• १ जेठ २०८२, बिहिबार

प्रशासनद्वारा विस्फाेटक पदार्थको ओसारपसारमा रोक

blog

जिल्ला प्रशासन कार्यालयको प्रशासनिक भवन । तस्बिरः नारद कोहार

नारद कोहार
तौलिहवा, कात्तिक २४ गते ।
कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले विस्फाेटक पदार्थको ओसारपसार, बिक्री वितरणमा पूर्णरुपमा रोक लगाएको छ । साथै चाडपर्वमा पटका, आतसवाजी जस्ता प्रज्वलनशील पदार्थ नपड्काउन, जुवातासलगायतका जुवाजन्य खेल नखेल्न नखेलाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताउनुभयो ।

उहाँले कोही कसैबाट कानुन विपरीतका कार्यहरु गरेको पाइएका प्रचलित कानुनबमोजिम कारबाही हुने बताउनुभयो । प्रशासनले तिहारमा देउसी, भैलो, नाच गान तथा सांस्कृतिक कार्यक्रम जस्ता मनोरञ्जनात्मक कार्यहरु  बेलुका ९ बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।