• २२ असार २०८१, शनिबार

'नर्थल्ट १० के' दौड कार्यक्रम सम्पन्न

blog

करुण अर्याल 

लण्डन, कात्तिक २० गते । इंगल्याण्डमा रहेको नेपाल रन यूके क्लबले आइतबार लण्डनस्थित नर्थला पार्कमा “नर्थल्ट १० के” दौड कार्यक्रम आयोजना गरेको छ । 

“रिमेम्बरेन्स डे” को अवसर पारेर गरिएको १० किलोमिटर दौड कार्यक्रममा नेपाली र विदेशी गरी ३२० जना सहभागी भएका थिए  । समुदायमा स्वास्थ्य चेतना फैलाउने र नेपालको प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको नेपाल रनका संयोजक पाण्डव महतोले बताउनुभयो । 

उहाँले यस कार्यक्रमले संयुक्त अधिराज्य (बेलायत) मा रहेका नेपाली र गोर्खा समुदायको गतिविधिमा पनि  सहयोग पुगेको विश्वास व्यतm गर्नुभयो । नर्थल्ट १० केमा पुरुषतर्फ इलियास अहमद र महिलातर्फ निकोला पेन्टी अल्विराज प्रथम हुनुभयो । यसैगरी पुरुषतर्फ सिमोन सहदोस्रो र जोनाथ होरा तेस्रो हुनुभयो । 

महिलातर्फ मान्दा गुरुङ दोस्रो तथा क्लार मोरिस तेस्रो हुनुभयो । ६० बर्ष बढी उमेर समूहअन्तर्गत सुपर भेट्रान पुरुषमा स्टेफान प्लामर र महिलातर्फ लोराइन लेकेंबी विजेता बन्नुभयो । ४० देखि ६० बर्ष उमेर समूहमा सिमोन ओसेया र सलिना राज भण्डारी  विजेता बनेका नेपाल रनका सचिव जगन कार्कीले जानकारी दिनुभयो । 

नेपाल रन क्लबका तर्फबाट पुरुषमा प्रकाश गुरुङ र महिलामा तेजमाया सिग्देल विजेता हुनुभयो भने नेपाल रनको उत्कृष्ट दौड सुधारको पुरस्कार अमृत श्रेष्ठले प्राप्त गर्नुभयो । 

नेपालका ख्यातीप्राप्त धाविका मीरा राइको उपस्थिति रहेको कार्यक्रममा सेतो पुतली अभियानका कलाकार मिलन राई, एभरेस्ट म्याराथनका संस्थापक बिक्रम पाण्डे, नेपाल दूतावासका रामबाबु नेपाललगायत सहभागी हुनुभयो । एस्टार फाइनान्सियल सोलुसन प्रमुख प्रायोजक रहेको  कार्यक्रमको संयोजन सन्तोष राई र स्वयंसेवकको संयोजन रबिन्द्र अधिकारीले गर्नुभएको थियो ।