रक्त सम्राट् कर्माचार्यलाई सम्मान
नेपाल सरकारद्वारा रक्त सम्राट् पदवीबाट सम्मानित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई नेपालगन्जमा सम्मान गरिएको छ ।
निरन्तर सचेतना जगाउँदै ट्राफिक
बाँके ट्राफिकले जिल्लाका विभिन्न ठाउँठाउँमा पुगेर ट्राफिक नियम कानुनसम्बन्धी सचेतना कार्यक्रम निरन्तर गरिरहेको छ ।
चाडबाडमा निःशुल्क पानी वितरण
चाडपर्वको अवसर पारेर बर्दिबासस्थित साना सहरी सरसफाइ तथा खानेपानी उपभोक्ता सङ्घले महिना दिनका लागि निःशुल्क पानी वितरण गरेको छ ।
नेपालभाषा साहित्य सम्मेलन सम्पन्न
६२ औँ विराट नेपालभाषा साहित्य सम्मेलन बिहीबार भक्तपुरको बिकुमछेँमा सम्पन्न भएको छ । महेन्द्र गोपाल कर्माचार्यको अध्यक्षतामा वरिष्ठ साहित्यकार डा. योगेन्द्र प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालभाषा आन्दोलनका अग्रज मल्ल के सुन्दरलाई एक लाख नगद राशिसहित विराट पूर्ण वैद्य लुमन्ति सिरपाः प्रदान गरिएको छ ।
सद्भाव आधार बलियो बनाउने योजना
नेपालगन्जलाई सामाजिक तथा धार्मिक सहरको रूपमा थप बलियो बनाउन प्रशासन–धार्मिक युवा अन्तरसंवादको तयारी गरिएको छ ।
मगर संस्कृति संरक्षण संवर्द्धनका लागि महोत्सव
नवलपुरमा पहिलो पटक मगर सांस्कृतिक कृषि पर्यटन तथा व्यापारिक महोत्सव– २०८० हुने भएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, चार घाइते
धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
एक वर्षदेखि स्वास्थ्य केन्द्र डाक्टरविहीन
गाउँका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न भनी स्थापना गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा विगत एक वर्षदेखि डाक्टर छैनन् । डाक्टर नहुँदा स्वास्थ्य सेवा लिन पर्ने सर्वसाधारण मर्कामा परेका छन् ।
‘नुवाकोट’ जिल्लाकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य
पुतलीबजार नगरपालिका ५ र फेदीखोला गाउँपालिका १ को सिमानामा पर्ने ‘नुवाकोट’ जिल्लाकै एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृतको खोजीमा जनप्रतिनिधि
आफू अनुकूलको काम गराउन सहज हुने भएकाले स्थानीय तहका जनप्रतिनिधि निमित्त प्रमुख प्रशासकीय अधिकृतको खोजीमा हिँड्ने गरेको पाइएको छ । कतिपय स्थानीय तहमा बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई विभिन्न समस्यामा पारेर सरुवा गराई आफूले चाहेको कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गर्न जनप्रतिनिधिहरू सिंहदरबार धाउने गरेका छन् ।
राष्ट्रसङ्घका महासचिव गुटेर्रेस भोलि नेपाल आउनुहुँदै
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस नेपालको औपचारिक भ्रमणमा आइतबार यहाँ आइपुग्नुहुने भएको छ । नेपाल सरकारका विभिन्न निकायले उहाँको भ्रमणको आवश्यक तयारी थालेको छ । आपसी भाइचारा र शान्तिको सन्देश विश्वलाई दिने उद्देश्यसहित महासचिव गुटेर्रेसको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउन लागेको हो । विश्वका विभिन्न देशबिच आपसी मतभेदसँगै युद्ध र कलहमा जेलिइरहेका बेला महासचिव गुटेर्रेसको शान्ति भूमि नेपालको भ्रमणलाई महत्वका साथ हेरिएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार महासचिव गुटेर्रेस कतार एयरलाइन्सको जहाजबाट आइतबार दिउँसो १ बजे नेपाल अवतरण गर्नुहुने छ ।
कलेजो प्रत्यारोपण पूर्ण सफल, सासूबुहारी भए डिस्चार्ज
गत असोज २६ गते कलेजो प्रत्यारोपण गरिएका सासूबुहारी डिस्चार्ज भएका छन् । ६२ वर्षीय सासूलाई उहाँकी ३७ वर्षीय बुहारीले आफ्नो आधा कलेजो दान गर्नुभएको थियो । धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बुहारी छ दिन र सासू १२ दिनपछि डिस्चार्ज भएको जानकारी दिनुभयो । उहाँले अङ्गदाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य सामान्य रहेको जानकारी दिनुभयो ।
