दुर्घटना न्यूनीकरण गर्न बस चालकलाई प्रशिक्षण
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि बस चालकलाई प्रशिक्षण दिइएको छ । यसले सवारी दुर्घटना र यसबाट हुने धनजनको क्षति न्यूनीकरण हुने पश्चिम नेपाल बस ब्यबसायी प्रालिले जनाएको छ ।
हाइब्रिजका लागि ८२ मिटर अग्ला खम्बा
काठमाडौँ–तराई/मधेश द्रुतमार्गमा ‘हाइब्रिज’ का लागि धरहराभन्दा अग्ला खम्बा निर्माण भइरहेका छन् । आयोजनाका अनुसार धरहराको भुइँ सतहदेखि गजुरसम्म कुल उचाइ ७८ मिटर रहेकोमा दु्रुतमार्गमा निर्माण हुने ‘हाइब्रिज’ मा ८२ मिटरसम्मका खम्बा निर्माण भइरहेका छन् । काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजना, सडक निर्माण कार्यदल बेसक्याम्प लेनडाँडाका प्राविधिक प्रमुख सेनानी विनोद श्रेष्ठले द्रुतमार्गमा पुलको काम धमाधम भइरहेको बताउनुभयो । उहाँले पुलका लागि ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज एकदेखि पाँचसम्म ४५ वटा पुलका लागि कुल एक हजार ७६८ पाइलमध्ये एक हजार १७५ वटा पाइलको काम सम्पन्न भएको बताउनुभयो । आयोजना अन्तर्गत निर्माण गरिने ८९ वटा पुलको कुल लम्बाइ १२.८८५ किलोमिटर हुने छ ।
धान थन्काउँदै किसान
तनहुँको भानु नगरपालिका–८ बलेफाँँटमा किसानलाई धान भित्र्याउने चटारो । जिल्लाका भानुका चुदीफाँट, बलेफाँट, व्यासको साँगेफाँट, रिस्तीफाँटलगायतका क्षेत्रमा पाकेका धान भित्र्याउन व्यस्त छन् ।
इन्जिनियर सत्याललाई तीन वर्ष कैद
विशेष अदालतले बागमती प्रदेश खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्याललाई तीन वर्ष कैद सजाय सुनाएको छ । सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका सत्याललाई अदालतले तीन वर्ष कैद र २० लाख ६० हजार रुपियाँ जरिबाना गरेको छ । यस्तै सत्यालसँगै पक्राउ परेका बखतबहादुर थापालाई डेढ वर्ष कैद सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्याल र थापालाई २८ लाख रुपियाँ घुससहित पक्राउ गरेको थियो । २०७९ मङ्सिर २६ गते दुवैविरुद्ध अख्तियारले विशेषमा मुद्दा दायर गरेको थियो ।
प्रश्न एकातिर, जवाफ अर्कैतिर
प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा पनि मन्त्रीसँग सांसदको प्रश्नोत्तरले अपेक्षित गति लिएन । भदौ २१ गतेको बैठकमा चार विभागीय मन्त्रीले सांसदका नौ प्रश्नको जवाफबाहेक अन्य मन्त्रालयसँग प्रश्नोत्तर हुन सकेन । कृषि तथा पशुपन्छी विकास, श्रम रोजगार तथा सामाजिक सुरक्षा, अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाहेक दोस्रो अधिवेशनमा अन्य मन्त्रालयको प्रश्नोत्तर भएन । चार मन्त्रालयका पनि दर्ता सबै मौखिक प्रश्नोत्तर पूरा भएनन् । बाँकी रहेका प्रश्नमा विभागीय मन्त्रालयले संसद्मा लिखित जवाफ पठाएका छन् ।
राष्ट्रिय सभा निर्वाचन तयारी
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनको मिति घोषणा हुन ढिलाइ भइरहँदा आयोग आन्तरिक तयारीमा जुटेको हो । नयाँ संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रिय सभाको प्रथम पटक छ वर्षे कार्यकालका लागि निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको पद फागुन २० गते रिक्त हुँदै छ ।
