कुटपिटबाट ज्येष्ठ नागरिकको मृत्यु
रुकुमपश्चिममा कुटपिटबाट गम्भीर घाइते हुनुभएका एक ज्येष्ठ नागरिकको उपचारको क्रममा मृत्यु भएको छ । घाइतेको मृत्युपछि कुटपिट गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कहीँ नभएको जात्रा हाँडी गाउँमा (फोटो फिचर)
‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ जात्रा आज (आइतबार) निकालिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट उक्त जात्रा निकालिन्छ । यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ ।
गुल्मीका विभिन्न स्थानमा किबी खेती
गुल्मीको भार्सेमा पहिलेदेखि नै किबी खेती हुने गरेको थियो । पछिल्लो समय यस जिल्लाको विभिन्न स्थानमा किबी खेती हुने गरेको छ । हाल उत्पादन भएको किबी फल महँगोमा बिक्री भएपछि कृषकहरू यसको व्यावसायिक रूपमा खेती गर्न लागिपरेका छन् ।
फरार रहेका व्यक्ति पक्राउ
बाँके प्रहरीले तीन वर्षअघि जबरजस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
छोराद्वारा बुबाको हत्या
कैलालीमा एक छोराले ढुङ्गा प्रहार गरी बुबाको हत्या गरेका छन् । घरायसी विवादमा गएराति जानकी गाउँपालिका –३ लाइकपुरका गणेश चौधरीले आफ्नो बुबा हिरासिंह चौधरीको हत्या गरेका हुन् ।
पर्यटकका लागि पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पर्यटकका लागि पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ ।
जुवा खेलिरहेका सात पक्राउ
जुवा खेलिरहेको समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार बेलुकी तानसेनको बडिज्ञानटोलस्थित एक घरमा जुवातास खेलिरहेका समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको हो ।
संस्कृति जोगाउन ‘परम्परागत नेपाली पोशाक शिशु फोटो प्रतियोगिता’
तिहारको अवसर पारेर नेपालगन्जमा ‘परम्परागत नेपाली पोशाक शिशु फोटो प्रतियोगिता’ सञ्चालन हुने भएको छ ।
युनिभर्सल मेडिकल कलेजका विद्यार्थीको अनशन १५ दिनदेखि जारी
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा अध्ययनरत विद्यार्थीहरुको अनशन १५ बित्दा पनि टुङ्गिएको छैन ।
उदयपुरमा आठ वटा पुल अलपत्र
हिमाली क्षेत्रका जिल्लालाई उदयपुरसँग जोड्ने गरी सुनकोशी नदीमा एक दशकअघि निर्माण सुरु गरिएका विभिन्न आठ वटा ठुला पक्की पुल निर्माणको काम अलपत्र परेको छ । पहाडी जिल्लाहरूलाई तराईसँग जोड्न सुनकोशी नदीमा निर्माण गर्न थालिएका आधा दर्जन पुलको काम बिचैमा अलपत्र हुँदा चार जिल्लाका बासिन्दाले कोशी नदी वारपार गर्न निकै ठुलो सास्ती खेप्दै आएका छन् । आमनिर्वाचनका व्रmममा मत बटुल्ने अस्त्र बन्ने गरेको कोशीमा निर्माणाधीन पुलहरू दलका नेताहरूको शिलान्यास गर्ने होडले उदयपुर र उदयपुरसँग सीमा जोडिएका पहाडी जिल्ला भोजपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका बासिन्दाले सास्ती खेप्नु परेको हो ।
नेपालको बिजुली भारतमा स्वच्छ ऊर्जा
नेपालको स्वच्छ ऊर्जालाई भारत सरकारले स्वच्छ ऊर्जा गणनामा समावेश गर्ने नीतिगत व्यवस्था गरेको छ । छिमेकी मुलुकको विद्युत् खरिदमा थप लचक बन्दै भारत सरकारको विद्युत् मन्त्रालयले त्यहाँको सरकारी राजपत्र ‘भारतका राजपत्र’ मा सूचना प्रकाशित गर्दै भारतमा विद्युत् बिक्री अनुमति प्राप्त छिमेकी मुलुकमा उत्पादित स्वच्छ ऊर्जालाई भारतका सार्वजनिक तथा निजी विद्युत् वितरक कम्पनीको स्वच्छ ऊर्जा गणनामा समावेश गर्न सकिने व्यवस्था गरेको हो ।
महासचिव गुटेर्रेसले संसद्मा सम्बोधन गर्नुहुने
काठमाडौँ, कात्तिक १२ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आन्तरिक तयारी अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा उहाँले आजदेखि बुधबारसम्म नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको व्यवस्था गर्न सरकारले गरेको पत्राचार अनुसार सचिवालयले आन्तरिक तयारी थालेको हो । सचिवालयले बैठक कक्षको सजावटलगायतका काम अघि बढाएको छ । आइतबार पनि प्रतिनिधि सभाको बैठक डाकिएकाले केही तयारी भने बैठकपछि मात्र हुने छ ।
उपत्यका फर्कनेको बढ्न थाल्यो चहलपहल (फोटो फिचर)
नेपालीको महान चाड दसैं मनाउन उपत्यका बाहिर गएकाहरु धमाधम कर्मथलो काठमाडौं फर्कन थालेका छन् । दसैं मनाउन आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दसैं मनाएर कर्मथलोमा फर्कन थालेका हुन् ।
दिवंगतहरुको सम्झनामा स्मृति कप
गत वर्षको वर्षाका कारण आएको वाढीमा परी ज्यान गुमाएका कालीकोटको राँचुलीका १३ जनाको सम्झनामा गाउँलेले स्मृति कपको आयोजना गरेका छन् ।
८० वर्षभन्दा बढी उमेरका बृद्धबृद्धालाई सम्मान
गुल्मीको धुर्कोट गाउँपालिकामा ८० वर्षभन्दा माथिका बृद्धबृद्धालाई सम्मान गरिएको छ । गाउँपालिकाभरिका ७० भन्दा बढी बृद्धबृद्धालाई खादासहित सम्मानपत्र र फलफूल वितरण गरिएको हो ।
सराँय नाचमा युवापुस्ताको आकर्षण
पहाडी जिल्लामा मात्रै सीमित सराँय नाच पछिल्लो समय रुपन्देहीको बुटवलमा स्थापित बन्दैगएको छ । दुर्गापक्षको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा नवदुर्गा मन्दिर व्यवस्थापन समितिले सराँय नाचको आयोजना गर्दैआएको हो ।
रक्त सम्राट् कर्माचार्यलाई सम्मान
नेपाल सरकारद्वारा रक्त सम्राट् पदवीबाट सम्मानित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई नेपालगन्जमा सम्मान गरिएको छ ।
निरन्तर सचेतना जगाउँदै ट्राफिक
बाँके ट्राफिकले जिल्लाका विभिन्न ठाउँठाउँमा पुगेर ट्राफिक नियम कानुनसम्बन्धी सचेतना कार्यक्रम निरन्तर गरिरहेको छ ।
चाडबाडमा निःशुल्क पानी वितरण
चाडपर्वको अवसर पारेर बर्दिबासस्थित साना सहरी सरसफाइ तथा खानेपानी उपभोक्ता सङ्घले महिना दिनका लागि निःशुल्क पानी वितरण गरेको छ ।
नेपालभाषा साहित्य सम्मेलन सम्पन्न
६२ औँ विराट नेपालभाषा साहित्य सम्मेलन बिहीबार भक्तपुरको बिकुमछेँमा सम्पन्न भएको छ । महेन्द्र गोपाल कर्माचार्यको अध्यक्षतामा वरिष्ठ साहित्यकार डा. योगेन्द्र प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालभाषा आन्दोलनका अग्रज मल्ल के सुन्दरलाई एक लाख नगद राशिसहित विराट पूर्ण वैद्य लुमन्ति सिरपाः प्रदान गरिएको छ ।
सद्भाव आधार बलियो बनाउने योजना
नेपालगन्जलाई सामाजिक तथा धार्मिक सहरको रूपमा थप बलियो बनाउन प्रशासन–धार्मिक युवा अन्तरसंवादको तयारी गरिएको छ ।
मगर संस्कृति संरक्षण संवर्द्धनका लागि महोत्सव
नवलपुरमा पहिलो पटक मगर सांस्कृतिक कृषि पर्यटन तथा व्यापारिक महोत्सव– २०८० हुने भएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, चार घाइते
धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
एक वर्षदेखि स्वास्थ्य केन्द्र डाक्टरविहीन
गाउँका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न भनी स्थापना गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा विगत एक वर्षदेखि डाक्टर छैनन् । डाक्टर नहुँदा स्वास्थ्य सेवा लिन पर्ने सर्वसाधारण मर्कामा परेका छन् ।