• २१ असार २०८१, शुक्रबार

अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाइयो

blog

कपिलबस्तुको बाणगंगा नदीको रामघाटमा मनाइएको छठ । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, मंसिर ३ गते । हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिई भव्यसाथ मनाइएको छ । जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगरलगायतका स्थानमा मैथली, अवधि र पहाडी समुदायका महिलाले आज साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिएर पर्व मनाइएको हो । 

सदरमुकाम तौलिहवास्थित रामघाट नदी, जमुवार नदी र जिल्लाका अन्य नदी तथा तलाउमा महिलाले सूर्य देवताको पूजा गरेका हुन् । यहाँको नदी किनारालाई छठ पर्व मनाउन झकिझकाउ गरिएको छ । जमुवार नदी, रामघाट नदी र कृष्णनगर, बहादुरगंजलगायतका नदी तटीय क्षेत्रमा जम्मा भएर व्रतालेले सूर्यको उपासना गरेका छन् ।  

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 

गतवर्षहरुको तुलनामा कपिलवस्तुको सदरमुकाम तौलिहवा लगायत जिल्लाको विभिन्न ठाउँमा छठ पर्व मनाउने महिलाको सङ्ख्या बढ्दैगएको छ । विशेषगरी नेपालका पूर्वी तराई जिल्लाबाट आएका तथा जागिरका क्रममा कपिलवस्तुमा रहेका महिलाबाट सुरु भएको यो पर्व बिस्तारै यस क्षेत्रका मैथली, अवधि तथा पहाडी महिलाले पनि धूमधामका साथ मनाउन थालेका छन् ।