युट्युबसहित १७ मिडियालाई २४ घण्टे स्पष्टीकरण माग
प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै बुधबार युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
भूकम्पपीडितको जीवन रक्षा गर्न सरकारलाई एमालेको आग्रह
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पश्चिम नेपालका भूकम्पपीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको हो ।
करणीको आरोपमा तीन पक्राउ
१७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय डोटीले तीन जनालाई पक्राउ गरेको छ ।
उपल्लो मुस्ताङलाई निषेधित क्षेत्रबाट हटाउन माग
मुस्ताङको तीनवटा स्थानीय तहले आफ्नो भूगोललाई निषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ लाई सरकारले निषेधित क्षेत्र तोकेको छ ।
पर्यटन ऐन संशोधनको प्रक्रियामा छौँ : राज्यमन्त्री सिर्पाली
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटकहरूलाई मध्यनजर गरी पर्यटन ऐन संशोधनको प्रक्रियामा रहेको बताउनुभएको छ ।
ढुङ्गा लागेर महिलाको मृत्यु
दाउरा लिएर आउने क्रममा ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार कालिकोटको तिलागुफा नगरपालिका–७ राचुल्ली घर भएकी २२ बर्षीया कमला विक कामीको ढुङ्गा लागेर ज्यान गएको हो ।
नयाँ उत्साह र आत्मविश्वासको साथ अघि बढ्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सर्नुभएको छ ।
अर्थतन्त्र सुधार्न सरकार प्रतिबद्ध
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको अर्थतन्त्र दबाबमै रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा नेपालको अर्थतन्त्रको विद्यमान समस्या र त्यसको निराकरणका लागि प्रधानमन्त्री स्वयंले बोलाउनुभएको सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उहाँले दबाबमा रहेको अर्थतन्त्र सुधार सरकार, राजनीतिक दल, निजी क्षेत्र, सार्वजनिक प्रशासनको संयुक्त प्रयासबाट सम्भव हुने बताउनुभयो ।
कार्यालय प्रमुख नहुँदा सेवाग्राही प्रभावित
गृह–मन्त्रालयले इलाका प्रशासन कार्यालय बोदे बरसाइन सप्तरीका लागि शाखा अधिकृत वा कायममुकायम शाखा कार्यालय प्रमुख व्यवस्था नगर्दा असोज २६ गतेदेखि सेवा प्रवाह रोकिएको छ । इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले नायब सुब्बा दिनेशकुमार राउतलाई कायम मुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि गत असोज २६ गते सकिएको हो । मन्त्रालयले अर्को व्यवस्था नगर्दा नागरिकता वितरण, मधेसी, दलित, जनजाति प्रमाणीकरण तथा सिफारिस गर्नेलगायतका सेवा रोकिएको जनाइएको छ ।
गुरुकुलका लागि सप्ताह महायज्ञ
सनातन हिन्दु धर्मको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले स्थापना गरिएको वेद विद्याश्रम गुरुकुललाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न काठमाडौँको बुढानीलकण्ठ मन्दिर परिसरमा विराट् महायज्ञ सप्ताह सुरु भएको छ । हरिबोधनी एकादशीको अवसर पारेर बुढानीलकण्ठ मन्दिर व्यवस्थापन समितिले बुधबारदेखि मङ्सिर ११ गतेसम्म महायज्ञ सप्ताह सुरु गर्न लागेको हो । बुढानीलकण्ठ मन्दिरमा दशनामी मठका संरक्षक श्री १००८ स्वामी निगमानन्द गिरी महाराजको सङ्कल्प तथा १०८ स्वामी पुरुषोत्तम महाराजको प्रवचनमा सम्पन्न हुने महायज्ञको पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । सो अवसर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत पनि सहभागी हुनुभयो ।
कांग्रेसले अस्थायी घरटहरा बनाइदिने
नेपाली कांग्रेसले कात्तिक १७ गतेको जाजरकोट भूकम्पपीडितका लागि एक हजार घरटहरा निर्माण गर्ने भएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार श्रमदानमै अस्थायी घरटहरा निर्माण गर्ने निर्णय भएको हो । महामन्त्री गगनकुमार थापाको सभापतित्वमा मङ्गलबार बसेको पदाधिकारी, केन्द्रीय सदस्य, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाको बैठकले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका अस्थायी घरटहरा निर्माण अघि बढाउने निर्णय गरेको हो ।
