• २ जेठ २०८२, शुक्रबार

कालीगण्डकी नदीमा पुरुषको शव फेला

blog

रेखीराम राना

तानसेन, मङसिर ७ गते । तानसेन–१४, दुमैस्थित कालीगण्डकी नदीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्ने पुरुष रिव्दीकोट–३, मालमुल बस्ने वर्ष ६७ का होमबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

मङ्सिर ५ गते घरमा केही जानकारी नदिइ खत्री बेपत्ता हुनुभएको थियो । खत्री बेपत्ता भएलगत्तै खोजी कार्य गरिएकोमा बिहीबार बेलुकी ४ बजेतिर कालीगण्डकी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो ।