कीर्तिपुर नगरपालिकालाई १९ बुँदे माग हस्तान्तरण
समाजवादी मोर्चा, कीर्तिपुर नगर समितिले विकासमुखी, जनमुखी, प्रभावकारी कार्यसम्पादनको माग गर्दै कीर्तिपुर नगरपालिकालाई १९ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
पिंढीबाट लडेर वृद्धको मृत्यु
घरको पिँढीबाट लडेर घाइते हुनुभएका गोरखाका एक जना वृद्धको मृत्यु भएको छ । गोरखा सिरानचोक गाउँपालिका –८ माथिल्लो फिनाम बस्ने वर्ष ६८ का भिमु गुरुङको मृत्यु भएको हो ।
राष्ट्रिय चेसमा रुपेशको अग्रता
दोस्रो नेपालभाषा मंकाःखल राष्ट्रिय र्यापिड रेटिङ प्रतियोगिताको पहिलो दिन नेपाल च्याम्पियन रौतहटका रुपेश जैसवालसहित पाँच खेलाडीले चार खेल जितेर शीर्ष स्थान बनाउनुभएको छ । उहाँले शैलेश श्रेष्ठ, अशोक मोहन श्रेष्ठ, जनार्दन श्रेष्ठ र सुरज महर्जनलाई हराएर चार अङ्क बनाउनुभयो ।
पुर्ख्यौली पेसा सङ्कटमा परेसँगै मादल व्यवसायी चिन्तित
नेपालीको दोस्रो ठुलो चाड तिहार आउन केही दिन मात्र बाँकी छ । देउसी–भैलो, फूल बत्ती र सेलरोटीको पहिचानसँग जोडिएको चाड पनि हो तिहार । नेपाली मौलिक परम्परासँग जोडिएको तिहारमा अहिले मौलिकता हराउँदै गएको छ ।
दोलखाका स्थानीय तहले २० लाख सहयोग गर्ने
दोलखाका सबै स्थानीय तहले भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउने निर्णय गरेका छन् । सोमबार जिल्ला समन्वय समिति दोलखाको कार्यालयमा बसेको गाउँ तथा नगरप्रमुखको बैठकले २० लाख रुपियाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
गोरखाको स्थानीय तहले भूकम्पपीडितलाई सहयोग गर्ने
जाजरकोट र रुकुमपश्चिमको भूकम्पपीडितलाई गोरखाको ११ वटै स्थानीय तहले सहयोग गर्ने निर्णय गरेका छन् । गोरखाका दुई नगरपालिका गोरखा नगरपालिका र पालुङटार नगरपालिकाले १ लाख ५० हजारका दरले सहयोग गर्ने भएका छन् ।
समाजवादी प्रेस सङ्गठन डोल्पा अध्यक्षमा आनन्दसिं रावल
समाजवादी प्रेस सङ्गठन नेपाल डोल्पाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । जिम्मेवार पत्रकार समाजवादको आधार भन्ने नाराकासाथ समाजवादी प्रेस सङ्गठन नेपाल डोल्पाको प्रथम जिल्ला भेला प्रेस सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको प्रमुख आतिथ्यतामा सदरमुकाम दुनैमा सम्पन्न भएको हो ।
नेपालगन्जबाट नौ जुवाडे पक्राउ
तिहार नजिकिँदै गर्दा बाँकेमा जुवाडेहरू धमाधम पक्राउ पर्न थालेका छन् । जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले नेपालगन्जबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ ।
किशोरीलाई करणी गरी हत्या गरेको आरोपमा एक जना पक्राउ
गुल्मीमा १५ वर्षीया किशोरीलाई करणी गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
सबैले मिलेर राहत वितरण र अनुगमनमा सहयोग गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का जाजरकोट भूकम्पको ‘इपिसेन्टर’मा पुग्नुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा युरोप भ्रमण स्थगित
राष्ट्रपति रामचन्द्र पौडेलले विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नुभएको छ ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा आवश्यक : नियन्त्रक जोशी
दैनिक विद्यार्थी विदेशिने क्रम बढेको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थी विदेशिनुबाट रोक्न गुणस्तरीय सीप विकास शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
भेरी अस्पतालमा ४१ जना घाइतेको उपचार जारी, सातको शल्यक्रिया
जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरू मध्ये नेपालगन्जस्थित भेरी अस्पतालमा अहिले ४१ जनाको उपचार भइरहेको छ ।
