युवतीको शव फेला
पर्वतको जलजला गाउँपालिका–३, स्थित माटेपानी भिरमा एक युवतीको शव फेला परेको छ ।
अध्यक्ष तिमिल्सिनासहित सातै प्रदेशका सभामुख र उपसभामुख अस्ट्रेलिया जाँदै
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख आज राति अस्ट्रेलिया जाँदै हुनुहुन्छ।
समय फेरिएर सुरु भयो द्रुत बस सेवा
समय संशोधन गर्दै आइतबाट द्रुत बस सेवा पुनः सुरु भएको छ। पहिले बिहान ९ देखि बस सेवा सुचारु गरिए पनि अब भने बिहान ८:३० देखि १०:३० सम्म र बेलुका ३:३० देखि ५:३० बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ।
बेलायत जान ७१ जना नर्सको नाम छनोट
वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जाने ७१ जना नर्सको नाम छनोट गरेको छ।नेपाल र बेलायत सरकारबिच नेपाली नर्स बेलायत लैजाने सहमति भएअनुसार अन्तर्वार्ता लागि ७१ जना नर्स छनोट भएका हुन् ।
रुपन्देही सामाजिक सञ्जालको परोपकारी काम
अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोख्रेलले प्रदेशमा रहेर पनि नेपालमा परोपकारी तथा सामाजिक सेवामा लागेको अष्ट्रेलिया सामाजिक सञ्जाल रुपन्देहीको कामप्रति खुसी व्यक्त गर्नुभएको छ ।
सचिव भट्टराईलाई कालो झण्डा
नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईलाई पहिचान पक्षधरले ताप्लेजुङमा कालो झण्डा देखाएका छन् । एमाले जिल्ला कमिटीले आइतबार आयोजना गरेको चियापानमा सहभागी हुन कार्यक्रम स्थलतर्फ जानेक्रममा भट्टराईलाई पहिचान पक्षधरले कालो झण्डा देखाएका हुन् ।
लैङ्गिक हिंसाविरुद्ध अभियानअन्तर्गत महिलाको व्रत
लैङ्गिक हिंसाविरुद्ध अभियान मुलुकभर चलिरहेको छ । यस अभियानमा महिला, पुरुष, युवती, विभिन्न सङ्घ संस्थाका अगुवाहरू बढी सक्रिय भएर लागेको देखिन्छ । तर, सन्तान प्राप्त गरेका महिलाको व्यस्तता अर्कोतिर रहेको देखियो ।
सहयोग समाजको अध्यक्षमा केसी
स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समितिको आठौँ अधिवेशन तथा पाँचौँ विश्व सम्मेलनले २०२३/२५ का लागि बीरेन्द्रजंग केसी (अमेरिका) को अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता
सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ ।
द्वन्द्वपीडित महिला पशुपालनमा सक्रिय
बर्दियाको राजापुर नगरपालिकाका २० जना द्वन्द्वपीडित महिला जीविकोपार्जनका लागि अहिले पशुपालनमा व्यस्त रहेका छन् ।
प्रचार–प्रसार नहुँदा ओझेलमा कालिका भगवती मन्दिर
पर्वतको धार्मिक पर्यटनको सम्भावना बोकेको कालिका भगवती मन्दिरको प्रचार प्रसारको अभावमा ओझेलमा परेको स्थानीयको बुझाइ छ ।
नदीमा हाम फालेका युवकको उद्धार
कालीगण्डकी नदीमा हामफालेका एक युवकको उद्धार गरिएको छ । शनिबार साँझ ६ बजेतिर बगनासकाली –५, राम्दीस्थित कालीगण्डकी नदीमा हाम फालेका माथागढी –३, का २३ वर्षीय पदम विकको उद्धार गरिएको हो ।
स्याङ्जा सहयोग समाजका अध्यक्षमा वीरेन्द्रजङ्ग केसी निर्वाचित
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा वीरेन्द्रजङ्ग केसी निर्वाचित हुनु भएको छ ।
नेपालगन्जबाट जरायोलाई नियन्त्रणमा लिई निकुञ्ज पठाइयो
नेपालगन्ज बजारबाट बन्यजन्तु जरायोलाई नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्ज पठाइएको छ ।
कालीगण्डकी करिडोर : बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालियो
कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा शनिबारदेखि बिटुमिन बिछ्याउन सुरु गरिएको हो ।
‘कोपमा योद्धाका रूपमा प्रस्तुत हुने छौँ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलनको २८ औँ संस्करण (कोप–२८) मा योद्धाका रूपमा प्रस्तुत हुने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विशाल खड्काद्वारा लिखित ‘पर्यावरणीय सङ्कट : आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक शनिबार विमोचन गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनबाट परेको असरको क्षतिपूर्ति दाबी गरिने बताउनुभयो ।
सामूहिक प्रयासले मात्र लैङ्गिक हिंसा अन्त्य सम्भव
३२ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्वको विश्वव्यापी १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको थालनी महिलाविरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टर फोर ओमन्स ग्लोबल लिडरसिप (सिडब्लुजिएल) को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो ।
टहरो बन्यो, छानो छैन
जाजरकोट भूकम्प गएको एक महिना बित्न लाग्दा पनि प्रभावित क्षेत्रका बालबालिकाले पढ्न टहरो पनि पाएका छैनन् । गत कात्तिक १७ गते राति गएको भूकम्पपछि दसैँ, तिहार र छठ पर्वको बिदापछि खुलेका रुकुमपश्चिमका अधिकांश विद्यालयमा अझै पनि सहज रूपमा पठनपाठन हुन सकेको छैन ।
पुनः सुरु हुँदै द्रुत बस
रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउँदै छ । त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । यस सेवाका लागि ११ वटा बस थपिएका छन् । तर यी कामका लागि के कति रकम खर्च भए भन्नेबारे न सडक विभागले भन्छ न त यातायात व्यवस्था विभागले नै ।
महिला चलचित्रकर्मीलाई राज्यले सहयोग गर्छः सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिला चलचित्रकर्मीको विकासका लागि राज्यले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ।
उखुको समर्थन मूल्य तोकिदै, अनुदान रकम कृषकले पाउन बाँकी
मंसिर सुरु भएसँगै किसानलाई उखु काट्ने चटारो छ । तर उखुको समर्थन मूल्य सरकारले नतोक्दा उखु किसान मर्कामा परेका छन् । अहिले उखु किसानहरु सरकारले समर्थन मूल्य नतोकिदिँदा सस्तो मूल्यमा उखु बेच्न बाध्य छन् ।
स्कुल बस दुर्घटना: तीन जनाको मृत्यु, ३६ घाइते
उदयपुरमा पिकनिक खान गएको अविभावकसहितको स्कुलको बस दुर्घटनाग्रस्त हुँदा दुई बालबालिकासहित तीन जनाको शनिबार मृत्यु भएको छ। दुर्घटनामा अन्य ३६ जना घाइते भएका छन्।
धार्मिक र सामाजिक सद्भाव बिथोल्ने काम भएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा धार्मिक र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको बताउनुभएको छ।
उद्योग दिवसमा उद्यमीलाई सम्मान
दाङमा उद्योग दिवसका अवसरमा उद्यमीलाई आज सम्मान गरिएको छ । यससँगै दिवसको अवसरमा वृक्षारोपण पनि गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले शनिबार पुष्प व्यवसायीलाई सम्मानसँगै कार्यालयको प्राङ्गणमा विभिन्न फूल प्रजातिका बिरुवाहरू वृक्षारोपण गरेर उद्योग दिवस मनाएको हो ।