• १६ वैशाख २०८२, मङ्गलबार

अतिक्रमित घर टहरा हटाउन सुरु

blog

लीलाराज खड्का

बिर्तामोड, मंसिर २२ गते । झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सुरु गरेको छ । मेचीनगरले आफ्नो नगर क्षेत्रभित्र पर्ने पूर्व–पश्चिम राजमार्ग सडकखण्डको काँकरभिट्टादेखि चारआलीसम्म अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु गरेको हो ।

अभियानको सुरुवातमा बुधबार नगरपालिकाले डोजरको प्रयोग गरेर नगर प्रहरीसहित काँकरभिट्टादेखि कालिखोलासम्मको सडक अतिक्रमण गरी बनाइएका टहराहरु हटाइएको नगरपालिकाले जनाएको छ ।

सडक अतिक्रमण गरी बनाइएको घर टहरा खाली गराउने नगरको निर्णय अनुसार नगरपालिकाको डोजर प्रयोग गरेर आजदेखि घर–टहरा भत्काउन थालिएको प्यारीभिटा बसपार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेले बताउनुभयो ।

मेचीनगरले यसअघि सडक खाली गराउन सूचना निकालेको थियो । अहिले सोहीअनुरुप सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु गरिएको छ । कसैले अटेर गरे त्यसलाई कानुनी कारवाही अगाडि बढाउने नगरपालिकाले जनाएको छ ।