रुकुमपश्चिममा १६ हजार ५७० घरमा पूर्ण क्षति
गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको छ । ठूलो मात्रामा भौतिक क्षति भएको छ ।
वायु प्रदूषण बढेपछि दिल्लीमा प्राथमिक विद्यालय बन्द
वायु प्रदूषण बढ्दै गएपछि भारतको दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द गरिएका छन् । भारतको राजधानी दिल्ली र वरपर वायु प्रदुषणको स्तर बढ्दै गएपछि भारतको दिल्लीका सबै प्राथमिक विद्यालयहरू नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले आइतवार घोषणा गर्नुभयो ।
महोत्तरीको एक घरमा चोरी, प्रतिकारमा चार घाइते
महोत्तरीको जलेश्वर नगरपालिका–८ रतवारामा राति एक घरमा चोरी भएको छ । आइतबार राति रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा चार–पाँच जनाको समूहमा आएका व्यक्तिले चोरी गरेको हो ।
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगीलाई राष्ट्रपति पौडेलको आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्नुभएको छ ।
राहतसँगै मृतक परिवारलाई किरिया खर्च
सरकारले भूकम्पबाट मृत्यु भएका मृतकका परिवारलाई जनही दुई लाख वितरणसँगै स्थानीय सरकारले किरिया खर्च समेत उपलब्ध गराएको छ । रुकुम पश्चिममा मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउन थालिएको हो ।
पूर्वसूचना दिने उपकरण चलाउन समस्या
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले २०७२ सालको भूकम्पपछि भूकम्प जानुभन्दा करिब ३० सेकेन्डअघि पूर्वसूचना दिने प्रणालीका साथै सेन्सर देशका विभिन्न स्थानमा स्थापना गर्यो । तर सो प्रणाली हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । चीन सरकारको सहयोगमा नास्टले हालसम्म देशभरका ६५ स्थानमा भूकम्प पूर्वसूचना प्रणाली (सेन्सर) जडान गरेको छ ।
पराकम्पन पनि रामीडाँडामै केन्द्रित
जाजरकोट भूकम्पको इपिसेन्टर आसपास लगातार पराकम्पन दोहोरिँदा सो क्षेत्र थिलथिलो बन्दै गएको छ । यसले स्थानीयमा थप त्रासको अवस्था सिर्जना गरेको छ । लगातारको पराकम्पनले खुला आकाशमुनि बसेका स्थानीय जमिनै भासिएर पुरिन्छ कि भन्ने भयले रातभर निदाउन सकेका छैनन् ।
सिकिएन २०७२ पछिको अनुभव
२०७२ को भूकम्पको ताजा अनुभवले नेपाललाई भूकम्पको पूर्वतयारी र भूकम्पपछिको पुनर्निर्माणका धेरै कुरा सिकाएको छ । तर तिनको प्रयोग भने नभएको जाजरकोट भूकम्पले स्पष्ट पारेको छ । पश्चिम नेपालमा यस वर्ष ४.० रेक्टर स्केलभन्दा माथिका थुप्रै पटक भूकम्प र पराकम्पन गएका छन् । जाजरकोटमा शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प जानुअघि गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलका भूकम्प गए । त्यसअघि पनि गत वैशाख १४ गते बाजुरा केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पपीडितलाई नवलपुरका तीन स्थानीय तहको आर्थिक सहयोग
पूर्वी नवलपरासीका तीन स्थानीय तहले भूकम्पका कारण पीडित भएकालाई दुई–दुई लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।
गोल्डकपमा दुधौली सेमिफाइनलमा
बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितामा दुधौली स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा विदेशी टोली एभिनियर एफसी क्यामरुनलाई पराजित गर्दै दुधौली सेमिफाइनलमा प्रवेश गरेको हो ।
रेबिज सङ्क्रमणले गोरु मरे
ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–८ माम्खामा रेबिज सङ्क्रमण भएर हलगोरु मरेका छन् । रेबिज संक्रमति कुकुरको टोकाइले रेबिज रोगको लक्षण देखापरेको माम्खाकी प्रमीला राईको हलगोरु मरेका हुन् ।