हात्तीको व्यवहारमा परिवर्तन हुँदा पूर्वी नेपालमा जोखिम बढ्यो
पछिल्लो समय भारतबाट हुलका हुल आउने हात्तीको व्यवहारमा आएको परिवर्तनका कारण पूर्वी नेपालमा जोखिम बढ्दै गएको छ । खाद्यान्नको खोजीमा भारतबाट मेचीनगर नगरपालिकाको सीमा क्षेत्र मेचीखोलाको किनारबाट बाहुण्डाँगी हुँदै हात्ती नेपाल प्रवेश गर्ने गरेका छन् ।
चार महिनामा ८६ लाख राजस्व असुली
चालु आर्थिक वर्ष ०८०/०८१ को चार महिनामा विभिन्न सवारीसाधनले नियम उल्लङ्घन गरेको बापत ८६ लाख २२ हजार पाँच सय रुपियाँ राजस्व असुली भएको छ ।
बाँकेमा दुई दिनमा सय पिन्ट रगत सङ्कलन
पश्चिम नेपालका विभिन्न जिल्लाबाट गम्भीर प्रकृतिका बिरामी उपचारका लागि आउने नेपालगन्जमा रगतको अभाव टार्न रक्तदान कार्यक्रम निरन्तर भइरहेका छन् ।
प्रस्तावित तीन न्यायाधीशविरुद्ध नौ उजुरी
सर्वोच्च अदालतका प्रस्तावित छमध्ये तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने समयसीमा सोमबार सकिएको छ । समितिमा ११ उजुरी दर्ता भएकोमा १० जनाको नाम किटिएको छ । एक उजुरी सैद्धान्तिक विषय केन्द्रित छ । समितिमा पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालविरुद्ध पनि समितिमा उजुरी परेको छ ।
‘भरोसा जगाउने काम गरेका छौँ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकार गठन भएको करिब एक वर्षको अवधिमा धेरै सुधारको प्रयास थालेको बताउनुभएको छ । मूलधारका सञ्चार माध्यमका सम्पादकसँग सोमबार कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सरकारले धेरै गर्न नसके पनि यस अवधिमा जनतामा विश्वास र भरोसा जगाउने काम गरेको छ ।”
ढुङ्गा, बालुवा निकासी गर्ने प्रस्ताव अनुपयुक्त : विज्ञ
संरक्षित क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवाजन्य खनिज पदार्थ कानुन बनाएर नै निकासी गर्ने प्रस्तावित व्यवस्थाप्रति संरक्षणविद्ले चिन्ता व्यक्त गरेका छन् । निर्माण सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० मा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष क्षेत्र, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्र र चुरे क्षेत्रबाट तोकिएको दुरीभित्रबाट विशेष सर्त र परिस्थितिमा ढुङ्गा, गिट्टी, बालुवाजन्य खनिज पदार्थ निकासी गर्न सक्ने व्यवस्था गरिएको संरक्षणविद्को दाबी छ ।
माओवादी केन्द्रको अभियान : प्रभावकारी भएको दाबी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को चारमहिने अभियान प्रभावकारी बन्दै गएको सम्बद्ध नेताहरूले दाबी गरेका छन् । माओवादीले यसअघि दुईमहिने अभियान सञ्चालन गरे पनि खासै प्रभावकारी हुन सकेको थिएन । अघिल्लो अभियानका बखत कतिपय नेताले अभियान सकिँदासमेत अत्तोपत्तो पाएनन् ।
लोकतान्त्रिक गणतन्त्र वैज्ञानिक र अग्रगामी : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नरहेको र अहिले सुन्ने गरिएका लोकतन्त्र विराधी स्वरहरुको कुनै तुक नरहेको बताउनुभएको छ ।
रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको छ ।
अपाङ्गता दिवसमा स्वास्थ्य शिविर
३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आइतबार बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित कचनापुर स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर तथा लेखाजोखा कार्यक्रम गरिएको छ ।
बीउ उत्पादनमा आत्मनिर्भर बनाउन माग
गुल्मीमा सहभागी एक कार्यक्रमका कृषकहरूले जिल्लालाई बीउ उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने माग गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा कृषकलाई व्यावसायिक बीउ उत्पादनका लागि बीउबिजन व्यवसायी अनुमतिपत्र प्राप्त गर्न आवश्यक पर्ने तालिममा सहभागी कृषकहरूले यस्तो बताएका हुन् ।
प्रेसमा आगलागी हुदाँ १० लाखको क्षति
सप्तरीको राजविराज ७ स्थित एक प्रेसमा सोमबार विद्युत सर्ट भई आगलागी भएको छ । स्थानिय पत्रकार ओमप्रकाश साहले सञ्चालन गरेको नेहा अफसेट प्रेसमा आगलागी हुदाँ १० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
एक सय जना मोतीबिन्दु रोगीको निःशुल्क शल्यक्रिया
दोलखाको गौरीशङ्कर गाउँपालिकाका विभिन्न स्थानमा गरिएको निःशुल्क मोतीबिन्दु छनोट शिविरबाट भेटिएका करिब एक सय जना मोती विन्दु रोगीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
प्रहरीलाई घुस दिन खोज्ने एक पक्राउ
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले ड्युटीमा रहेको प्रहरीलाई घुस दिन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
कहिले बन्छ तालबाराही मन्दिर ?
