• २३ वैशाख २०८२, मङ्गलबार

चौरजहारीमा घर बनाउँदै स्याङ्जाको युवा सङ्घ

blog

युवा सङ्घ, नेपाल स्याङ्जा टोलीले निर्माण गरेको अस्थायी टहरा । तस्बिर : सुशील खनाल

अर्जुन काफ्ले

स्याङ्जा, मङसिर ७ गते ।  गत कात्तिक १७ गते गएको भूकम्पबाट घरमा पूर्ण क्षति पुगेको परिवारको घर निर्माण कार्यमा युवा सङ्घ स्याङ्जाको टोली रुकुमपश्चिममा सक्रिय रहेको छ ।  

भूकम्पले घर क्षति भएकाहरूको अस्थायी घर बनाएर चिसोबाट बचाउन युवा सङ्घका अध्यक्ष सुशील खनालको नेतृत्वमा रुकुमको चौरजहारीमा टोली सक्रिय रहेको हो । भूकम्प गएको १५ औँ दिनमा पुगेको नौ जनाको टोलीले चौरजाहरी –११ मा दुई दिनमा तीन वटा त्रिपालले छाएर अस्थायी घर बनाएको अध्यक्ष खनालले बताउनुभयो । 


चौरजहारी पुगेको र पुग्ने टोलीले १५ दिन भूकम्पका घर क्षति भएका परिवारको लागि अस्थायी आवास निर्माण गर्ने खनालले बताउनुभयो । जिल्लाबाटै आवश्यक सामग्री लिएर पुगेको टोलीले तोकिएको समयमा ५० भन्दा बढी अस्थायी आवास बनाउने र पीडामा परेकालाई सहयोग गर्ने खनालको भनाइ छ ।