• १२ साउन २०८१, शनिबार

पञ्चकन्यालाई राष्ट्रपति रनिङ शिल्ड उपाधि

blog

अर्जुन काफ्ले

स्याङ्जा, मङसिर २२ गते । प्रथम राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सब २०८० को उपाधि पञ्चकन्या माबिले हात पारेको छ । पञ्चकन्याले ११ स्वर्ण, ११ रजत र चार कास्य पदकसहित २६ पदकका साथ रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

स्थानीय तह बनेको सात बर्ष भए पनि यहाँ पहिलो पटक रनिङ शिल्ड तथा शैक्षिक महोत्सब भएको छ । शैक्षिक महोत्सबमा अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीले आठ स्वर्ण, पाँच रजत र आठ कास्य पदकसहित २१ पदकका साथ उपबिजेता बनेको हो ।

यस्तै दरौ माबिले सात स्वर्ण, दुई रजत र आठ कास्यसहित १७ पदक प्राप्त गर्दै तेस्रो बनेको हो । चौथो जनमाबिले चार स्वर्ण, तीन रजत र आठ कास्यसहित १५ पदक प्राप्त गरेको छ । 

मङसिर १९ गतेबाट सुरु भएको खेलकुद महोत्सबमा भलिबल, एथ्लेटिक्स, सटफुट, हाइजम्प, लङजम्प, त्रिपलजम्प भलिबल छात्र–छात्राबिच प्रतिस्पर्धा भएको थियो भने चम्चारेश, म्युजिकल चियर, डोरी तान्ने, स्याक रेशलगायतका प्रतिस्पर्धा गरिएको थियो । 

बिजयी तथा उपबिजेता खेलाडी कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले रनिङ शिल्ड तथा मेडल प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रनिङ कप तथा शैक्षिक महोत्सबमा ६ माबिसहित २८ बिद्यालय ३२४ जना बिद्यार्थी सहभागी थिए ।