आज राति खण्डग्रास चन्द्रग्रहण
शनिबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । शनिबार राति ११:४७ बजे विरल छायाले ढाक्न सुरु गर्ने र सघन छायाले आइतबार बिहान १:२० बजे ढाक्ने छ । ग्रहणको मध्य आइतबार बिहान १:५९ बजे हुने छ भने आइतबार बिहान २:३८ बजे ढाक्न छोड्ने छ । बिहान ४:१२ बजे विरल छायाले ढाक्न छोड्ने छ ।
सात वर्षमा ८४९ सहकारी बेपत्ता
काभ्रेमा विगत सात वर्षमा ८४९ वटा सहकारी बेपत्ता छन् । तत्कालीन डिभिजन सहकारी कार्यालय काभ्रेमा दर्ता भएका एक हजार ४९५ सहकारीमध्ये ६४६ वटा मात्र फेला परेका छन् । जिल्ला सहकारी सङ्घले गरेको अध्ययनबाट ती सहकारी बेपत्ता भएको तथ्य सार्वजनिक भएको हो । सङ्घीयता कार्यान्वयनपछि डिभिजन सहकारी कार्यालयले १३ वटा स्थानीय निकायलाई दर्ता भएका सहकारीका कागजात बुझाएको थियो । त्यसपछिका अवधिमा सहकारीका बारेमा चासो र खोजी भएन । सङ्घले गणक खटाएर एक महिनासम्म अध्ययन गरेको थियो ।
दसैं मनाएर फर्किनेको बसपार्कमा भीड
दसैं मनाउन गाउँ आएकाहरु फर्किन थालेका छन् । घरबाट कार्यथलो फर्किनेहरू बढेपछि कालिपुल बसपार्कमा भीड बढेको छ ।
रोयल किंगले जित्यो पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिगको उद्घाटन खेल
पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिगको उद्घाटन खेल रोयल किंगले जितेको छ । रोयल किंगले ३४ रनले खेल जितेको हो । सात बाघले टस जितेर फिल्डिङ रोजेको थियोे ।
दुर्लभ जनावर सालक भेटियो
सब डिभिजन वन कार्यालय मूर्तियाबाट खटिएको वन गस्ती टोलीले नयाँरोड–बरहथवा सडकअन्तर्गत धरहरा नजिक सडकमा हिँडिरहेको अवस्थामा लोपोन्मुख सालक फेला पारेको हो । सालक शान्त एवम् लजालु स्वभावको स्तनधारी जङ्गली जनावर हो ।
क्षेत्रीलाई तेक्वान्दोको छैटौँ डान
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय –(कोकिवन) बाट तेक्वान्दोको छैटौँ डान डिग्री हासिल गर्नुभएको छ । आफूले प्रस्तुत गरेका चार भिडियो र थेसिसमा उत्तीर्ण भएपछि कुकिवानबाट क्षेत्रीले छैटौँ डान प्राप्त गर्नुभएको हो ।
छोराको कुटाइबाट बुवाको मृत्यु
सर्लाहीको हरिवन नगरपालिका –३, डाबरीमा कोदालो प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् ।
२८ वटा खानेपानी आयोजना सम्पन्न
बाँके जिल्लाका बढीभन्दा बढी नागरिकलाई खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले २८ वटा खानेपानी आयोजना सम्पन्न गरिएका छन् ।
कलाकार घिमिरे दुर्घटनामा परी घाइते
कलाकार प्रकाश घिमिरे दुर्घटनामा परी घाइते हुनुभएको छ । पोखरा महानगरपालिका ३ नदीपुर निवासी घिमिरे छिमेकमै रहेको बालमन्दिर स्कूलको नजिक प्रेम शेरचनको घर नजिकको भिरबाट घासको डाला तान्ने क्रममा बिहान ९ बजेतिर डिलबाट खसेर घाइते हुनुभएको हो ।
लोप हुँदै धर्मशाला
पहिलेका पुस्ताले बनाएका बाजुरामा धर्मशाला लोप हुँदै गएका छन् । नुनु, तेल ल्याउनका लागि हाट जाने बेला हटारुलाई बास बस्न सहज हुने गरी बनाएका धर्मशाला पछिल्लो पुस्ताले खासै चासो नदेखाउँदा लोप हुँदै गएका हुन् ।
जनकपुर–अयोध्या हवाई सेवाका लागि सरकारले पहलकदमी लिनुपर्छ : नेता निधि
नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले धार्मिक पर्यटनको माध्यमबाट देशमा आर्थिक समृद्धि हासिल गर्न ऐतिहासिक धार्मिकस्थल जनकपुरधाम र भारतको अयोध्यालाई हवाई सेवामार्फत जोड्न सरकारलाई आग्रह गर्नुभएको छ ।
देउडा संरक्षणका लागि संस्कृति मञ्च सक्रिय
देउडाको संरक्षणका लागि हुम्लाको सिमकोट गाउँपालिकामा देउडा संस्कृति मञ्च लागिपरेको छ । मञ्चले प्रत्येक महिना देउडा गीत गाउने कार्यक्रम आयोजना गर्ने गरेर यसको जगेर्नामा लागेको हो ।