प्रहरी समायोजन प्रक्रिया छिटै सुरु हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
सरकार संविधानतः प्रदेशहरुलाई अधिकार सम्पन्न र संघीयतालाई बलियो बनाउन आवश्यक ऐन निर्माण, संशोधन एवम् कार्यविधि तय गर्न लागिरहेको छ ।
कक्षा दुई र चारमा एक/एक जनामात्रै विद्यार्थी
खोटाङको एक सामुदायिक विद्यालयका दुई वटा कक्षामा एक/एक जना मात्र विद्यार्थी छन् । जिल्लाको रावा बेसी गाउँपालिका–२ खार्पा रुभुङस्थित पञ्चकन्या आधारभूत विद्यालयको कक्षा दुई र चारमा एक/एक जना मात्र विद्यार्थी अध्ययनरत रहेका हुन् ।
नार्कको प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को आर्थिक वर्ष २०८०/०८१ को केन्द्रीय स्तरको प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा मङ्गलबार नार्कअन्तर्गतका ६२ वटा कार्यालयहरूको समग्र प्रगति विवरण सो समीक्षा गोष्ठीमा पेस गरिएको थियो ।
भूमिहीन, सुकुम्वासी र दलितको समस्याप्रति पालिका बेखबर
पर्वतको भूमिहीन सुकुम्वासी र दलितको समस्याबारे स्थानीय पालिका बेखबर देखिएका छन्। पालिकाको बेवास्ताकै कारण राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतले पुष्टि गरेका भूमिहीन, सुकुम्वासी र दलित एक जनाले पनि जग्गाको लालपुर्जा पाउन सकेका छैनन्।
गौतम बुद्ध विमानस्थल छिटो सञ्चालनमा ल्याउन व्यवसायीको माग
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सुचारु गर्न समन्वयात्मक भूमिका निर्वाह गरिदिन पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग माग गरेको छ । सङ्घले यस क्षेत्रको आर्थिक मेरुदण्डका रूपमा रहेको यो विमानस्थलबाट निरन्तर उडानको व्यवस्था गर्न माग गरेको हो ।
बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
बाँकेमा बालिका शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । जिल्लाका आठमध्ये चार पालिकाका विभिन्न विद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो ।
मुख्यमन्त्रीका पिताद्वारा सात लाखको अक्षयकोष स्थापना
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहका पिता मङ्गलबहादुर शाहले सात लाख रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
निर्माण व्यवसायीको तीन अर्ब भुक्तानी
सरकारले गत आर्थिक वर्षमा काम सम्पन्न भएका आयोजनाको बाँकी रकम निर्माण व्यवसायीलाई भुक्तानी सुरु गरेको छ। सरकारले दसैँपछि अहिलेसम्म तीन अर्ब बराबर रकम भुक्तानी गरेको छ।
जलवायु हानिनोक्सानी कोष परिचालनमा चुनौती
पाँच दिनपछि संयुक्त अरब इमिरेट्समा सुरु हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन, कोप २८ को सबैभन्दा पेचिलो विषय जलवायु् क्षति र नोक्सानी वित्त कोषको कार्यान्वयन रहने भएको छ । कोप २८ सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउँदै छ । प्रधानमन्त्री प्रचण्डले अवस्थितिपत्रका आधारमा नेपालको स्पष्ट अवधारणा मुख्य बैठक र सत्रमा राख्ने कार्यसूची छ ।
संसद्को अधिकार क्षेत्रमा हस्तक्षेप
संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम जाजरकोट भूकम्प प्रभावितका लागि विपत् व्यवस्थापन कोषमा सार्ने सरकारको निर्णयप्रति प्रतिनिधि सभाका विषयगत समिति सभापतिहरूले आपत्ति जनाएका छन् । विषयगत समितिको काम कारबाहीबारे सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको छलफलमा अधिकांश सभापतिले सरकारले संसद्को अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका हुन् । सभापतिहरूले उक्त निर्णयमा सरकारको ध्यानाकर्षण गराउन सभामुख घिमिरेसमक्ष माग पनि गरेका छन् । कात्तिक २७ गतेको निर्णयबाट सरकारले कोषको आठ अर्ब २५ करोड रुपियाँ रकम भूकम्पपछिको पुनर्निर्माणका लागि खर्च गर्नेगरी स्थानान्तरण गर्ने निर्णय गरेको थियो । उक्त कार्यक्रम तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको थियो ।
‘द लेप्रोसी मिसन नेपाल’ द्वारा सफल भएको दाबी
‘द लेप्रोसी मिसन नेपाल’ ले आफूले गरेको काममा सफलता पाएको जनाएको छ । अपाङ्गता समावेशी रोजगारी प्रवर्द्धन कार्यक्रममा लेप्रोसीले सफलता हासिल गरेको दाबी गरेको हो ।
वन ऐन संशोधनपछि ठुलो क्रान्ति हुनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधान गर्न एक हप्ताभित्रै ऐन संशोधन गर्ने बताउनुभएको छ । उहाँले वन ऐन संशोधनपछि एउटा ठुलो क्रान्ति हुने विचार पनि व्यक्त गर्नुभयो ।
'अग्रगामी समाज बनाउन महिलाको भूमिका महत्त्वपूर्ण'
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अग्रगामी समाज बनाउन महिलाको भूमिका सशक्त तथा महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
राष्ट्रपति रनिङ शिल्ड हिमज्योतिलाई