गैँडा हत्या प्रकरण : अनुसन्धान पटके अभियुक्ततिर
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारिने र खाग, खुर पनि गायब हुने घटना भएपछि त्यसको अनुसन्धान विभिन्न पक्षबाट भइरहेको छ । पेसेवर सिकारी नै त्यसमा संलग्न भएको प्रारम्भिक निष्कर्षसहित अनुसन्धानको पाटो यसअघि यस्ता घटनामा संलग्न भई पक्राउ परेका, दोषी प्रमाणित भई थुनामा रहेका र कैद भुक्तान गरी बाहिरिएका व्यक्तितिर सोझिएको छ ।
सर्वोच्चमा ६ जना न्यायाधीश सिफारिस
न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश सिफारिस गरेको छ । रिक्त सात पदमध्ये मङ्गलबार ६ जनाको नाम सिफारिस गरिएको हो । २०७८ जेठयता न्यायाधीशले उमेरहदका कारण अवकाश पाउँदै गए पनि पदपूर्ति भने नियमित भएको थिएन । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भए प्रस्तावित न्यायाधीशको नियुक्तिको बाटो खुल्ने छ । अहिले सर्वोच्चमा १४ जना न्यायाधीश कार्यरत छन् । संवैधानिक व्यवस्था अनुसार सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जनाको दरबन्दी छ । मङ्गलबार बसेको परिषद् बैठकले उच्च अदालतका न्यायाधीशबाट चार र कानुन व्यवसायीबाट दुई जनालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो । परिषद्ले उच्च अदालतबाट सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गानालाई न्यायाधीशमा सिफारिस गरेको हो ।
शान्ति सम्झौताका बाँकी कामलाई टुंगो लगाउने विषयमा शीर्ष नेताको छलफल
मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच छलफल भएको हो।
ऋण नतिर्नेलाई राज्यले छोड्दैनः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेलाई राज्यले नछोड्ने बताउनुभएको छ।
राजपुरमा आँखा उपचार केन्द्र सञ्चालन
दाङको राजपुर गाउँपालिकामा एकीकृत आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, लमही आँखा अस्पताल र राजपुर गाउँपालिको साझेदारीमा राजपुर गाउँपालिका–२ को पवित्रनगरमा सो केन्द्रको उद्घाटन गरिएको हो ।
पार्टी अभियानमा सहयोग गर्ने सुशासन विभागको निर्णय
नेकपा (एमाले) उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागले जाजरकोट, रुकुमपश्चिमका भूकम्पपीडितका लागि पार्टीले सुरु गरेको पुनर्स्थापनाको काममा सक्दो सहयोग गर्ने निर्णय गरेको छ ।
लागुऔषधसहित युवा पक्राउ
अर्जुनचौपारी गाउँपालिका–१ रैतमा लागूऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय २८ वर्षीय दिलबहादुर क्षेत्रीले घरमा लुकाइछिपाई राखेको अवैध लागूऔषधलाई गोप्य सूचनाको आधारमा पहरीले पक्राउ गरेको हो ।
‘आपसी सहयोगलाई प्राथमिकतामा राखेर काम गर्छु’
ताप्लेजुङमा दोस्रो पटक महिला प्रमुख जिल्ला अधिकारी भएर आउनुभएकी हिरादेवी पौडेलले आपसी सहयोगलाई पहिलो प्राथमिकतामा राखेर आफूले काम गर्ने बताउनुभएको छ ।
असुरक्षित नेटवर्क प्रयोग नगर्न सञ्चार मन्त्रालयको अनुरोध
मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले सरकारले टिकटक बन्द गरे पनि फ्रि भिपिएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, ब्याकमेलमा परिने र जोखिम बढ्ने नेटवर्क प्रयोग नगर्न अनुरोध गरेको हो।
महासङ्घले पहिचान रक्षाका लागि भेला गर्ने
आदिवासी जनजाति महासङ्घले चरणबद्धरुपमा प्रदेश स्तरीय पहिचान सभाको कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ ।
केपी ओली कप प्रतियोगिता हुँदै, १२ टिम भिड्ने
पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ ।
टिकटकको मुद्दामा अन्तरिम आदेश भएन : सरकारसँग लिखित जवाफ माग
टिकटक प्रतिबन्धविरुद्धको रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ। सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार सुनुवाइ गर्दै विपक्षीको माग बमोजिम अन्तरिम आदेश नदिएको हो।