भूकम्पमा पुरिएर बाँचेका शिशु सहारा खोज्दै
कात्तिक १७ गतेको भूकम्पमा परेर १० महिने शिशु विशा बुढा आमा कृष्णा बुढासँगै माटोमुनि पुरिइन् । मध्यरातमा सुतेकै बेला गल्र्यामगुर्लुम घर ढलेपछि आमाछोरी सुतेकै ठाउँमा पुरिएका हुन् । स्थानीयले खोतलखातल गरेर उनकी आमा र मामाघरकी हजुरआमालाई निकाले । शरीरबाहिर निकालिए पनि दुवै जना निष्प्राण भइसकेका थिए । स्थानीयले आमाको मृत्यु भएकाले बच्चा पनि सँगै मरेको तर शव नभेटिएको ठाने र अन्यतर्फ उद्धारमा खटिए । दुई घण्टापछि प्रहरीसहितको उद्धार टोली पुगेर कोही छ कि भनेर दोहो¥याएर खोजी गरे । बच्चा पुरिएको छ भनेपछि टर्चलाइटको सहारामा ढुङ्गामाटो पन्छाउँदै थिए । भूकम्प गएको दुई घण्टा बितिसकेको थियो । एक्कासि माटोमुनि बच्चा रोएको आवाज आयो ।
मुक्तिनाथको सन्ध्याकालीन दृश्यमा मोहित पर्यटक (फोटोफिचर)
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको सन्ध्याकालीन दृश्य निकै रमणीय देखिएको छ । यो दृश्य आज शुक्रबारको हो । यहाँ सन्ध्याकालीन आरती आयोजना गरिन्छ ।
भूकम्प प्रभावित परिवारलाई गैर खाद्य सामग्री वितरण
प्लान इन्टरनेशनल नेपालले जाजरकोट र रुकुमपश्चिम जिल्लाको भूकम्प प्रभावित पाँचसय परिवारमा गैर खाद्य सामग्री वितरण गरेको छ ।
स्थानीय जडीबुटी प्रयोग गर्न आयुर्वेद औषधालय भवन बन्दै
गाउँपालिकाको लगानीमा गाउँपालिका क्षेत्रभित्र पाइने जडीबुटीको प्रयोग र उपचार गर्ने गरी गाउँपालिका–५ स्थित ठाडेचुरीमा आयुर्वेद औषधालय भवन निर्माण गरिने भएको हो ।
२५ पालिकामा खेल मैदान बनाइँदै
गण्डकी प्रदेश सरकारले २५ पालिकामा खेल मैदान बनाउन सघाउने भएको छ । प्रदेशका ८५ पालिकामध्ये छानिएका २५ पालिकामा ‘एक पालिका, एक खेल मैदान’को अवधारणामा प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले सहयोग गर्न लागेको हो ।
राप्तीसोनारीमा सार्वजनिक सुनुवाइ
बाँकेको राप्तीसोनारी गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । सार्वजनिक सुनुवाइमार्फत् गाउँपालिकाले नौं बुँदे साझा प्रतिबद्धता समेत घोषणा गरेको छ ।
पत्रकार महासङ्घ रुपन्देहीद्वारा भूकम्प प्रभावित सञ्चारकर्मीलाई सहयोग
नेपाल पत्रकार महासङ्घ रुपन्देहीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा प्रत्यक्षरुपमा प्रभावित सञ्चारकर्मी र सञ्चार माध्यमको राहतका लागि २५ हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
आठौं दिनमा खुल्यो अवरुद्ध सडक
जाजरकोटको रामीडाँडाको भूकम्पको धक्काबाट अवरुद्ध अर्जुनचौपारी–१ सहेले सडक आठौं दिनामा खुलेको छ ।
प्रशासनद्वारा विस्फाेटक पदार्थको ओसारपसारमा रोक
कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले विस्फाेटकक पदार्थको ओसारपसार, बिक्री वितरणमा पूर्णरुपमा रोक लगाएको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु
झापाको बिर्तामोड नगरपालिका– २ स्थित चारपाने चोकमा शुक्रबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
नरैनापुरका अध्यक्ष शाह अस्पताल भर्ना
बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको छातीमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि भारतको लखनऊमा रहेको एक अस्पतालमा भर्ना गरिएको छ ।
करबाकेली इको ट्रेकको प्रवर्द्धन गर्न पदयात्रा
म्याग्दीको करबाकेली इको ट्रेकको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न पदयात्रा गरिएको छ । अन्नपूर्ण गाउँपालिका–८ स्थित करबाकेलीदेखि पदयात्रा गरिएको हो ।
मिडिया ट्रायलबाट न्यायाधीश डराउनु पर्दैन : प्रधानन्यायाधीश श्रेष्ठ
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मिडिया ट्रायलबाट न्यायाधीश डराउनु नपर्ने बताउनुभएको छ ।
मासिक रूपमा तलबभत्तासँगै कर्मचारीले भुक्तानी पाउने
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरेर सरकारले उक्त निर्देशिका जारी गरेको हो । निर्देशिका अनुसार सवारी सुविधा प्राप्त गर्ने कर्मचारीले अबदेखि इन्धनको सट्टा नगद प्राप्त गर्ने छन् । इन्धनबापत सम्बन्धित कर्मचारीलाई कार्यालयले इन्धनको मूल्य बराबरको रकम मासिक रूपमा र मोबिल, बे्रक आयलबापतको रकम त्रैमासिक रूपमा उपलब्ध गराउनुपर्ने छ । यसरी प्रदान गरिने इन्धनबापतको रकम मासिक रूपमा दिने तलबभत्तासँगै कर्मचारीले भुक्तानी पाउने छन् ।
उच्च शिक्षा योग्यता प्रारूप तयार गरिँदै
सरकारले उच्च शिक्षामा गुणस्तर, मान्यता र सिकाइबारे एकरूपता कायम गर्न योग्यता प्रारूप तयार गर्दै छ । मन्त्रीपरिषद्ले नेपालका लागि राष्ट्रिय योग्यता प्रारूप स्वीकृत गरे पनि त्यसमा उच्च शिक्षाका सन्दर्भमा कतिपय विषयमा स्पष्ट व्याख्या गरेको छैन । ती विषयलाई स्पष्ट र व्याख्या गर्न उच्च शिक्षामा पनि योग्यता प्रारूप तयार गर्न लागिएको हो ।
भूकम्प क्षेत्रमा सुत्केरीको बिजोग
एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उहाँलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो । न त लैजाने स्ट्रेचर, न एम्बुलेन्स, न त अरू भाडाको सवारी साधन । सकिनसकी गेग्य्रान बाटोमा दुवै जना लड्खडाउँदै हिँड्नुभयो । मीनाकी सासू एक दिनकी नातिनी बोकेर अघि अघि हिँड्दै हुनुहुन्थ्यो । मीना भाउन्न भएर लड्न लाग्दा दुई स्वयंसेवक युवतीले देखेपछि हात समातेर अड्याए । सासू सुनिता बादीले भन्नुभयो, “लाने गाडी छैन, अहिले ननिकालिदेऊ, घर पनि छैन भन्दा पनि निकालिदिए, कहाँ लैजानु ? लिएर आया ।”
पन्ध्र लाख बरावरको पटाका नष्ट
सर्लाही प्रहरीले बिहीबार ठूलो परिमाणमा विष्फोटक पदार्थ पटाका नष्ट गरेको छ । प्रहरीले कात्तिक २० गते सदरमुकाम मलङ्गवा नगरपालिका ८ स्थित उमेशकुमार शुक्लाको घरमा छापा मारेर फेला पारेको तथा मातहतका युनिटले विभिन्न मिति र स्थानबाट बरामद गरेको पटाका बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलङ्गवा परिसरमा पत्रकार सम्मेलन गरी खाल्डोमा पुरेर नष्ट गरेको हो ।
गोर्खा लिजेन्ट पीएसपीएल क्रिकेटको फाइनलमा
गोर्खा लिजेन्ट पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफानल खेलमा रोयल किंगलाई ३३ रनले हराउँदै गोर्खा लिजेन्टले फाइनल यात्रा तय गरेको हो ।