स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार
भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ ।
कैदी मृत्यु प्रकरण: दुई जनाको नाममा मात्र किटानी जाहेरी, अनुसन्धान रनभुल्ल
जिल्ला कारागार खाँदबारीमा गत साउन २३ गते मृत्यु भएका २ कैदीको छानबिनका लागी ३ वटा छुट्टाछुट्टै अध्ययन तथा छानबिन समिति गठन भएका छन् । तर समितिले अनुसन्धानको काम भने अघि बढाउन सकेको छैन ।
नेपालबाट बिहारमा रक्सी तस्करी
नेपालको भारत सीमामा रहेको बिहार राज्यमा मादक पदार्थ सेवन र विक्री वितरणमा रोक लागेसँगै नेपालबाट भारतीय बजारमा मादक पदार्थ चोरी पैठारी बढेर गएको छ ।
सौर्य पम्प मर्मत गर्दै गाउँपालिका
शून्य लागतमा खेतबारी सिँचाइ गर्न सकिने सौर्य पम्प प्रणाली अर्थात् ‘सोलार सिँचाई’ प्रति कचनकबल गाउँपालिकाले चासो दिँदै पुराना सोलार सिँचाइको मर्मतसम्भार सुरु गरेको छ ।
भारतीय सवारी साधनको ठक्करबाट ज्यान गयो
झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुङ्गी सडक खण्डमा मङ्गलवार बेलुका सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।
मोरङ क्रिकेट सङ्घमा सादबाबु
नेपाल क्रिकेट सङ्घ मोरङको अध्यक्षमा मोहम्मद सादबाबु निर्विरोध निर्वाचित हुनुभएको छ ।
पहिरोले फिदिम-रानिटार-लुङरुपा सडक अवरुद्ध
निरन्तर भएको वर्षासँगै ठाउँ–ठाउँमा पहिरो र ढिस्को लड्दा पाँचथरको सदरमुकाम फिदिमदेखि रानिटार हुँदै लुङरुपा जाने सडक अवरुद्ध भएको छ।
‘खोटाङ प्रतिभा–२०८०’ को उपाधि आश्विन र कवितालाई
‘खोटाङ प्रतिभा–२०८०’ को उपाधि आश्विन राई र कविता श्रेष्ठले जित्नुभएको छ । सोमबार राष्ट्रिय नाचघर जमल, काठमाडौँमा सम्पन्न भएको फाइनलमा गायनतर्फको उपाधि आश्विनले र नृत्यतर्फको उपाधि कविताले जित्नुभएको हो ।
प्रदेश सभा बैठक आह्वान
कोशी प्रदेश सभाको बैठक भदौ १ गते दिउँसो बस्ने भएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव असार १५ गते अस्वीकृत भए लगतै अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बैठक ४५ दिनपछि बस्ने गरी सूचना प्रकाशित भएको छ ।