सरसफाइकर्मीको स्वास्थ्य निर्देशिकाबारे सुझाव सङ्कलन
नेपालगन्ज उपमहानगरपालिकाका सरसफाइकर्मीको पेसागत स्वास्थ्य तथा सुरक्षा निर्देशिकाको मस्यौदा बारेमा बिहीबार सुझाव सङ्कलन गरिएको छ ।
दुई लाख राशिको भलिबल प्रतियोगिता हुँदै
राष्ट्रव्यापी अन्तर स्थानीय तह भलिबल प्रतियोगिता प्युठानको माण्डवी गाउँपालिकामा सुरु भएको छ । प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको हो ।
राष्ट्रपति चुरे–तराई–मधेश कार्यक्रम हटाउन माग
नवलपुरका स्थानीय तहका जनप्रतिनिधिले राष्ट्रपति चुरे–तराई –मधेश संरक्षण कार्यक्रम हटाउन माग गरेका छन् । स्थानीय विकास निर्माण, विपद् व्यवस्थापन, आन्तरिक स्रोत वृद्धिलगायत कार्यक्रममा अवरोध भएको भन्दै सो कार्यक्रम हटाउन माग गरेका हुन्।
मन्त्रिपरिषद् बैठकका ३५ निर्णय (सूचीसहित)
सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
साढे चार महिनामा सशस्त्र र एसएसबीका एक सय ४५ संयुक्त गस्ती
दुईतिर भारतीय सिमाना जोडिएको कञ्चनपुरमा केही वर्षयता सशस्त्र प्रहरीले उपस्थिति बढाएर सीमा सुरक्षा अब्बल बनाएको छ । कोरोना महामारी अघिसम्म सीमा इलाका पोष्ट पाँच वटा मात्रै रहेपनि हाल त्यो सङ्ख्या २३ वटा पुगेको छ ।
रमेश लामा स्मृति ग्रन्थको लोकार्पण
रमेश लामा स्मृति प्रतिष्ठान बेलबारी मोरङले नेपालको पारामेडिकल क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएका उहाँको स्मृतिमा ‘रमेश लामा स्मृति ग्रन्थ’ २०८० प्रकाशन गरेको छ ।
लगानी बढाउन विदेशी लगानीकर्तालाई सभामुखको आह्वान
सभामुख देवराज घिमिरेले नेपालको अर्थतन्त्र प्रतिकुलताबाट अनुकूलतातर्फ गइरहेकाले ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्तासँग आग्रह गर्नुभएको छ। बिहीबारबाट नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाडौँमा सुरु भएको नवौँ अन्तर्राष्ट्रिय व्यापार मेला-२०२३ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
बेनी-जोमसोम-कोरला खण्डका १६ पुल निर्माण
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला खण्डमा अहिलेसम्म १६ वटा मोटरेबल पुल निर्माण भइसकेका छन् । आयोजनामार्फत १३ र सडक विभाग अन्तर्गतको पुल महाशाखाले तीन वटा गरी १६ वटा मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् ।
चौथो फोर्टिन स्टार कप हुँदै
गुल्मीमा चौथो फोर्टिन स्टार कप सञ्चालन हुने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेलमैदानमा फोर्टिन स्टार युवा क्लबको आयोजनामा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१०) छात्र फुटबल प्रतियोगिता हुने भएको हो ।
समाजया किपा नामक पुस्तक विमोचन
नेपाल भाषाको पुस्तक समाजया किपा नामक पुस्तक विमोचन भएको छ । बुधबार ललितपुरको पुल्चोकस्थित एम्बिन्यसको प्रेक्षालयमा नानीमैयाँ श्रेष्ठको दोश्रो कृतिका रुपमा सो पुस्तक विमोचन भएको हो ।
नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको हो । वैदेशिक रोजगार विभाग इपिएस शाखाका अनुसार दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताउनुभयो ।
डेढ अर्ब बिगो भराउन फैसला
दुई दशकअघि राष्ट्रिय वाणिज्य बैङ्कको कर्जा अपचलन गरी भ्रष्टाचार गरेको कसुरको मुद्दा सर्वोच्च अदालतले १२ वर्षपछि अन्तिम फैसला गरेको छ । मङ्गतुराम समूह आबद्ध नौ उद्योगले वाणिज्य बैङ्क रानी शाखा विराटनगरको २०६० सालअघि लिएको ऋण प्रकरणको टुङ्गो लागेको छ । सर्वोच्च अदालतको संयुक्त इजलासले मङ्सिर ७ गते विशेष अदालतको सुरु फैसला नै सदर गर्दै बैङ्कलाई हानि नोक्सानी पु¥याइएको एक अर्ब ३७ करोड ७१ लाख रुपियाँ असुल गर्न फैसला गरेको छ ।
विपिन रिहाइका लागि थप पहल गरिने
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमास आक्रमणपछि बेपत्ता रहेका विपिन जोशीको बुवाआमासँग बुधबार महेन्द्रनगर पुगेर भेट गर्नुभएको छ । परराष्ट्रमन्त्री साउदले गृहजिल्ला महेन्द्रनगर पुगेर विपिन जोशीका बुवाआमासँग भेट गर्नुभएको हो । भेटका क्रममा विपिनका आमाबुवाले आफ्नो छोरोको शीघ्र रिहाइ गरी घर फर्काइदिन मन्त्री साउदसमक्ष अनुरोध गर्नुभयो ।
कार्की परिवार शोकमग्न
