ब्रोडवे इन्फोसिस प्रालि सम्मानित
सूचना प्रविधिको क्षेत्रमा कार्यरत ब्रोडवे इन्फोसिस प्रा.लि. दक्षिण कोरियामा सम्मानित भएको छ । नोभेम्बर १३, १४ र १५ मा दक्षिण कोरियाको सियोलमा आयोजित कार्यक्रममा सो संस्था सम्मानित भएको हो ।
उद्धारमा गएको व्यक्तिको नहरमा डुबेर मृत्यु
बाँकेको एक नहरमा डुबेका बालकलाई उद्धार गर्न गएका एक व्यक्तिको नहरमै डुबेर मृत्यु भएको छ । नरैनापुर गाउँपालिका –६, कोहलाका ३१ बर्षीय बच्छराज धोबीको राप्ती नदीको सिक्टा पूर्वी नहरमा डुबेर बिहीबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ ।
जथाभावी प्रतिजैविक प्रतिरोध औषधिको प्रयोग नगर्न चिकित्सकको सुझाव
पछिल्लो समय एन्टिमाइक्रोबियल रेजिस्टेन्स (प्रतिजैविक प्रतिरोध) एक विश्वव्यापी जनस्वास्थ्य समस्याको रुपमा देखा परेको छ ।
कार्बन उत्सर्जन शून्यमा झारिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उहाँले दिगो आर्थिक विकास र निर्माणका लागि निजी क्षेत्रले नेतृत्व लिन आवश्यक रहेको पनि बताउनुभयो ।
सेवा प्रभावकारी बनाउन अख्तियारको सुझाव
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक खरिद, सार्वजनिक सेवा प्रवाह, नियमनकारी भूमिका थप प्रभावकारी बनाउँदै लैजान सुझाव दिएको छ । अख्तियारले सार्वजनिक नियामक निकाय तथा सार्वजनिक संस्थानसँग गरेको अन्तर्क्रियामा प्रमुख आयुक्त प्रेमकुमार राईसहित आयुक्तले कानुनको अक्षरशः पालना गर्नुपर्ने, आयोगबाट दिइएका सुझावको गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
प्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने छ जनालाई दुई वर्ष कैद
जिल्ला अदालत काठमाडौँले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि ज्यान लिने उद्देश्यले कुटपिट गर्ने ६ जनालाई जनही दुई वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश विनोद खतिवडाको इजलासले बिहीबार ६ जनालाई कैद तथा जरिबाना फैसला गरेको हो । दोषी ठहर भएका सबै नेपाल विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थी हुन् । अभियुक्तमध्येका एक जनालाई अदालतले सफाइ दिएको छ । चलाउनेलाई २८ लाख १७ हजार रुपियाँ उपचार खर्चबापतको क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले फैसलामा भनेको छ ।
राष्ट्रिय सभा निर्वाचन माघ ११ मा गर्न सुझाव
निर्वाचन आयोगले आउँदो माघ ११ गते बिहीबार राष्ट्रिय सभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । २०७४ सालमा पहिलो कार्यकालका लागि निर्वाचित भएकामध्ये एक तिहाइ सदस्यको पदावधि फागुन २० गते सकिँदै छ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका १९ सदस्य मतदानबाट र राष्ट्रपतिबाट मनोनीत एक गरी २० जना निर्वाचित हुने छन् ।
अब सरकारी अस्पतालमा चिकित्सा शिक्षा
चिकित्सा शिक्षामा जनशक्तिको अभाव हुन थालेपछि सरकारले एक सयदेखि तीन सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन गराउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्तो प्रस्ताव पारित गरेर चिकित्सा शिक्षा आयोगमा पठाएको छ । साथै प्रस्तावमा अस्पतालहरूको राय पनि मागेको छ ।
गठन आदेशको लाग्यो चाङ