पोखरा घुम्न आउने सबैजसो पाहुना तालबाराही मन्दिर पुग्छन् । तालबाराही पुग्ने सबैको जिज्ञासा हुन्छ, मन्दिर कहिले बन्छ ? गएको चैत तेस्रो साता भत्काइएको तालबाराहीको पुनर्निर्माण अझै सुरु भएको छैन ।
सिकारीले पासोमा पारेको चितुवाको उद्धार
कञ्चनपुरमा सिकारीले थापेको पासोमा परेको चितुवाको उद्धार गरिएको छ । शुक्लाफाँटा नगरपालिका–८ स्थित प्रगति महिला सामुदायिक वनमा पासोमा परेको चितुवाको वनकर्मीको टोलीले आज (सोमबार) उद्धार गरेको हो ।
नेपाल र युएसएआइडीबिच नयाँ सहकार्य
नेपाल सरकार र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग(युएसएआइडी)ले संयुक्त रुपमा नयाँ कार्यक्रमको सुरुवात नेपालमा गरेको छ ।
कोइलाजन्य स्रोतबाट आगाे नताप्न स्वास्थ्य मन्त्रालयको सुझाव
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउ आग्रह गरेको छ ।
ट्याक्टर र जेसीबी नियन्त्रणमा
अवैध रूपमा गिट्टी बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न रहेको एक ट्याक्टर र जेसीबीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको ।
कालीकोटमा अवैध मेडिकल सञ्चालन
कालीकोटका गाउँ–गाउँमा औषधि पसल खुलेका छन् । अधिकांशले अवैध तवरबाट मेडिकल चलाइरहेको पाइएको छ । मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति लिनुपर्ने प्रावधान भए पनि कालीकोटका अधिकांश मेडिकल पसल नियमविपरीत सञ्चालन भइरहेका छन् ।
२१ वर्षदेखि भाडाको घरबाट सेवा दिँदै इलाका प्रहरी कार्यालय रुद्रपुर
जिल्लाको एक मात्र प्रहरी कार्यालयले २१ वर्षदेखि भाडाको घरबाट सेवा दिँदै आएको छ । तत्कालीन माओवादी द्वन्द्वमा क्षतिग्रस्त भएको हुुप्सेकोट गाउँपालिका–५ रुद्रपुुर द्यौबादीस्थित इलाका प्रहरी कार्यालय रुद्रपुर पुनर्निर्माण हुन नसक्दा भाडाको घरबाट सेवा दिँदै आएको हो ।
सञ्चालनमा आएन ‘प्राकृतिक स्रोत व्यवस्थापन कलेज’
कृषि तथा वन क्षेत्रको शिक्षा अध्ययन र पढ्दै कमाउँदै मोडेलमा सञ्चालन हुन लागेको ‘प्राकृतिक स्रोत व्यवस्थापन कलेज’ वर्षाैसम्म अलपत्र परेको छ ।
समयमै डिपिआर बनाउने प्रतिबद्धता
चीन सरकारले प्रस्तावित नेपाल–चीन पहिलो अन्तर्देशीय केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। चीनमा सम्पन्न रेलमार्गबारे समीक्षा बैठकमा चिनियाँ पक्षले सो प्रतिबद्धता गरेको बैठकमा सहभागी रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले जानकारी दिनुभयो। नेपाल–चीन सचिवस्तरीय रेलवे संयन्त्रको बैठकमा सहभागी भई स्वदेश फर्कनुभएका महानिर्देशक बिसुरालले प्रस्तावित सो रेलमार्ग निर्माणलाई चीन सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
‘सरकार घर बनाइदेऊ’
भूकम्प गएलगत्तै सरकारको प्रत्यक्ष उपस्थितिले हौसिएका भूकम्पपीडितहरूले घर बनाइदिन सरकारसँग माग गरेका छन् । कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटका घरबारविहीन पीडितले सरकारको आशा र भरोसामा बाँचेको बताएका छन् । उनीहरूले सरकारले जनताको घाउमा मलम लगाउन पुगेको बताउँदै अल्पकालीन र दीर्घकालीन रूपमा आवास निर्माणको काममा सहयोग गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । पूर्ण र आंशिक रूपमा क्षति पुगेका पीडितहरूले सरकारले घर बनाइदिए अरू जीविकोपार्जनका लागि गाउँघरमै ऐँचोपैँचो गरेर भए पनि व्यवस्था गर्ने बताएका छन् ।