गाउँपालिका केन्द्र सर्केगार्डमा सञ्चालन भएको सर्केगार्ड गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिमज्योति मावि विजयी भएको छ । गाउँपालिकाका चार माविबिच भएको सो प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण पदक जितेर हिमज्योति मावि पहिलो भएको हो ।
अखाद्य बस्तु बिक्री रोक्न कडाइ
नेपालगन्जमा अखाद्य बस्तुको बिक्री रोक्न कडाइ सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरमा लेवलिङ नगरिएका, म्याद गुज्रेका र अखाद्य बस्तुको विक्री भइरहेको स्थानीयको गुनासोपछि नेपालगन्ज उपमहानगरले कडाइ गरेको हो ।
स्वर्गीय दीपा वलीको नाममा २० लाखको अक्षय कोष
गायिका तथा नेकपा (एमाले) का नेता कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपियाँको अक्षय कोष स्थापना गरेको छ ।
अर्जुनचौपारीमा प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव हुने
अर्जुनचौपारी गाउँपालिकाले प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोत्सव गर्ने भएको छ । पालिका बनेको सातौ वर्षमा गाउँपालिकाको खेल मैदानमा पहिलो राष्ट्रपति कप मङ्सिर १९ देखि २२ गतेसम्म सञ्चालन हुने छ ।
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको छ ।
कर्णालीका पहुँच मार्ग निर्माणमा ढिलासुस्ती
कर्णालीका पहुँच मार्ग निर्माणमा ढिलासुस्ती भइरहेको छ । राष्ट्रिय गौरवका रूपमा रहेका ती सडक हालसम्म पनि निर्माणकै क्रममा छन् । केही निर्माणको अन्तिम चरणमा छन् भने केहीको ट्र्याक खोल्ने काम भइरहेको छ । ‘लाइफलाइन’ कै ट्र्याक खोल्न ढिलासुस्ती कर्णाली प्रदेशकै ‘लाइफलाइन’ का रूपमा हेरिएको कर्णाली कोरिडोरको ट्र्याक खोल्ने काममा ढिलासुस्ती भएको छ । एक दशक बितिसक्दा पनि ट्र्याक निर्माणकै काम सकिएको छैन । कोरिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सिमकोटसम्म २६८ किलोमिटर सडकखण्ड निर्माणमा ढिलासुस्ती भइरहेको छ । यो खण्डमा २४ प्रतिशत भौतिक प्रगति भएको छ भने हालसम्म २० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । २६८ किलोमिटर सडकमध्ये २६६ किलोमिटर ट्र्याक खोल्ने काम सकिएको हिल्सा–सिमकोट सडक आयोजनाले जनाएको छ ।
सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ
मोरङको रतुवामाई नगरपालिकामा सरकारी छाप तथा दस्तखत किर्ते गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । जग्गा कारोबारीमार्फत किनबेच भएको जग्गाको सिफारिस किर्ते देखिएपछि उनीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । स्थानीयले भने किर्तेमा जग्गाधनीको संलग्नता नरहेको दाबी गरेका छन् । प्रहरी नियन्त्रणमा रहेका पाँचै जना ६० वर्षमाथिका खेतीकिसानी गर्ने नागरिक हुन् । सात जनाको जग्गा बिक्रीका लागि दलालमार्फत प्रक्रिया अगाडि बढाइएको थियो । पक्राउ पर्नेमा रतुवामाई–४ का ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरियादेवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, पैखनलाल राजवंशी र ६४ वर्षीय कन्हारु राजवंशी छन् । बाँकी दुई जना गुञ्जीलाल र सनिता राजवंशी फरार सूचीमा रहेका छन् । उनीहरूविरुद्ध रतुवामाई नगरपालिका–३ का वडाध्यक्ष देवीलाल ताजपुरियाले
पौड्यालको नाम सर्वसम्मत अनुमोदन
संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिले आइतबार सुनुवाइ सम्पन्न गरेसँग नाम नियुक्ति प्रक्रियाका लागि अनुमोदन गरेको हो । यद्यपि समिति सदस्यहरूले पौड्यालमाथिका उजुरीबारे थप अध्ययन गरेर मात्र अनुमोदनको पक्षमा लामो छलफल गरेका थिए । आगामी सुनुवाइदेखि सुनुवाइलगत्तै निर्णय नगर्ने समझदारीमा पौड्यालको नाम भने सर्वसम्मत अनुमोदन भएको हो ।
कात्तिक शुक्ल पूर्णिमा: गुरु नानक जयन्ती
प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
काष्ठमण्डप खुला गर्नेबारे अझै अन्योल
पुनर्निर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा काष्ठमण्डप सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने विषय अझै अन्योलमै छ । २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको उक्त सम्पदाको पुनर्निर्माण सम्पन्न गरी काष्ठमण्डप पुनर्निर्माण समितिले गत असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाइसकेको छ ।
जहाज खरिद प्रक्रिया छिट्टै
नेपाल वायु सेवा निगमले जहाजको उपलब्धतासँगै संस्थाको पुनर्संरचना पनि सँगसँगै अघि बढ्ने बताएको छ । निगमले जहाज खरिद गर्दा पुनर्संरचना नरोकिने प्रस्ट पारेको हो । आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि बढाएको निगमले संस्थाको पुनर्संरचना र जहाज खरिद प्रक्रिया फरक रहेकाले यी दुई कार्य एकअर्कालाई रोकेर गर्ने विषय नभएको स्पष्ट पारेको हो ।