मुलुकी सङ्घीय संरचनामा गइसक्दा पनि ६७ वर्ष पुरानो विकास समिति ऐनमा टेकेर प्रत्यायोजित विधायनको मर्मविपरीत सरकारले गठन आदेश जारी सिलसिला नरोकेको संसदीय अध्ययनले देखाएकोे छ । सरकारद्वारा गठित सार्वजनिक खर्च कटौती आयोगले समिति खारेज तथा पुनर्संरचना गर्न सुझाए पनि सरकारले गठनको सिलसिलालाई झनै बढाएको हो । अध्ययनमा अधिकांश गठन आदेश प्रत्यायोजित विधायनविपरीत रहेको निष्कर्ष छ । संसदीय नियन्त्रणसमेत हुन नसकेको निष्कर्ष समितिले औँल्याएको छ ।
संयुक्त अभ्यासका लागि सैनिक टोली भारत प्रस्थान
भारतको पिथौरागढमा भोलिदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ।
कालीगण्डकी नदीमा पुरुषको शव फेला
तानसेन–१४, दुमैस्थित कालीगण्डकी नदीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्ने पुरुष रिव्दीकोट–३, मालमुल बस्ने वर्ष ६७ का होमबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्गाराज पोमुको स्मृतिमा दुई लाखको अक्षयकोष
मोरङ उर्लाबारी—९ को पोमु परिवारले आफ्ना स्वर्गीय बुबा दुर्गाराज पोमुको स्मृतिमा स्थानीय एक विद्यालयमा दुई लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ । पोमुको परिवारले प्रभात आधारभूत विद्यालय उर्लाबारी–९ मा अक्षयकोष स्थापना गरेको हो ।
रिड नेपालद्वारा छात्रवृत्ति प्रदान
ताप्लेजुङमा क्रियाशील शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले यस वर्षको छात्रवृत्ति वितरण गरेको छ । उच्च शिक्षा अध्ययन गरिरहेका जिल्लाको दुर्गम क्षेत्रका सातजना विद्यार्थीलाई रिड नेपालले छात्रवृत्ति वितरण गरेको हो ।
चामलसँग साटेर पानी पिउदै सिङ्गो गाउँ
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारस्थित सिङ्गो गाउँले चामलसँग साटेर पानी उपभोग गरिरहेको छ। पानीको चरम समस्या भएपछि उक्त गाउँका मानिस चामलसँग पानी साट्न बाध्य भएका हुन्।
बाँकेमा धान उत्पादन बढ्यो
बाँकेमा यसवर्ष गत वर्षभन्दा धानको उत्पादन बढ्ने अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीले यो वर्ष धानको क्षेत्रफलसँगै उत्पादनमा पनि बढेको जानकारी दिनुभयो।
पाथीभरामा दसैंतिहारमा मात्रै ६१ हजारभन्दा बढी दर्शनार्थी
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँतिहारको अवधिमा मात्रै ६१ हजारभन्दा बढी दर्शनार्थी आएका छन् ।
ऋण लिएर तिर्दिन भन्न कसैलाई छुट छैन : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई नभएको बताउनुभएको छ । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उहाँले ऋण लिएर जथाभाबी लगानी गर्ने र अहिले ऋण तिर्दिन भन्न नपाउने बताउनुभयो ।
चौरजहारीमा घर बनाउँदै स्याङ्जाको युवा सङ्घ
गत कात्तिक १७ गते गएको भूकम्पबाट घरमा पूर्ण क्षति पुगेको परिवारको घर निर्माण कार्यमा युवा सङ्घ स्याङ्जाको टोली रुकुमपश्चिममा सक्रिय रहेको छ ।
जनतासँग प्रदेश सभा सदस्य कार्यक्रम सुरु हुँदै
नेकपा (एमाले) ले बाँकेमा जनतासँग प्रदेशसभा सदस्य कार्यक्रम सञ्चालन गर्नुभएको छ । पार्टी कार्यकर्ता र आम जनतासँग निर्वाचनको समयमा गरिएको प्रतिबद्धता कार्यान्वयन भए नभएको विषयमा आम जनतासँग साक्षात्कारका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको एमाले बैजनाथ गाउँपालिका कमिटीका सचिव प्रेम सुवेदीले जानकारी दिनुभयो ।
