• २३ वैशाख २०८२, मङ्गलबार

२१ वर्षदेखि भाडाको घरबाट सेवा दिँदै इलाका प्रहरी कार्यालय रुद्रपुर

blog

हुुप्सेकोट गाउँपालिका–५ रुद्रपुुर धाैबादीस्थित इलाका प्रहरी कार्यालय रुद्रपुर । तस्बिर :होमराज रानाभाट

होमराज रानाभाट  
हुुप्सेकोट, मङ्सिर १८ गते ।
जिल्लाको एक मात्र प्रहरी कार्यालयले २१ वर्षदेखि भाडाको घरबाट सेवा दिँदै आएको छ ।तत्कालीन माओवादी द्वन्द्वमा क्षतिग्रस्त भएको हुुप्सेकोट गाउँपालिका–५ रुद्रपुुर धाैबादीस्थित इलाका प्रहरी कार्यालय रुद्रपुर पुनर्निर्माण हुन नसक्दा भाडाको घरबाट सेवा दिँदै आएको हो ।

२०३२ सालमा तत्कालीन प्रहरी महानिरीक्षक खड्गजित बरालले स्थापना गर्नुुभएको इलाका प्रहरी कार्यालयले पहाडी दुुई गाउँपालिका बुुलिङ्टार र बौदीकाली, हुुप्सेकोट गाउँपालिका– ५ को शान्ति सुुरक्षादेखि सबै क्षेत्रमा सेवा दिँदै आइरहेको थियो ।

हुुप्सेकोट गाउँपालिका वडा नं ५ का वडाध्यक्ष पदमबहादुुर रानामगरले इलाका प्रहरी कार्यालय रुद्रपुर धाैबादीमा कार्यरत प्रहरीहरु वर्षैदेखि टेन्टमा रात बिताउन बाध्य छन् भने सानो घर भाडामा लिएर इलाका प्रहरी कार्यालय सञ्चालन हुँदै आएको जानकारी दिनुभयो ।

वडाध्यक्ष रानामगरले प्रहरी जवानदेखि नायब निरीक्षकले २० वर्षदेखि त्रिपालमा चिसो हावामा रात बिताउन बाध्य हुँदा पनि प्रहरी कार्यालय पनर्निर्माण हुन सकेको छैन ।

तत्कालीन माओवादी द्वन्द्वको बेला २०५८ सालमा सो इलाका प्रहरी कार्यालय क्षतिग्रस्त हुुनुुका साथै प्रहरी नायब निरीक्षकसहित चार प्रहरीले शहादत प्राप्त गरेका थिए ।

द्वन्द्वमा क्षतिग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालयमा गाभिएको सो इलाका प्रहरी कार्यालय २०६३ मङ्सीर ५ को विस्तृत शान्ति सम्झौतापछि पुुनः सोही ठाउँमा स्थानान्तरण भएको थियो । अहिले पनि रुद्रपुुर धाैबादीमा मासिक दुुई हजार रुपियाँ भाडा तिरेर इलाका प्रहरी कार्यालय सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुुख प्रहरी नरहरि रेग्मीले सडकको छेउमा प्रहरीको जग्गा नभएका कारण भवन निर्माण हुुन नसकेको बताउनुभयो । सडक छेउछाउमा जग्गा व्यवस्थापन गर्न पहल भइरहेको वर्षाैं बिते पनि हालसम्म प्राप्त हुन नसक्दा भाडाको भवनबाट कार्य सञ्चालन गर्नुपरेको प्रमुख प्रहरी रेग्मीको भनाइ छ ।