• २३ वैशाख २०८२, मङ्गलबार

ट्याक्टर र जेसीबी नियन्त्रणमा

blog

नियन्त्रणमा लिइएको ट्याक्टर । तस्बिर :अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर १८ गते ।
 अवैध रूपमा गिट्टी बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न रहेको एक ट्याक्टर र जेसीबीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको ।

प्रहरीले ग १ क ६१८७ नं. को जेसीबी र लु ४ त १४२२ नं. को ट्याक्टरलाई पुतलीबजार नगरपालिका–२ दबिस्थान अरौदी खोलाबाट नियन्त्रणमा लिएको हो ।

प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले नियन्त्रणमा लिएको जेसीबी र ट्याक्टरलाई थप कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालय स्याङ्जामा पठाएको बताउनुभयो ।

अर्जुन चौपारीमा जरिवाना

अवैध रूपमा ढुङ्गा उत्खनन् गरेको अवस्थामा नियन्त्रणमा लिएको ट्याक्टरलाई जरिवाना गरिइएको छ ।

पालिका प्रशासकीय अधिकृत आशिष् शर्माले दरौखोलामा ढुङ्गा उत्खनन् गर्ने ग १ त ६४५१ को ट्याक्टरलाई जरिवाना गरेको बताउनुभयो ।

पालिकाको नियमावली अनुसार पहिलो पटक १५ हजार रुपियाँ जरिवाना गरेको हो भने दोस्रो पटक २० र तेस्रो पटक २५ हजार जरिवाना गर्ने शर्माले बताउनुभयो ।