उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी पुरस्कृत
रिडी राम्दी पाल्पाली समाज (रिरास) ले एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मानित गरेको छ । सो संस्थाले यहाँ आयोजित कार्यक्रममा विद्यार्थीलाई सम्मानित गरेको हो ।
बाँकेमा नेपालतर्फका ७१ सीमा स्तम्भको मर्मत सुरु
बाँके जिल्लासँग जोडिएका ७१ वटा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन कार्य बुधबार सुरु गरिएको छ।
अन्तर्राष्ट्रिय शान्ति स्थापनामा १० हजार सेना तैनाथ गर्न नेपाल तयार : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कोप-२८ मा ‘हिमालको पुकार’ वृत्तचित्र देखाइयो
संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप २८) मा नेपालमा भएको जलवायु जन्य हानि नोक्सानी समेटिएको वृत्तचित्र हिमालको पुकार ‘द प्ली अफ माउण्टेन’ प्रदर्शन गरिएको छ ।
रुसी सैनिकमा भर्ती गराउने गिरोहका १२ जना सार्वजनिक
रसियामा सैनिकमा भर्ती गराउने भनी नेपाली नागरिकलाई पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँले बुधबार पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो ।
म टुहुरो भएँ : १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी बिदेसिएर...
“म टुहुरो भएँ, हिजो बा १४ वर्षमा बितेर टुहुरो भएँ, अब छोराछोरी विदेश गएर ”, यो भनाइ स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ पेखुका अगुवा बुद्धिनारायण अर्यालको हो ।
ताप्लेजुङ सिफारिस भएका शिक्षकलाई नियुक्तिपत्र प्रदान
खुला प्रतिस्पर्धाबाट छनोट भई ताप्लेजुङका लागि सिफारिस भएका माध्यमिक तहका शिक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको छ ।
प्रादेशिक महोत्सवमा साढे नौ करोडको कारोवार
भैरहवामा भएको छैटाैं लुम्बिनी प्रादेशिक महोत्सव –२०८० मा साढे ९ करोडको कारोबार भएको छ ।
डोल्पामा टेलिफोनमा ‘लोडसेडिङ’
डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले अहिले पनि सास्ती खेप्नुपरेको छ । डोल्पामा राखिएका टेलिकमका टावरले घामका छउन्जेलमात्र सेवा दिन थालेपछि डोल्पाली जनताले फोनका लागि सास्ती खेप्नु परेको हो ।
रैथाने उत्पादन प्रवर्धन गर्न हाटबजार
नेपालगन्जमा पहिलो पटक रैथाने बस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन हुनेभएको छ ।
अत्यधिक योजनाको माग छ : मन्त्री लामा
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले अत्यधिक विकासका योजनाको माग आएपछि बजेट विनियोजनमा समस्या भएको बताउनुभएको छ ।
सशस्त्र प्रहरीद्वारा सीमाक्षेत्र हिल्सा बजारको सरसफाइ
नेपाल–चीन सीमाक्षेत्र हिल्सा बजारमा सशस्त्र प्रहरीले सरसफाइ अभियान चलाएका छन् ।
प्रधानमन्त्रीले लिनुभयो उपप्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
माटोको शुद्धतामा ध्यान दिन आग्रह
‘माटो र पानी, जीवनको थालनी’ मूल नाराका साथ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न कार्यक्रम मङ्गलबार १० औँ विश्व माटो दिवस मनाएको छ । माटो दिवसको उपलक्ष्यमा माटो विज्ञान अनुसन्धान केन्द्रले आयोजना गरेको कार्यक्रममा दुई जना किसानलाई सम्मान गरेको छ । कृषिका लागि गुणस्तरीय माटोको प्रयोग गरेको भन्दै दाङका प्रेम चौधरी र रुकुमका कृष्णबहादुर खड्कालाई सम्मान गरिएको हो । विभिन्न जिल्लाबाट तीन हजार ४७५ वटा माटोका नमुना सङ्कलन गरिएको थियो । सोबाट चौधरी र खड्काले खेती गर्ने माटो उत्कृष्ट भएको थियो । दुवै जनालाई १०/१० हजार नगदसहित सम्मान गरिएको हो ।
नेपालीलाई सेनामा भर्ती नगर्न रुसलाई आग्रह
सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न रुसलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले कुनै नेपाली नागरिकलाई भर्ती भएमा त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुस सरकारसँग अनुरोध गरेको छ ।
समाजवादीको महाधिवेशन जेठमा
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी २०८१ साल जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा सोमबारदेखि जारी सचिवालय बैठकले सो निर्णय गरेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
एनसेल खरिदबिक्रीमा अनियमितता भए कारबाही
सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री गर्दा अनियमितता भएको पाइएमा सम्बन्धित सबैलाई तत्काल कानुनबमोजिम कडा कारबाहीको दायरामा ल्याउने प्रस्ट पारेको छ । मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता साझेदार दलहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
सैनिक अधिकारीले गल्ती गरे भागीदार स्वयम् : सेनापति शर्मा
प्रधानसेनापति प्रभुराम शर्माले संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने तर व्यक्तिगत रूपमा भएका गल्तीको भागीदार स्वयम् सैनिक अधिकारी नै हुने बताउनुभएको छ । नेपाली सेनाको उच्च अधिकारीको शैक्षिक प्रमाणपत्रबारे प्रश्न उठिरहेको बेला उहाँले व्यक्तिगत गल्तीको जवाफदेहिता स्वयम् अधिकारी रहने बताउनुभएको हो । नेपाली सेनाका कमान्डिङ अफिसर ओरिएन्टेसन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले व्यक्तित्व विकासका लागि स्वस्थ प्रतिस्पर्धा स्वाभाविक भए पनि अमर्यादित र अस्वस्थ तवरले प्रतिस्पर्धीलाई दोषी देखाएर आफू अगाडि बढ्न सकिन्छ कि भन्ने दुर्भावना नराख्नसमेत सकल दर्जालाई सचेत गराउनुभयो ।
ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुला प्रतिस्पर्धाबाट भूमिस्त प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) सेवाको जिम्मा दिन पाँच सदस्यीय समिति गठन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले ग्राउन्ड ह्यान्डलिङको बोलपत्र प्रयोजनको तयारीका लागि प्राधिकरणका इलेक्ट्रोमेकानिकल विभाग प्रमुख सुनीलकुमार कुशवाहाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताउनुभयो ।
एनसेल प्रकरणमा यस्तो आयो सरकारको धारणा
नेपाल सरकारका प्रवक्तासमेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको छ ।
एनसेल खरिद–बिक्री शंकास्पद, सरकारले तत्काल छानबिन गर्नुपर्छः सत्ता गठबन्धन
सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
एनसेल खरिद–बिक्री अनियमितता : बालुवाटारमा विशेष छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिद–बिक्रीमा भएको अनियमितताको विषयमा विभागीय मन्त्रीसँग छलफल गर्नुभएको छ।
माओवादी कमजोर भए गणतन्त्र धरापमा पर्छ : प्रधानमन्त्री प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी कमजोर भए गणतन्त्र धरापमा पर्ने बताउनुभएको छ।
गणतन्त्रमै नागरिकको अवस्था परिवर्तन हुन्छ : सभापति देउवा
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्घीयतालाई राम्रोसँग चलाउन सके देश विकास गर्न सकिने बताउनुभएको छ। बिपी स्मृति भवन नेपाली कांग्रेस पार्टी कार्यालय र प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न ओखलढुङ्गा आउनुभएका सभापति देउवाले यस्तो बताउनुभएको हो।