हरित अभियान सफल पार्न २१८ ट्रि गार्ड सहयोग
कोहलपुर नगरपालिकाद्वारा व्यापक वृक्षरोपण गरेर सुरु गरिएको हरित कोहलपुर अभियानलाई सफल बनाउन विभिन्न संघसंस्थाले विरुवा संरक्षणका लागि २१८ वटा ट्रि गार्ड सहयोग गरेका छन् ।
विपत् उत्थानशील पूर्वाधार निर्माण जरुरी : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले मौसम परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा लागेकाहरूले विशेष सर्तकता अपनाउनु जरुरी भएको बताउनुभएको छ । राजधानीमा बुधबार एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको छाता सङ्गठन इफाप्काको ४६ औँ सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले भौतिक पूर्वाधारको विकाससँगै यससँग सम्बन्धित अन्य पक्षलाई पनि ध्यान दिनुपर्ने बताउनुभएको हो ।
बिदेसिएका साढे चार लाख श्रमिक सामाजिक सुरक्षा कोषमा
वैदेशिक रोजगारीमा गएका साढे चार लाखभन्दा बढी श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन् । आठ महिनाअघि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजना कार्यान्वयनमा ल्याएपछि सो सङ्ख्यामा श्रमिक आबद्ध भएका हुन् । यो सङ्ख्या चैत ८ देखि मङ्सिर ५ सम्मको हो । कोषका अनुसार यसरी कोषको योजनामा आबद्ध भएर वैदेशिक रोजगारीमा जाने श्रमिकबाट हालसम्म करिब ९१ करोड ३२ लाख योगदान रकम कोषमा जम्मा भएको छ । कोषका प्रवक्ता विवेक पन्थीले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, विदेशमा रोजगार र स्वरोजगार रहेका श्रमिकको उक्त योजनामा उत्साहजनक सहभागिता भएको बताउनुभयो ।
सडक बत्तीको महसुल उठाउन ताकिता
नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती बक्यौता महसुल उठाउन स्थानीय निकाय तथा सरोकारवालालाई सातदिने अल्टिमेटम दिएको छ । प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गर्दै एक साताभित्र बक्यौता महसुल नबुझाए लाइन काटिने जनाएको छ । प्राधिकरणले लामो प्रयासका बाबजुद यस्तो महसुल उठाउन नसकेपछि रकम शोधभर्नाका लागि सङ्घीय सरकार अन्तर्गत अर्थ मन्त्रालयलाई आग्रह गरेको थियो तर अर्थ मन्त्रालयले सडक बत्तीबापतको भुक्तानीको जिम्मा सम्बन्धित स्थानीय तहकै हुने र उनीहरूमार्फत नै असुल गर्न पत्राचार गरेपछि प्राधिकरणले पछिल्लो पहल थालेको हो । प्राधिकरणले गत असोज २१ गते यस्तो महसुलसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको थियो ।
ललितपुरमा अत्याधुनिक दमकल
ललितपुर महानगरपालिकाले आधुनिक प्रविधि जडानयुक्त दुई वटा दमकल सञ्चालनमा ल्याएको छ । आगलागीका बेला करिब १२० मिटर टाढा र २० तलाको उचाइसम्म पनि पानीको फोहोरा हान्न सक्ने दुई वटा दमकल बुधबारदेखि सञ्चालनमा ल्याएको हो । महानगरपालिकाले विपत् व्यवस्थानका लागि इसुजी कम्पनीका दमकल सञ्चालनमा ल्याएको हो । आगलागी नियन्त्रण गर्न महानगरको प्राङ्गणमा बुधबार दमकलद्वारा नमुना प्रदर्शन गरिएको थियो । प्रदर्शनको अवलोकन गर्दै महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले दमकल सञ्चालनको शुभारम्भ गर्नुभएको थियो । जापानी कम्पनीका उक्त दमकल पाँच करोड ६५ लाख रुपियाँमा महानगरपालिकाले खरिद गरेको कार्यव्रmममा जानकारी गराइएको थियो ।