नेपाली सेनामा १७ वर्ष सेवा गर्नुभएका स्याङ्जाको पुतलीबजार नगरपालिका–५ ठुलोस्वाँराका प्रितम कार्कीको रुसी सेनामा कार्यरत रहँदै मृत्यु भएको छ । कार्यवाहक वडाध्यक्ष सन्तोष रेग्मीका अनुसार परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट वडा कार्यालयलाई खबर गरेपछि वडा कार्यालयले परिवारलाई कार्कीको मृत्युको सूचना दिएको हो ।
रुसी सेनामा मर्न थाले नेपाली
करिब एक महिनाअघि मात्र १२ जना नेपाली विद्यार्थी इजरायलमा मारिएको घटना स्मरण गराउँदै बुधबार पुनः रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु भएको खबर फैलियो । मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, गोरखाका सन्दीप थपलिया, इलामका गङ्गाराज मोक्तान र दोलखाका राजकुमार रोक्का भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।
राष्ट्रपति पौडेलद्वारा प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई समवेदना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई समवेदना पठाउनुभएको छ । राष्ट्रपति पौडेलले पठाउनुभएको समवेदना सन्देशलाई झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र उहाँकी कान्छी छोरी अवज्ञा पौडेलले बुधवार उहाँको झापास्थित निवासमा पुगेर हस्तान्तरण गर्नुभयो ।
थप हिमाल खुलाउने तयारी
सरकारले पर्वतीय पर्यटन विकास र प्रवर्धन गर्न थप नयाँ हिमालमा आरोहण खोल्ने तयारी गरिरहेको छ । संशोधनको प्रक्रियामा रहेको पर्यटन ऐनमा पर्वतारोहण र पर्वतीय पर्यटनलाई समेटेर हालसम्म खुला नगरिएका हिमशृङ्खला खुलाउने सरकारको तयारी हो । पर्यटन विभागका पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङले हाल सरकारले ४१४ हिमाल आरोहणका लागि खुला राखेको र थप हिमाल आरोहणका लागि खुला गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो । “गत वर्ष साउनमा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजनामा थप नयाँ हिमाल आरोहणका लागि खुला गर्ने सरकारको योजनाबारे उल्लेख गरिएको थियो,” उहाँले भन्नुभयो, “संशोधनको प्रव्रिmयामा रहेको पर्यटन ऐनमै पर्वतारोहण र साहसिक पर्यटनलाई कसरी समेटेर अघि बढ्ने भन्नेबारे छलफल गरिरहेका छौँ ।”
बाह्र वर्षमा बन्यो पुल
चीन र भारतसँग सीधा सम्पर्क जोड्ने कालीगण्डकी ट्रस ब्रिजको निर्माण कार्य सम्पन्न भएको छ । गण्डकी प्रदेशको चापाकोट–९, निर्दिम र लुम्बिनी प्रदेशको रामपुर–६, भुजात जोड्ने कालीगण्डकीको पुल निर्माण व्यवसायीले निर्माण थालेको १२ वर्षमा सम्पन्न गरेका छन् । पुलको निर्माणसँगै ज्याग्दी खोला कोरिडोर हुँदै आँधीखोला कोरिडोर, पर्वत, मुक्तिनाथ हँुदै चीन र भारत आउन जान सक्ने अवस्था बनेको छ । २०६८ साल असार २६ गते कन्काई/ मिलिनियम/ नेपाल प्रगति जेभीले निर्दिमघाट पुल निर्माणको सम्झौता गरेको थियो । सडक डिभिजन कार्यालय पाल्पाबाट तीन वर्षमा काम सक्ने गरी निर्माण कम्पनीले काम थालेकोमा छ पटक म्याद थपेर सम्पन्न भएको हो । तीन स्पानको १५० मिटर लामो निर्दिमघाट पुल निर्माण कम्पनीले १२ करोड ४८ लाख रुपियाँमा सम्झौता गरेको थियो ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई
राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ।
कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन केहीअघि संयुक्त अरब इमिरेट्सको दुबईतर्फ प्रस्थान गर्नुभएको छ ।
विभेदपूर्ण लिङ्ग छनोट अन्त्य लागि कार्ययोजना बन्दै
विभेदपूर्ण लिङ्ग छनोट अन्त्यका लागि सुदूरपश्चिम प्रदेश सरकारले कार्ययोजना बनाउन थालेको छ । लिङ्गमा आधारित विभेद अन्त्य गर्ने उद्देश्यका साथ सरकारले कार्ययोजना बनाउन थालेको हो ।
मन्त्रालय मातहतका निकायको सम्पत्ति सदुपयोग भएन : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मातहतका निकायको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।
‘नमस्ते मेयर एप’ मा ४३० गुनासा
धनगढी उपमहानगरले ‘नमस्ते मेयर एप’ सञ्चालनमा ल्याएपछि जनगुनासो आउनेक्रम बढेको छ । उपमहानगरले २०८० वैशाख महिनादेखि नगरवासीका गुनासो लिने र सम्बोधन गर्न सुरु गरेको हो ।
विश्व समुदायको ध्यानाकर्षण गराउन राष्ट्रपतिको सुझाव
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गर्नुभएको छ।