• १ जेठ २०८२, बिहिबार

नरैनापुरका अध्यक्ष शाह अस्पताल भर्ना

blog

बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, कात्तिक २४ गते ।
बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको छातीमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि भारतको लखनऊमा रहेको एक अस्पतालमा भर्ना गरिएको छ ।

अध्यक्ष शाहको छातीमा एक्कासि समस्या देखिएपछि उहाँलाई भारतको लखनऊस्थित अपोलो अस्पतालमा भर्ना गरिएको गाउँपालिकाले जनाएको छ ।

नरैनापुर गाउँपालिकाका प्रेस संयोजक आलम खानले अध्यक्ष शाहको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई तत्काल लखनऊ लगिएको बताउनुभयो । अस्पतालमा भर्ना गरिएपछि शाहको स्वास्थ्यमा केही सुधार आएको र अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज गरिने उहाँले बताउनुभयो ।

५४ वर्षीय अध्यक्ष शाहलाई छातीमा सङ्क्रमण भएको तर हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जानकारी दिएको प्रेस संयोजक खानले बताउनुभयो ।

गत वर्ष पनि अध्यक्ष शाहलाई निमोनिया र  इन्फ्लुइन्जाको सङ्क्रमण भएपछि लामो समय भारतको लखनऊस्थित अपोलो अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।

नियमित स्वास्थ्य परिक्षणका लागि भारतको लखनऊ पुगेको बेला एक्कासी छातीमा समस्या देखिएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको गाउँपालिकाले जनाएको छ ।