष्टमीको दिन भएकाले भीमेश्वर मन्दिर दर्शन तथा बली पूजाका लागि बिहानैदेखि भक्तजनको ठूलो भिड लागेको हो ।
तीन दिने दोस्रो मनकामना महोत्सव हुने
बिरुवा गाउँपालिका ७ स्थित मनकामना मन्दिरमा दोस्रो मनकामना महोत्सव २०८० आयोजना गरिनेभएको छ । कात्तिक ९ गतेदेखि ११ गतेसम्म महोत्सव आयोजना गरिनेभएको हो ।
ढुक्क भएर चाडपर्व मनाउन प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय गुल्मीले ढुक्क भएर खुशी र हर्षोल्लासका साथ चाडपर्व मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीद्वारा जारी शुभकामना सन्देशमा चाडपर्वलाई सुरक्षित र मर्यादित रुपमा मनाउन स्थानीय प्रशासनले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हुँदा ढुक्क भएर खुशी र हर्षोल्लासका साथ चाडपर्व मनाउन आग्रह गरिएको हो ।
सिमकोट हिल्सा सडक सञ्चालनमा लागि अस्थायी रुटपरमिट
र्णाली करिडोरअन्तर्गतको सिमकोट हिल्सा सडकखण्डका लागि मिनी बस सञ्चालन हुन पाउने भएका छन् । यातायात व्यवस्था कार्यालय बीरेन्द्रनगर सुर्खेतले उक्त सडकमा मिनी बस सञ्चालनकका लागि अस्थायी रुटपरमिट प्रदान गर्दा मिनी बस सञ्चालन हुने बाटो खुलेको हो ।
इजरायल आक्रमणमा परी मृत्यु भएका तीन जनाको शव नेपाल आइपुग्यो
इजरायलमा आक्रमणमा परी मृत्यु भएका तीन जना नेपालीको शव काठमाडौं आइपुगेको छ । मृतक १० मध्ये तीन जनाको शव आज काठमाडौं ल्याइएको हो । बाँकी १ जनाको शव केहीबेरमा आउने बताइएको छ ।